सुनसरी १ मा अशोक राई नै किन ?

  • कार्तिक २९, २०७९
  • कोशीपत्र/संवाददाता
alt

धरान/ अशोक कुमार राई सुनसरी क्षेत्र नम्बर १ बाट प्रतिनिधी सभा सदस्यको उम्मेदवार हुन् । उनी नेकपा एमाले र जनता समाजवादी पार्टी नेपालको साझा उम्मेदवार छन् । यस क्षेत्रमा उम्मेदवार राई नौलो नाम होइन । जनता समानजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष समेत हुन् ।यस अघि २०७४ सालको चुनावमा पनि उम्मेदवार रहेका थिए । उनको उम्मेदवारीलाई धरानको हकमा प्रभावशाली नेताको रुपमा लिइन्छ ।निर्वाचन क्षेत्रकै लागि सवैभन्दा प्रभावशाली र हेवी वेटको नेताको रुपमा गनिन्छन् । हाल सम्म यस क्षेत्रले केन्द्र सम्म जोड्ने त्यस्तो प्रभावशाली नेता एक पटक पाएको थियो । २०४८ सालको आम निर्वाचनमा यस क्षेत्रबाट नेकपा एमालेका मनमोहन अधिकारीले यस क्षेत्रमा चुनाव लडेर जितेका थिए । ३९ वर्ष पछि सुनसरी क्षेत्र नम्बर १ ले केन्द्रीय स्तरमा नै प्रभाव पार्ने उम्मेदवार एमाले र जसपाको साझा उम्मेदवार अशोक राई भएको आम नागरिकको वुझाई छ । जस्को उम्मेदवारीले यस क्षेत्रको विकास र समृद्धिको निम्ति आशाको केन्द्र वन्ने अपेक्षा राखिएको छ । उम्मेदवार अशोक कुमार राईसँग चुनावी संकल्प र चुनाव जित्ने आधारको विषयमा गरिएको कुराकानी ः –

अशोक राईको राजनीतिक जीवन
राईको राजनीतिक जीवन अविरल छ । उनी उर्वर र गौरवमय समय २०२९ देखि २०६९ सम्म नेकपा एमालेसँग जोडिएको छ । ४० वर्ष सम्म उनी एमालेमा नै रहे । २०२९ सालमा विराटनगरमा पढ्दै गर्दा झापाली आन्दोलनकारीहरुसँगको सम्पर्कमा पुगेर कम्युनिष्ट आन्दोलनमा लागेका अशोक वामपन्थी यात्रा २०६९ मा विराम लगाएका थिए । अशोक २०३१ सालमा हात्तिसार क्याम्पस धरानमा विद्यार्थी परिषद्को निर्वाचित सदस्य, २०३३ सालमा काठमाडौंमा युवाहरुको ‘राँको समूह’को नेतृत्व गर्दै २०३३ सालमै अखिल नेपाल कम्युनिष्ट क्रान्तिकारी कोअर्डीनेशन केन्द्र(माक्र्सवादी लेनीनवादी)को सदस्य भए । २०३६ सालदेखि पूर्णकालिन भएर पूर्वको पहाडी जिल्ला पुगे । पूर्वको भोजपुर, खोटाङ, ओखलढुंगा र सोलुखुम्बुका गाउँ गाउँ गएर संगठन विस्तार गरे । पूर्वी पहाडमा कम्युनिष्ट आन्दोलनको विकास र विस्तारमा उनको उलेख्य भूमिका छ । उनले संगठित गरेका, हुर्काएका र प्रशिक्षित गरेका धेरै नेताहरु आज एमालेको नेतृत्व तहमा पुगेका छन । अशोक ०३७ सालमा पूर्व दक्षिण क्षेत्रीय कमिटी मालेको सदस्य भए । २०४६ सालमा नेकपा(माले)को केन्द्रीय सदस्य हुदै २०५९ सालमा जनकपुरमा आयोजित नेकपा मालेको सातौ महाधिवशेनमा सर्वाधिक मत पाए । २०५९ सालको नेकपा एमाले स्थायी कमिटी सदस्य भए । २०६५ सालको बुटवलमा आयोजित एमाले आठौ महाधिवेशनमा सर्वाधिक मत प्राप्त गरी निर्वाचित उपाध्यक्ष भए । एमालेबाटै नै अवसर पनि प्राप्त गरे । ०४८ सालमा खोटाङ निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभामा निर्वाचित भए । २०५१ सालमा खोटाङ निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभामा निर्वाचित भए । २०५१ सालमा एमालेले यातायात मन्त्री बनायो । २०५३ सालमा संयुक्त सरकारको संसदीय व्यवस्था मन्त्री भए । २०६२ सालमा संयुक्त सरकारको स्वास्थ्य मन्त्री पनि भए ।पहिचानको मुद्दामा फरक मत राखेर २०६९मा अशोकले एमाले छोडे ।०४८ र ०५१ सालमा खोटाङबाट चुनाव जितेका अशोक ०५६ को चुनावमा उदयपुर झरे । त्यस यता प्रत्यक्ष तर्फ चुनावमा उठे ।

एमालेसँगको तालमेल
नेकपा एमालेसँग जुनसुकै पार्टीले सहकार्य गर्न खोज्दछन् । किन कि राष्ट्रियताको सवालमा नेकपा एमाले अडिग छ । सुखी नेपाली र समृद्ध नेपालको नारालाई साकार पार्नको लागि एमालेबाट मात्रै संभव छ ।निर्वाचनमा जसपा नेपालले तालमेल गरेको छ । सहकार्य अघि वढाएका छौं । सहकार्य चुनाव पछि पनि टुट्ने छैन । किन की राष्ट्रिय सरकार बनाउनु छ । राष्ट्रिय सरकार मार्फत मुलुकको विकासमा छलाङ मारेर नेपाली जनताको लागि हाम्रो सहकार्यले सम्वृद्धि ल्याउनु छ । एमाले र जसपाको यो चुनावी तालमेल राष्ट्रिय आवस्यकता हो,त्यो आवस्यकतालाई पुरा गर्नको निम्ति सहकार्य हो ।

अशोक राईका ड्रिम एजेण्डा
राष्ट्रिय गौरबको आयोजनाहरु शुरुवात भएपनि त्यो पुरा हुन ब्रेक लागेको छ ।राष्ट्रिय स्तरमा नै महत्व राख्ने त्यो योजनाहरु हामी एमालेसँग सरकारमा हुँदा नै उठाएका विषयहरु हुन् र कार्यान्वयन गर्नको लागि एमालेसँगै सहकार्य गरेका थियौं । त्यो वेला एमालेका अध्यक्ष केपी शर्मा ओली नेतत्वको सरकारमा हामी पनि सामेल भएर राष्ट्रिय गौरवको आयोजनाहरु शुरुवात गरेका थियौ ।मध्यपहाडी राजमार्ग बाग्लुङ,मदन भण्डारी राजमार्ग झापाबाट धरानसम्म आइपुगेर कछुवा गतिमा छ । यसको गतिलाई तीव्र वनाएर निर्माण सम्पन्न गर्नु पर्ने छ । पूर्वपश्चिम रेल्वे काकडभिट्टाबाट इनरुवासम्म जग्गा अधीग्रहण भएर अलमल भएको छ । यसलाई अघि बढाउनु छ,महेन्द्रनगर,दोधारा चाँदनीसम्म पु¥याएर दायित्व हाम्रो काधमा रहेको छ । सप्तकोशीमा दुईतले पक्की पुलको परिकल्पना अधुरो छ । भौतिक निर्माण बुद्धिविलासको विषयवस्तु भइरहेको छ । त्यसलाई पूरा गर्नु छ । फास्टट्र्याक र एयरपोर्ट बनाउनु पर्नेछ । भेरी बबइ डाइभर्सन सिचाइको नहर बन्ने प्रकृयामा छ । सुनकोशी मरिन डाइभर्सन भर्खर भर्खर चालू भएको छ । त्यसलाई पूरा गर्नु पर्ने छ । यसले पर्सादेखि सप्तरीसम्मको सम्पूर्ण जमिनलाई सिचाइ गरी अन्नभण्डारमा रुपान्तरण गर्नेछ । अरुण,तमोरमा ड्याम बाँधेर धरान–इटहरी–दुहबीदेखि विराटनगरसम्मलाई खानेपानी पुर्याउन सकिने मेरा प्रतिवद्धता रहेको छ ।

अलवेदर रोड प्राथमिकतामा
उम्मेदवार अशोककुमार राई सुनसरी क्षेत्र नम्बर १ को समस्याको विषयमा जानकार राख्ने नेता मात्रै होइनन्,उनलाई यस क्षेत्रको समस्यालाई कसरी समधान गर्न सकिन्छ भनेर स्पष्ट भिजन पनि छ । धरान उपमहानगरपालिका,वराहक्षेत्र,रामधुनी नगरपालिकाका वासिन्दा र उनीहरुले वर्षौदेखि भोगको पीडा र समस्यालाई अव सत प्रतिशत समस्या समाधानको लागि स्थानीय र केन्द्र सम्म जोडेर पुरा गर्ने उनको प्रतिज्ञा नै रहेको छ । धरानको इतिहाँसमा सीमित रहेको व्यापारिक केन्द्रलाई स्थापित गर्ने उनको संकल्प रहेको छ । त्यसका लागि वराहक्षेत्र,रामधुनीलाई धरान सम्म जोड्नको निम्ति अल वेदर रोडको राईको संकल्प हो । चक्रघट्टीदेखि चतरा हुँदै वराहक्षेत्रसम्म सडक पक्की निर्माण गर्ने, चक्रघट्टी– नडाह–धरान जोड्ने सडक, बाङ्गे– कालाबन्जर– धरान जोड्ने सडक,बक्लौरी–पन्चायन–धरान जोड्ने सडकलाई पक्की वनाएर यसको क्षेत्रको विकास र धरान सम्मको दुरी नजिक गर्न सकिने मात्रै होइन आर्थिक विकास पनि गर्न सकिने छ ।धरान र चतरालाई जोड्ने वाघ खोला जुन आवात जावात गर्नको निम्ति वर्षौदेखि समस्या भइरहेको छ । जुन खोलाकै कारण अकालमा नै मृत्युवरण गर्नु पर्ने वाध्यता रहेको छ । त्यसैले त्यहाँ खोलामा पक्की पुल निर्माण गर्ने र यो समस्या समाधान हुने छ ।
धार्मिक सर्किटले पर्यटनको विकास
धार्मिक पर्यटन सर्किट बनाउने,पकलीको जब्दी महारानीदेखि रामधुनी–औलियाबाबा– बराहक्षेत्र–कोका–खुवालुङ–विष्णुपादुका–थाउजेण्डबुद्ध–पन्चकन्या–बुढासुब्बा– दन्तकाली–पीण्डेश्वर जोडेर धार्मिक सर्किटले जोडिने छ । क्षेत्र न ४–२–१ लाई तीर्थ स्थलले अङ्कमाल गरेको राखेको अवस्था छ । यसलाई धार्मिक पर्यटनका रुपमा विकास गर्नु पर्छ ।

IMG_8998 IMG_5305

 धरानमा कन्फेरेन्स टुरिजम, सुरुङमार्ग
धरानको लागि १ हजार क्षमताको अत्याधुनिक कन्फेरेन्स टुरिजम हलको आवस्यकता छ ।जुन धरानको लागि आधारभुत आवस्यकता हो । यो आवस्यकतालाई पुरा गर्न म प्रतिवद्ध रहने छु । कोशीको पानीलाई आयआर्जन गर्ने हिसाबले कोशी टप्पु वन्यजन्तु आरक्षसग जोडेर पर्यटनको विकास गर्न पर्छ ।धरानलाई लेउतीसँग सुरुङ मार्गले जोड्ने परिकल्पना नेकपा एमालेको बजेटमा आएको थियो । यसलाई पुरा गर्नु पर्ने छ । बिपी प्रतिष्ठानको व्यवस्थापन गरी न्यून नमूना सेवा प्रदायक बनाउनु छ । शिक्षा, पर्यटन, संरचना निर्माण, स्वास्थ्य सेवा र रोजगारीलाई समेत प्राथमिकतामा छन् ।

सप्तकोशीको पानीलाई ‘इको टुरिजम’
सप्तकोशी नदी यस क्षेत्रको लागि ठुलो सम्पती हो । चतराको पानीलाई कोशीटप्पु आरक्षसँग जोडेर पर्यटन विकास गर्न सकिन्छ । पानी सिचाइ गर्नमा मात्र प्रयोग भैरहेको छ तर खानेपानीका रुपमा प्रयोग गर्नु पर्छ भन्ने दृष्टिकोण आएका छन् । कोशीको पानीलाई त्यतिमात्र नभएर मनोरन्जन स्थलको रुपमा, जल क्रिडाका रुपमा, पर्यटकीय स्थलका रुपमा पनि प्रयोग गर्नु पर्छ ।

सुकुम्वासीसँग राजनीति नगरौं
राष्ट्रिय समस्याको रुपमा रहेको सुकुम्वासी समस्या भनेको राष्ट्रिय समस्या हो तर यहाँ राजनीति गरिन्छ ।ऐन बने पछि सरकरमा जोसुकै आए पनि ऐन कर्यान्वयन गर्न बाध्य हुन्छ । राजनीतिक रुपमा फाइदा लिने ठाउँ बनाउन जरुरी छैन । मुलुकको ठूलो समस्याका रुपमा सुकुम्बासी समस्यालाई ध्यानमा राखेर राज्यले ऐन बनाइसकेकाले अव सुकुम्वासी समाधान तर्फ हामी अघि वढ्ने छौ ।

315260189_785543189179827_7283789460176865897_n (1)

 चुनाव जित्ने आधारहरु र जनताको विश्वास
म सुनसरी क्षेत्र नम्बर १ को लागि साझा उम्मेदवार हुँ । यस क्षेत्रको निम्ति म नौलो व्यक्ति होइन । म यस अघि पनि टेस्टेड उम्मेदवार हुँ । मलाई २०७४ को चुनावमा पनि यस क्षेत्रका जनताले रुचाएका छन् । यो उम्मेदवारीले यस क्षेत्रका जनताले म प्रति भरोसा गरेका छन् । धेरै पटक धरैलाई जिताए पनि यहाँका जनताले भने जस्तो सोचे जस्तो नेता पाउन सकेनन् । मनमोहन अधिकारी पछि दोश्रो पटक राष्ट्रिय हाइट भएका नेताको रुपमा मलाई रुचाएका छन् । जनताप्रतिको विश्वास र भरोसा म माथि नै छ ,अशोकराई नै अव राष्ट्रिय राजनिितमा प्रभाव राख्ने र केन्द्रलाई जोड्ने सेतु हो भनेर आम जनताको जन विस्वास रहेको छ । नेकपा एमाले आफैमा ठुलो दल हो र एमाले प्रतिको विश्वास र विकास समृद्धिको आधार नै जित्ने आधार हो ।

एम्समा सांस्कृतिक का ...

धरान/धरानस्थित एम्स एकेडेमीमा पाँचौँ ‘एम्स कल्चरल ...

किसान कृषि यान्त्रि ...

खोटाङ / (रासस) प्रधानमन्त्री कृषि आधुनिकीकरण परियो ...

मेयर कोइराला र अमेरि ...

मोरङ / नेपालका लागि अमेरिकाका राजदूत डिन आर थोम्सनले वि ...

सामुदायिक विद्यालय ...

धरान–१६ मा ४९ वर्षअघि स्थापना भएको पञ्चायत आधारभू ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2023 - Koshipatra.com All rights reserved