‘धरानलाई एक थान सांसद पर्याप्त छैन’

  • कार्तिक ३०, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/ मजदुर नेता भीम ज्वाला राईले बागी उम्मेदवारविरुद्ध आक्रामक अभिव्यक्ति दिएका छन् । चुनावी कोणसभामा एमाले जसपाका साझा उम्मेदवारलाई मत माग्दै ज्वालाले पार्टी निर्णयको सम्मान गर्न नसक्नु बागीका लागि प्रत्युत्पादक हुने बताए ।

धरान १६ मा आयोजित कोणसभालाई सम्बोधन गर्दै नेकपा एमालेका १ न प्रदेश कमिटी सदस्य समेत रहेका नेपाल यातायात स्वतन्त्र मजदुर सगठनका केन्द्रीय अध्यक्ष ज्वालाले बागी उम्मेदवारको कटाक्ष गरे । बागी उम्मेदवारलाई सहयोग गर्नेहरुलाई पार्टी काममा फर्कन ज्वालाले अनुरोध गरे । उनले मङ्सिर ४ आउन पाँच दिन रहेकाले पार्टी सम्पर्कमा आएर पार्टी निर्णय अनुसार दृढतापूर्वक काम गर्न आग्रह गरे । बागी उम्मेदवारलाई भेडोको सज्ञा दिदै ज्वालाले भीर ताकेर हिडेको भेडोको पछि लागेर गए दुर्घटना हुने बताए । नेकपा एमालेको केन्द्रीय निर्णय विरुद्ध बागी उम्मेदवारी दिएका धरानका पूर्व मेयर मनोजकुमार मेन्याङ्बोप्रति लक्षित गर्दै ज्वालाले भने, ’उहाँलाई पार्टीले उपमेयर बनायो, मेयर बनायो र सांसदको टिकट पनि दियो, तर आज पार्टी निर्णयको सम्मान गर्न नसकेर पार्टीविरुद्ध लाग्नु भयो ।’ ज्वालाले कटाक्ष गर्दै भने, ’घर बिगार्नेसँग पार्टी निर्माणको अपेक्षा गरेछौं ।’

चुनावी कोण सभालाई सम्बोधन गर्दै मजदुर नेता ज्वालाले सत्ता गठबन्धनलाई भोट दिनु भनेको भारतीयलाई दाहिने हातले सिन्दुर र देब्रे हातले नगरिकता दिनु हो, एमसीसी पास गर्नेहरुलाई अनुमोदन गर्नु हो, कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतलाई बुझाउने भारतीय कम्फर्टेबलहरुको पक्षमा उभिनु हो । ज्वालाले प्रश्न गरे, ’तपाइहरु कसलाई भोट दिनुहुन्छ, राष्ट्रको सार्वभौम सत्ता बचाउन खोज्ने, सीमा रक्षा गर्न खोज्ने र मुलुकलाई समृद्ध र सुखी बनाउछु भन्नेलाई ?, कि विदेशी इशारामा नाच्ने, देशलाई गुलाम बनाउन खोज्ने, फिजीकरण र सिक्किमीकरण गर्न खोज्नेलाई ?’

धरानका चिया पसलमा हुने गफलाई उद्धृत गर्दै नेता ज्वालाले यो पटक धरानेले राष्ट्रिय नेता प्राप्त गरेको बताए । धरानको पहुँच केन्द्रमा पुग्न सकेन भनेर सर्वसाधारणको गुनासो भैरहेका बेला धरानेलाई अवसर प्राप्त भएको ज्वालाले बताए । ‘यो पटक हामीलाई केन्द्रसग जोड्ने शालिन, बौद्धिक र क्षमतावान नेता नेकपा एमालेले दिएको छ, प्रतिनिधि सभामा छाता चिह्नमा मतदान गरी राष्ट्रिय नेता अशोककुमार राईलाई जिताउन आवश्यक छ,’ ज्वालाले भने, ’धरानका दुर्गमलाई विकास गर्न हामीसामु अवसर आएको छ ।’ ज्वालाले धरानलाई एक थान सांसद पर्याप्त नहुने बताए । एमाले जसपा विरुद्ध चुनावी मैदानमा देखिएका अनुहारहरु सम्झन आग्रह गर्दै मजदुर नेता ज्वालाले मतदाताहरुलाई भने, ’एउटा स्वतन्त्र सांसदको काम, कर्तव्य र अधिकार नीति निर्माण गर्ने र कानुन बनाउने हो, विकास र परिवर्तनको नेतृत्व पार्टीले गरेको हुन्छ, निर्दलीय व्यक्तिलाई जिताएर धरानको कायाकल्प गर्न सम्भव छैन ।’ ज्वालाले स्थानीय चुनाव जस्तो संसदीय चुनाव नहुने भएकाले एमाले जसपाका साझा उम्मेदवारलाई छाता चिह्नमा मतदान गरी प्रतिनिधि सभामा पठाउन अनुरोध गरे ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved