‘हामीले अहिलेको लागि हैन, सय वर्षपछिका लागि सोच्नुुपर्छ ’

  • कार्तिक २९, २०७९
  • कोशीपत्र/संवाददाता
alt

क्याप्टेन केबी लिम्बू नेपालका लागि सम्मानित नाम हो । नेपाल र विदेशमा गरी झण्डै आधा शताब्दी अर्थात् ४३ वर्ष हवाइजहाज उडाएका लिम्बूले नेपाल वायुुवेवा निगमका प्रबन्ध निर्देशक भई अवकाश प्राप्त गर्नुुभएको छ । आकाशमा उड्दा नेपाल स्वर्गको टुुक्राजस्तो देखेपछि नेपालको विकास र समृद्धिका मुुख्य आधार पर्यटन र कृषि नै रहेछन् भन्ने बुुझ्नुभएको थियो ।
राजनीतिमा इमान्दारिता हुुनुुपर्छ र प्रशासनमा सुशासन हुुनुुपर्छ भन्ने प्रस्ट मान्यता भएका लिम्बूले नेपाललाई विकास गर्न १० वर्षका लागि इमानदार नेतृत्वको आवश्यकता पर्छ भन्ने अठोटका साथ अहिले प्रतिनिधिसभा सदस्यमा सुुनसरी क्षेत्र नम्बर १ बाट क्रस खुुकुुरी चुुनाव चिह्न लिएर स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । उहा“ लाइन्स इन्टरनेसनल क्लबको रिजन चेयर पर्सन पनि भइसक्नुुभएको छ । विभिन्न सामाजिक सङ्घ–संस्थाको सफल नेतृत्वसमेत गरिसक्नुभएका लिम्बू सफल र कुुशल नेतृत्वकर्ताका रुपमा समेत परिचित हुुनुुुहुन्छ । भ्रष्टाचार नै देश विकासमा बाधक भएको उहा“को प्रस्ट विचार छ । ‘हामीले देशलाई विकास गर्न नियम–कानुुनको पूर्ण पालना र नागरिक मैत्री कानुनको निर्माण गर्नुपर्छ’ भन्ने विचारले प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएको उहा“को भनाइ छ । यसै विषयमा हामीले क्याप्टेन लिम्बूस“ग उहा“को उम्मेदवारी र एजेन्डाबारे कुुराकानी गरेका छौ“ । प्रस्तुत छ कुराकानीको सम्पादित अंश ः

तपाईं आकाशमा जहाज उडाउने व्यक्ति । राजनीतिमा आउनुभयो नि, किन ?

यो राज्यको आवश्यकता हो । देशलाई विकास गर्नका लागि अब विज्ञ व्यक्तिहरूले नेतृत्व लिन जरुरी छ । देश विकासका लागि तयारी भयो तर देशको नेतृत्व कमजोर भयो । यसै कारण यो देशलाई बलियो नेतृत्व र विज्ञताको जरुरी छ । मेरो देश र परिवेशका लागि मेरो विज्ञता ठिक छ भन्ने ठानेर मैले क्रस खुुकुुरी चुनाव चिह्न लिएर स्वतन्त्र उम्मेदवारी दिएको छुु ।

सुुनसरी क्षेत्र नम्बर १ लाई विकास गर्न के कुुराको आवश्यकता छ भन्ने बुुभ्mनुभएको छ ?
यो क्षेत्रको प्रमुख समस्या भनेको खानेपानीको पूर्ण प्रत्याभूति नहुुनुु हो र क्षेत्रमा खानेपानीको प्रशस्त मुुहान छन् तर त्यसको उचित प्रयोग भएको छैन । अब यो क्षेत्रका आसपासका मुहानको पानीले तत्कालका लागि समस्या समाधान गर्ने र दीर्घकालका लागि कोशी वा तमोरको पानी ल्याउन सकिन्छ । अर्को समस्या भनेको पर्यटक भित्र्याउन नसक्नुु हो । हामीले यो क्षेत्रलाई पर्यटकीय क्षेत्र भन्यौ“ तर पूर्वाधार निर्माणमा ध्यान दिएनौ“ । त्यसकारण यो क्षेत्रमा पर्यटनका लागि पूर्वाधार निर्माण गर्ने र आय आर्जनको बाटो निर्माण गर्ने मेरो योजना छ । विजयपुरबाट भेडेटारसम्मको केबलकार निर्माण, धरानको सर्दू जलाधार क्षेत्रमा र कोशीटप्पुुमा आउने चराहरुको विश्राम स्थलको रूपमा विकास गर्ने, धरान, ताप्लेजुुङ, रामधुनी, वराहक्षेत्रलाई समेटेर धार्मिक सर्किट निर्माण गर्नुुपर्छ । विराटनगरमा भएको एयरपोर्टलाई कार्गे एयरपोर्टको रुपमा विकास गरेर धरान या वराहक्षेत्रमा क्षेत्रीय एयरपोर्ट बनाउनुु पर्छ । अन्तराष्ट्रिय प्रचलन अनुसारपनि दुुई देशको सिमाना छेउमा एयरपोर्ट राख्नुु राम्रो हैन । त्यस कारण यो क्षेत्रमा एयरपोर्ट आवश्यक छ । अर्को समस्या भनेको कुुलत हो । केन्द्रको राजनीतिलाई नेताहरूले कुुलत जस्तै बनाए । राम्रो असल राजनैतिक पात्रहरु र रोजगारीको ग्यमारेन्टी नहु“ुदा युवाहरू लागूऔषधको कुुलतमा फँसेका छन् । अब युुवाहरुलाई कुलतमा हैन, रोजगारीमा लगाउनु पर्छ ।

 यो क्षेत्रका लागि तपार्इंका प्राथमिकता चै के के हुुन् ?
धरानको खानेपानीको र फोहोर व्यवस्थापनको स्थायी समाधान गर्ने । सुकुवासि समस्या र वि.पी. हस्पिटलको प्रशासनिक बेतिथिलाई निर्मुल गर्ने । सडकको स्तरोन्नति गर्ने । विजयपुरको धार्मिक स्थल उचित जीर्णोद्धार गरी धार्मिक पयर्टकीय स्थलको रुपमा विकास गर्ने । ८ देखि १२ कक्षासम्म व्यावसायिक शिक्षाको शुरुवात गर्ने । वराहक्षेत्र आदि स्थानमा स्तरोन्नति गरी धार्मिक पर्यटन प्रवद्र्धन गर्ने मेरा प्राथमिकता हुन् । त्यसैगरी कुलतमा लागेकाहरूलाई कुलतबाट छुटाउन आवश्यक कार्यक्रम प्रबन्ध गर्ने । कोशीटप्पुलगायतका स्थानमा चराहरूको उचित संरक्षण गर्ने । धरान रिङरोडको, केबलकारको, गल्फ खेल्ने ठाउँको र यहाँ भएको एयरपोर्ट आदिलाई पर्यटन व्यवसायलाई टेवा दिनको लागि चरणबद्ध रूपमा विकास गर्ने । नगरवासीलाई नगदेबाली उत्पादनमा प्रोत्साहन गर्ने । रुखबिरुवा, घाँस रोप्ने कार्यक्रमहरुलाई प्रोत्साहन गर्ने र भएका जङ्गललाई उचित सदुपयोग र संरक्षण गर्ने । मेयर हर्क साम्पाङ, न्यायका प्रतिमूर्ति जनता, विषयविज्ञको सल्लाह र सुझावका आधारमा जनमुखी, व्यवहारमुखी पारदर्शी कार्य गर्ने मेरा प्राथमिकता हुन् ।

 समग्र देशको विकास गर्ने तपाईको मोडल चै के के हुन् ?
स्रोत नखुलेको सम्पत्ति छानबिन गरी राष्ट्रियकरण गर्न, भ्रष्टचार निर्मुल गर्न सांसद्हरूले मन्त्री र प्रधानमन्त्री बन्न नपाउने व्यवस्था लागू गर्नुपर्छ । भ्रष्ट, नैतिक पतन भएकाहरूलाई चुनावमा उम्मेदवारको टिकट दिँदा जनताले उम्मेदवारलाई बहिष्कार गर्न पाउने “राईट टु रिजेक्ट” लागू गर्ने मेरो सोच छ । सांसद्हरूको बहुमतले होइन, जनताको ५१% मत पाउनेले मात्र सरकार बनाउन पाउने, चुनाव जितेर गएपछि गर्छु भनेको काम नगर्ने, गलत काम गर्नेलाई मतदाताले दिएको भोट फिर्ता लिन्छु भनेर उनीहरूलाई फिर्ता बोलाउन पाउने “राईट टु रिकल” लागु गर्ने ब्यबस्था अब आवश्यक भएको छ । म त्यसका लागि पहल गर्ने छुु । त्यसैगरी संघीयताको नाममा जनताको ढाड सेक्ने कर प्रणालीको अन्त्य गर्न जरुरी छ । अदालति पुलिस लागु गर्न,समानुपातिकको सिटमा भ्रष्ट व्यापारीहरु मात्र सांसद् हुने व्यवस्थाको अन्त्य गर्न आवश्यक छ । त्यसैगरी मन्त्री, प्रधानमन्त्रीले विदेशीसँग गरेका गोप्य, देशघाती असमानसन्धिहरु, एमसिसी र एसपीपी ,नागरिकता विधेयक आदि खारेज गर्नुु आवश्यक छ । १८ देखि २४ वर्षकालाई राष्ट्र सेवामा आवद्ध« गराऊन, जनतालाई स्वास्थ्य, शिक्षा, बिजुली, पानी र भुमिहीनलाई आवास निःशुल्क दिन, गरिबीको कारण न्यायबाट वञ्चित भएकाहरुलाई निःुल्क न्याय सेवा दिन, सांसद्ले (मैले) पाउने अति आवश्यक सुविधा बाहेक सबै खारेज गर्ने मेरो योजना छ । यी सबै व्यवस्था गर्न म सक्षम छुु भन्ने लागेर मैले उम्मेदवारी दिएको हुुँ ।

why 1 313417487_112002048384063_1262753138628900773_n Screenshot_20221114-153416_Gallery

 भ्रष्टाचारीलाई मृत्युदण्ड दिनुपर्छ भन्ने विषयलाई प्राथमिकतामा राख्नुुभएको छ नि ?
हो, मैले यो विषयलाई प्राथमिकतामा राखेको छुु । किनभने विकास, समृद्धि र भ्रष्टाचार सँगसँगै अगाडि बढ्न असम्भव छ । त्यसमा पनि भ्रस्टाचार भनेको देशको क्यान्सर हो । क्यान्सर त काटेर फाल्ने गरिन्छ हैन र ? त्यस कारण देशलाई यो क्यान्सरबाट मुक्ति दिलाउन मृत्युदण्ड आवश्यक छ । यो देशमा मृत्युदण्ड दिने व्यवस्था लागू गर्ने हो भने भ्रष्टाचारलाई शून्यमा झार्न सकिन्छ । त्यसै कारण मैले मृत्युदण्डको विषयलाई प्राथमिकतामा राखेको छुु ।

206U6361 copy

 तपाईंको निर्वाचन क्षेत्र र देशका लागि लिनुुभएको सङ्कल्प चै के के हुन् ?
कुनै पनि कुुरालाई हामीले अहिलेका लागि हैन, पचास वा सय वर्षपछिका लागि सोच्नुुपर्छ । त्यसका लागि मैले पाँचवटा सङ्कल्प गरेको छुु ।
पहिलो, वातावरणको संरक्षण । यसअन्तर्गत वनजङ्गल, चराचुुरुङ्गी, पुुतली, वातावरण (हावापानी) को संरक्षण गर्नुुपर्छ किनभने अबको पुस्ताले स्वच्छ हावा लिन सकून् । यसले अतिवृष्टि, अनावृष्टि, बाढीपहिरो र भूक्षय पनि रोक्छ । अबका वर्षहरूमा पर्यावरणलाई सन्तुलित राख्न सक्यौँ भने करोडौँ डलर आम्दानी गर्न सकिन्छ । अब पर्यावरणको संरक्षण गरेर कमाउने वा गुुमाउने हाम्रै हातमा छ । पर्यावरणको संरक्षणले हामीलाई जडिबुुटीको उत्पादनमा सबैभन्दा ठुुलो भूमिका खेल्छ । युुरेनियम तथा खनिजलाई वातावरणमैत्री हिसाबले अत्याधुुनिक शैलीबाट उपयोग गर्नुुपर्छ ।
जडिबुुटी हाम्रो आयस्रोत मात्र हैन, दीर्घ जीवनको लागि वरदान पनि हो । दोस्रो भनेको उद्योगधन्दाको स्थापना हो । हामीले लघुु, मझौला र ठुुला उद्योग स्थापना गर्नुुपर्छ । उद्योगधन्दाले लाखौ“को संख्यामा रोजगारी सृजना गर्छ भने नेपालमा उत्पादित वस्तुुहरू विदेशमा पठाउन सकिन्छ । जस्तै अहिले सगरमाथाको पत्थर राखेर घडी बनाउन थालिएको छ र यसको माग अन्तर्राष्ट्रिय बजारमा उच्च छ ।

यसरी हामीले नेपालको पानी, फलपूmल तथा सागजब्जी, डेरी प्रोडक्ट्स र माछामासुु नेपालका लागि अन्तर्राष्ट्रिय बजारको क्रेज निर्माण गर्न सकिन्छ । त्यसैगरी अल्लो, ढाका, रेशम, जुुट आदि नेपाल चिनाउने अन्तर्राष्ट्रिय ब्राण्ड बन्न सक्छन् । नेपाली गलैँचा र ऊनले पहिले नै नेपालको ब्राण्ड बनाइसकेका छन् । नेपालको चिया, कफी अन्तर्राष्ट्रिय बजारमा निकै राम्रो ख्याती कमाएको छ । अब यसको भोलुम र क्वालिटी बढाउनु पर्छ । विदेशमा नेपाली चिया, कफीको त्र्रmेज बढाउनुुपर्छ ।

तेस्रो सङ्कल्प भनेको शिक्षा, स्वास्थ्य हो । शिक्षालाई हामीले कक्षा ८ देखि १२ सम्ममा ब्यबसायीक बनाउन सक्नुु पर्छ ।अहिलेको एजुुकेशन ग्लोबलाईजेशन(विश्व ब्यापी करण) भई सकेको छ । आज लाखौको संख्यामा नेपालीहरु विदेश पढ्न जान थालेका छन्,अब हामीले विदेशमा पढ्न जाने हैन विदेशीहरुलाई नेपालमा पढ्न आउने बनाउनुुपर्छ । यसो गर्न सक्दा करोडौ डलर नेपालमा भित्रन्छ । जसले नेपालको आर्थिक अबस्थालाई विकास गर्न मद्धत गर्छ । स्वास्थको क्षेत्रमा पनि नेपाललाई राम्रो हव बनाउन सकिन्छ । हामी विदेशमा उपचार गर्न जाने हैन विदेशीलाई नेपालमा उपचार गर्न आउने वातावरण बनाउनुु पर्छ । यसले हाम्रो देशको आर्थिक मात्र हैन सामाजिक प्रतिष्ठानलाई पनि विश्वबजारमा उचो राख्छ ।
चौथो भनेको पर्यटन हो । पर्यटक भित्र्याउन पूर्वाधार निर्माण गर्नुुपर्छ । त्यसका लागि हामीले पहिले अत्याधुुनिक एयरपोर्टहरू निर्माण गर्न जरुरी छ । सडक र केबलकार जस्ता पूर्वाधार निर्माण र स्तरोन्नति अतिआवश्यक छ । पर्यटकीय क्षेत्र धरानमा रिङरोड, उत्तर–दक्षिण र पूर्व–पश्चिम खुल्ला सडक (करिव २० किलोमिटर) निर्माण गर्नुुपर्छ । जलविहारका लागि पर्याप्त पूर्वाधारको विकास गर्नुुपर्छ । पानी, हावा र घामबाट विजुुली उत्पादन गर्ने र उपभोग गर्ने, बढी भएको विजुुली विदेशमा निर्यात गर्न पूर्वाधार निर्माण गर्नुुपर्छ । सडकहरू निर्माण गर्दा ब्यापारीक सडक पर्यटकीय सडकको पहिचान र निर्माण गर्न पर्छ ।

पाचौ भनेको सास्कृतीक सम्पदाको संरक्षण, संबर्धन र विकाश हो । आज दक्षिण अमेरीका र अन्य देशहरुले आफ्नो सास्कृतीक चिजहरुलाई बेचेर देशको पहिचान र आम्दानी बढाएका छन् । नेपाल त संस्कृतीक पक्षमा विश्वमै धनी छ । तर हामीले यसको पहिचान गराउन र संरक्षण गर्न पछि परेका छौ । हाम्रा खाना, भेषभुुषा, गितसंगित, नृत्य, भाषा र चाडपर्वहरु विश्वकै लागि लोभलाग्दा छन् । यसले अहिलेमात्र हैन सयांैबर्ष सम्मका लागि हाम्रो पहिचान कायम राख्छ । त्यसका लागि हामीले यसको संरक्षण संबद्र्धन र विकास गर्नुु जरुरी छ । म यी कार्यहरू गर्न सक्छुु । त्यसका लागि मलाई क्रस खुकुुरीमा मतदान गरेर भारी मतका साथ विजयी गराउन आम मतदातामा आह्वान अनि अपिल गर्दछुु ।

इलामको विकासको जिम्म ...

इलाम/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फाल्ग ...

सुनाखरी एकेडेमीका कक ...

धरान/  धरान-१२ चतरालाईन स्थित सुनाखरी एकेडेमी बाट ...

बालबालिकालाई सँस्कृत ...

धरान/ केही समय अगाडि महिलाहरुको अधिकार विषयमा सबै ...

दश प्रतिशत कमाई बुवा ...

सुनसरी/ महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved