‘धरान विकासको मोडल हामी सँग छ’

  • कार्तिक ३०, २०७९
  • कोशीपत्र/संवाददाता
alt

आगामी राजनिती र समाजमा निष्ठा र सर्मपणका लागि कसैले उदाहरण दिन्छ भने त्यो नाम हो रमेश बस्नेत । आफ्नो क्षेत्रका लागि आफ्नो सरकारी जागिर समेत छाडेर राजनितीमा आएका बस्नेत धरानको विकाशका लागि एक प्रतिबद्ध उमेद्धारपनि हुन् । मलाई के हुन्छ हैन मेरो ठाउले के पाउछ ? भन्ने सोच बोकेर राजनितीर समाजीक सेवामा सर्मपित भएका बस्नेत मङ्सिर ४ गतेको निर्वाचनमा सुनसरी क्षेत्र नम्बर १ (क) का प्रत्यक्षतर्फका उम्मेदवार पनि हुन् । उनले साविक पा“चकन्या गाविसको २ कार्यकाल अध्यक्षसहित १५ वर्ष जनप्रतिनिधि भई काम गरिसकेका छन् । उनले राजनीतिक रूपमा धरान नगर कमिटी सदस्यदेखि १ नं. प्रदेश कमिटी सचिवालय सदस्यसम्मको भूमिका निर्वाह गरिसकेका छन् । उनै उम्मेद्वार बस्नेतस“ग आगामी न्र्विाचनको विषयमा आधारित हामीले कुराकानी गरेका छौ ।

प्रदेशसभामा तपाईंको उम्मेद्वारी किन ?

पहिलो कुरा नीति निर्माण र ऐन कानून बनाउन हो । साथै, १ नं. प्रदेश सुनसरी क्षेत्र नं. १ (१) मा विकास निर्माण, पछाडि पारिएका जातजाति, भाषा, लिङ्ग, समुदायको हक हित, सामुदायिक अभियान, सुशासन र भ्रष्टाचारविरोधी अभियान चलाउन मेरो उम्मेदवारी हो ।

क्षेत्र नं. १ को चुनावी माहोल कस्तो छ ?
निर्वाचनको माहोल एमालेमैत्री बनेको छ । पार्टीका कार्यकर्तामा मात्रै होइन, आम मतदाताहरू एमालेका उम्मेद्वारलाई मतदान गर्न आतुर हुनुहुन्छ । सुनसरी क्षेत्र नं. १ बाट ठूला दल एमाले र काङ्ग्रेसको प्रतिनिधिसभाको उम्मेदवार नहुँदा के हो भन्ने जिज्ञासा राख्नुभएको छ । मतदाताले माया गर्नुभएको छ । जनता मङ्सिर ४ को प्रतिक्षामा छन् । जनता एमालेलाई विजय गराउन आतुर हुनुहुन्छ । २०६४ सालदेखिको अनुभवले कुनै पनि दलले बहुमत प्राप्त गर्न सक्ने अवस्था देखिँदैन । बहुमत प्राप्त एमालेको सरकार बनाउन तालमेल आवश्यकता परेको भनेर आम मतदातालाई बुझाइरहेका छौँ । जसले गर्दा माहोल राम्रो बनेको छ ।

अरूको अपवित्र गठबन्धन र तपाईंहरूको पवित्र तालमेलमा के फरक रहेछ ?
करिब बुझाइमा त्यति फरक छैन । यद्यपि केही भने फरक छ । एमाले र जसपाबीच सबै क्षेत्रमा तालमेल भएको छैन । हामीले ३५÷१७ मा तालमेल गरेका छौँ । अन्य क्षेत्रमा आ–आफ्नै उम्मेद्वारहरुले प्रतिस्पर्धा गरिरहनुभएको छ । गठबन्धनले नेपालभर प्रतिस्पर्धा नगर्ने गरी गठबन्धन गर्नुभएको छ । त्यसैले तालमेल र गठबन्धनमा केही भिन्नता छ । विगतका अनुभवका आधारमा दिगोपन र नेतृत्व निर्माणका लागि तालमेल गरिएको हो । जसपासँग सहकार्य गर्दा सरकार सञ्चालन गर्न सहज हुन्छ भनेर तालमेल गरिएको हो ।

प्रचार–प्रसारमा हुनुहुन्छ, जनताका के अपेक्षा छन् ?
मतदातासँग भेटघाटमा छौँ, जनताको उत्साहजनक सहभागिता छ । मतदाताका स्थानीय समस्याहरू छन् । स्थानीय समस्याका विषयमा प्रतिबद्धता के हो भन्नुहुन्छ । रमेश बस्नेत नयाँ नाम होइन । परिचित नाम हो, सामाजिक अभियानमा सफल अभियन्ता भएकाले त्यो सफलता कायम राख्नु भनेर सुझाव र शुभकामना दिनुभएको छ । केही सुझाव, गुनासा र जिज्ञासा छन् । हामीले त्यसलाई सकारात्मकरूपमा लिएका छौं । जिज्ञासालाई मेट्ने प्रयत्न गरेका छौँ । गुनासा सम्बोधन गर्ने प्रतिबद्धता गरेका छौँ । संविधान निर्माण भएपछि मुलुक समृद्धितिर जानुपर्ने थियो । जनताको अपेक्षाअनुसार काम हुन सकेन भन्ने छ । त्यसमा आंशिक सत्यता पनि छ । केही स्रोत साधनको अभावले पनि त्यस्तो हुन गएको हो ।

सुनसरी क्षेत्र नं. १ बाट प्रदेशसभा निर्वाचनमा उम्मेद्वार हुनुहुन्छ, जित कति निश्चित छ ? जितका आधार के के हुन् ?
पहिलो कुरा, नेपालमा ग्रामीण विकास २०५१ बाट सुरु भएको हो । जुन एमालेको पालामा भएको थियो । राष्ट्रियताका सवालमा मेघा परियोजना, युगान्तकारी परिवर्तन गर्ने काम एमालेको नेतृत्वमा भएको छ । नीति निर्माणदेखि संविधान परिमार्जन गर्नेसम्मका काम एमालेले गरेको हो । त्यसलाई निरन्तरता दिँदै नेपाललाई समृद्ध नेपाल र सुखी नेपाली अभियानलाई एमाले नेतृत्वको सरकारले सफल बनाउँछ । एमालेले छुट्टै पहिचान दिएको छ । म आफै पनि लामो समय जनप्रतिनिधि भएर काम गर्दा परिणाम दिएको छु । त्यसैगरी विभिन्न क्षेत्र, महिला, बालबालिका, उत्पीडितका पक्षमा, प्राकृतिक स्रोतको संरक्षणका पक्षमा, साक्षरता अभियान, सरसफाइ अभियानमा परिणाम दिएको छु । सरसफाइका विषयमा अभियन्तामात्रै बनिनँ, परिणाममुखी काम गरेकाले राज्यले समेत मलाई पत्याएको छ । राज्यले पत्याएर नै २० जिल्लामा सरसफाइको अभियानमा खटाएको थियो । महŒवपूर्ण आधार सङ्गठन पनि हो । गत स्थानीय निर्वाचनमा मेरो क्षेत्रमा पर्ने १५ वटा वडामध्ये १० वटा वडामा एमालेले अत्यधिक मतले जितेको छ । हामीले जनताका पक्षमा काम गरेका छौं । गठबन्धन सरकारले गरेका नकारात्मक काम पनि हाम्रो लागि अर्को आधार हो ।

कति मतान्तरले जित्छु जस्तो लाग्छ ?
४ देखि ५ हजार मतान्तरले जित्ने विश्लेषण गरेको छु ।

दलका उम्मेदवारप्रति मतदाता सन्तुष्ट छैनन् भन्ने सुनिन्छ नि ? यथार्थ के हो ?
पूर्ण सन्तुष्ट छैनन् । जनताका अपेक्षाहरु धेरै छन् हामीसँग स्रोत साधनको सिमितताका कारण अपेक्षाकृत काम हुन नसकेको हो ।

तपाईंका मुख्य एजेण्डा के के हुन् ?
मेरो मुख्य एजेण्डा नीति निर्माण नै हो । धरानमा खानेपानी समस्या समाधान, जसका लागि योजना बनाउने, सङ्कल्प प्रस्ताव लाने र पेश गर्ने, खोला नियन्त्रण गर्दै करिडोर निर्माण, पर्यटन प्रवद्र्धनका लागि भौतिक पूर्वाधारको विकास, प्रचार–प्रसार, पर्यटनमैत्री वातावरण, सांस्कृतिक विकास गर्ने, धरानलाई उन्नत किसिमको व्यापारिक केन्द्र बनाउने योजना छ । धरानलाई आफ्नै खुट्टामा उभिन सक्ने बनाउनु पर्छ । औद्योगिक ग्राम निमार्ण कार्यलाई तिब्रता, बसपार्कलाई पूर्णता दिने, तमोर करिडोरलाई पूर्णता दिँदै सुरुङ मार्गको डिपिआर कार्यान्वयन गराउन र मदन भण्डारी राजमार्गलाई यथाशीघ्र पूरा गर्न र गुणस्तरीय बनाउन पहल गर्छु । लागूऔषधकोे दुव्यर्सनमा फसेका युवाहरुको सम्मान जनक पुनःस्थापनालाई प्राथमिकतामा राखेको छु । ‘इ–गर्भनेन्स’का मार्फत शुसानको प्रत्याभूती गरिने छ । धरानका समस्याहरू स्थानीय र प्रदेश सरकारले मात्रै गरेर नहुने प्रकृतिका पनि छन् । त्यस्ता समस्या समाधानका लागि सङ्घीय सरकारमा पहल, समन्वय र सहकार्य गर्नेछु ।

नेकपाको बहुमत प्राप्त सरकारले प्रदेशको नाम राख्न सकेन, प्रदेशको नामकरणका विषयमा तपाईंको धारणा के छ ?
हो, एमाले ठूला पार्टी भएकाले नामकरण नहुनुमा उसले धेरै जिम्मा लिनुपर्छ । अन्य दल पनि उत्तिकै जिम्मेवार छन् । प्रदेशको नामकरणका विषयमा जग्गा प्लटिङ गरेको जस्तो कसको कित्ता कता पर्छ भनेजस्तो भयो । मुलुक सङ्घीयतामा गई पुनर्संरचना गर्दा अधिकार बाँडफाँडसहितको राजकीय संरचना कस्तो हुने भन्ने विषयमा धेरै छलफल भएन । अब प्रदेशको नाम पहिचान सहितको आधारमा हुनुपर्छ ।

प्रतिबद्धता–पत्रमा विकासका कुरा मात्रै छन्, तपाईंको उम्मेदवारी नीति निर्माता कि विकासे एजेण्ट ?
–नीति निर्माताका रूपमा रहन्छु । पहिले नीति बन्छ । ऐन कानून बनाउनु पर्छ । त्यसपछि काम हुन्छ । विकास निर्माणका योजना पनि नेपालका सन्दर्भमा प्राथमिकतामा पर्छन् । सबैभन्दा बढी सेवा प्रदान गर्ने कार्य स्थानीय सरकारले गर्छ । त्योसँगै प्रदेश र सङ्घीय सरकारले पनि गर्दछ । संविधानले स्थानीय सरकारलाई दिएको अधिकार कार्यान्वयनका लागि प्रारम्भिक नीति बनाउने काम प्रदेशले गर्छ ।

प्रतिनिधिसभामा एमालेबाट बागी उम्मेदवार छन्, तपाईंलाई त्यसको प्रभाव कति पर्छ ?
मलाई पर्दैन । पहिलो कुरा, एमालेका कार्यकर्ता पार्टी निर्णयविरुद्ध जानुहुन्छजस्तो लाग्दैन । सबै कार्यकर्ता र शुभचिन्तकले मेरो बारेमा विमति राख्नुभएको छैन । मेरो योग्यतामाथि प्रश्न उठेको छैन । पार्टीभित्र रमेश बस्नेत उम्मेद्वार हुनुहुँदैन भन्ने पनि छैन । ९९ प्रतिशत मतदाताले भेट्ने इच्छा मात्रै राख्नुभएको छ ।

सुकुम्बासी भूमिहीनलाई कहिलेसम्म भोट बैङ्क बनाउने ?
लामो समय भए पनि सुकुम्बासी समस्या ज्यूँका त्यूँ छन् । संविधानले नै मौलिक हकभित्र आवासको कुरा राखेको छ । विगतमा पटक–पटकका सरकारले कार्यविधि निर्देशिका बनाएर धनीपुर्जा वितरण गर्दा प्रश्न उठी खारेज पनि भएको छ । संविधानको मौलिक हकलाई टेकेर एमालेकै पालामा ऐन बनेको छ । यसको कार्यान्वयनको प्रारम्भ भएको छ । तर, त्यत्रो ठूलो मुद्दा बनाएर मत माग्नु पर्दैन । जुनसुकै दल आए पनि कार्यान्वयनमा पछि हट्नु हुँदैन । समस्या समाधान गर्नुपर्छ ।

अन्त्यमा, के भन्नुहुन्छ ?
–समृद्धि, विकास र समयानुकूल नीति निर्माण, स्थानीय सरकार अनुुकूल नीति निर्माणका लागि सुनसरी क्षेत्र १ का मतदातालाई ‘सूर्य’ चिह्नमा मतदान गरी निर्वाचित गराउन अनुरोध गर्छु ।

 intro 1

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

rames patra_1 2

 

 

 

 

 

 

 

 

विजयपुर अध्यात्मीक म ...

धरान/ सामाजिक संंस्कार भड्किलो बन्दै गएको महशुष गर ...

धरान किड्जीलाई अनुमत ...

धरान/  वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष् ...

‘कुम्भ स्नान पछि पिण ...

धरान/  प्रत्येक १२ वर्षमा लाग्ने पुर्ण कुम्भ ...

धरानको कार्यपालिका ब ...

धरान /मेयर हर्कराज राईले एकलौटी गरेको निर्णयलाई का ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved