स्वास्थ्य

    Showing ८२१-८३० of २,६११ items.
  • धरानका मेयरलाई पत्रः मेयर साब   धरानलाई नगर अस्पताल चाहियो

    वि.सं. १९९० को महाभूकम्पमा ठूलो धनजनको क्षति व्यहोरे पछि तात्कालीन धरानका समाजसेवीहरुको सामूहिक पहलमा विक्रम सम्बत् १९९२ सालमा धरानका महामना दाताहरुले निजी जग्गा दानगरी जनस्तरबाटै भवन खडागरी जनता कै पहलमा डाक्टर एवम् औषधीहरुको प्रबन्ध गरी सुरु भएको धरानको छाताचोक नजिकैको धरान अस्पताल ठूलो षडयन्त्रमा परेर धरानबाट हरण भएको घटनाले आम धरानबासीलाई मानसिक तथा भौतिक रुपमा ठूलो क्षति पुगेको छ । अस्पतालको हरणले दाताका परिवारहरुको उपहास मात्र गरेको छैन आम धरानेले सहज तथा सुलभ रुपमा लिन पाउने सरकारी उपचार सेवाको समेत अपहरण भएको छ ।   जनस्तरबाट प्रारम्भ भए पनि वि.सं. २००७ सालमा प्रजातन्त्र प्राप्त

    • प्रकाशित मितिः चैत १२, २०८१
    • १,३११ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बीपी प्रतिष्ठानमा फेरी लफडा , जुम्ल्याहा बच्चा गर्भमै चिकित्सकले मारेको आरोप

    धरान/ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा जुम्ल्याहा बच्चाको गर्भमै चिकित्सकको लापारवाहीका कारण मृत्यु भएको आरोप आफन्त जनले लगाएका छन् । प्रतिष्ठानमा धरान १५ की ३० बर्षीया सबिना श्रेष्ठको जुम्ल्याहा बच्चा गर्भमै चिकित्सकको लापारवाहीका कारण मृत्यु भएको आरोप आफन्तजनले लगाएका हुन् । सुत्केरी व्यथाले थलिएपछि चिकित्सकको सल्लाह बमोजिम श्रेष्ठ शुक्रबार अस्पताल भर्ना भएकी थिएन् । शनिबार अस्पतालमा उनको जुम्ल्याहा बच्चा मध्ये एउटा बच्चा गर्भमा एउटा वच्चाको मृत्यु भएको भने्र चिकित्सकले बताएका थिए भने अर्को बच्चा ज्यूँदै रहेको भनी अप्रेसन गरेका थिए । तर अप्रेसन गर्दा पेटमा दुवै बच्चा

    • प्रकाशित मितिः चैत १०, २०८१
    • १,६८१ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • झापामा १६३६ किलो गाँजासहित दुई ट्रक नियन्त्रणमा, दुई जना पक्राउ

    झापा/  झापामा सशस्त्र प्रहरीले १६३६ किलो गाँजा र दुईवटा ट्रकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। बुद्धशान्ति गाउँपालिका–४ स्थित मेची राजमार्गबाट शुक्रबार सशस्त्र प्रहरीले विशेष सूचनाको आधारमा को १ ख ५००१ र प्र १–०२–००२ ख ०५८४ नम्बरको मिनि ट्रक नियन्त्रणमा लिएको हो। ट्रकमा गाँजा ओसारपसार भइरहेको सूचना पाएपछि नं. १ बराह बाहिनी मुख्यालय र नं. २ गण झापा मातहत सुरक्षा वेश टिमाइबाट खटिएको संयुक्त सुरक्षा फौजले चेकजाँच गर्दा ५७ वटा बोरामा राखिएको १६३६ किलो गाँजा फेला परेको प्रहरीले जनाएको छ। गाँजासहित धनकुटा जिल्लाको शहीदभूमि नगरपालिका–४ बस्ने महेश राई र इलामको माइजोगा

    • प्रकाशित मितिः चैत ९, २०८१
    • ५४६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • युएन-नवोदयका विद्यार्थी र अभिभावकलाई निःशुल्क स्वास्थ्य जाँच सहित औषधी वितरण

    धरान/ धरानको युएन कलेज,नवोदय विद्या मन्दिर स्कुलका विद्यार्थी तथा विद्यार्थीहरुको अभिभावकहरुले एक दिवसीय निःशुल्क स्वास्थ्य शिविरमा स्वास्थ्य जाँच गरेर स्वास्थ्य लाभ लिएका छन् । शुक्रबार धरान १६ मा रहेको उक्त स्कुलको आयोजना र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्राविधिक सहयोगमा उक्त स्वास्थ्य शिविरको आयोजना गरिएको आयोजक कलेजका एचएम कोर्डिनेटर गगनमान श्रेष्ठले बताए । उनले दिएको जानकारी अनुसार उक्त स्वास्थ्य शिविरमा विद्यार्थी र अभिभावक गरि झण्डै डेढ सयभन्दा बढी विद्यार्थीका अभिभावक सहितले स्वास्थ्य चेक जाँच गरेको श्रेष्ठका बताए । उनले भने,“स्वास्थ्य शिविरमा स्वास्थ्य

    • प्रकाशित मितिः चैत ८, २०८१
    • १,४८८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा नगर अस्पताल बन्ने कि अलपत्र नै रहने?

    धरान/  धरान उपमहानगरपालिकाले धरान–१ मा रहेको पुरानो अस्पताललाई नगर अस्पताल बनाउने योजना अघि सारे पनि हालसम्म कुनै प्रगति हुन सकेको छैन। निर्माणाधीन भौतिक संरचनाहरु अलपत्र अवस्थामा छन् भने पुराना भवनहरू जीर्ण बन्दै गएका छन्। जसले गर्दा आधारभूत स्वास्थ्य सेवासमेत प्रभावित भएको छ। नेपाल सरकारको स्वास्थ्य मन्त्रालयबाट स्वीकृति लिएर नगर अस्पतालका लागि बजेट निकासा भएपछि निर्माण कार्य प्रारम्भ गरिएको थियो। तर विविध कारणले निर्माण कार्य अधुरै रह्यो। पछिल्लो समय संघीय सरकारले स्थानीय सरकारलाई निर्माणको जिम्मेवारी हस्तान्तरण गरे पनि धरान उपमहानगरपालिकाले यो परियोजनालाई पूर्णता दिन सके

    • प्रकाशित मितिः चैत ६, २०८१
    • ९११ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मोरङ आगलागी: चार वर्षीया बालिकाको मृत्यु, आठ घर जले

    विराटनगर/ मोरङको धनपालथान गाउँपालिका–७, कदमा मुस्लिम टोलमा भएको आगलागीमा निधन भएकी चार वर्षीया बालिकाको परिचय खुलेको छ। घटनामा अनित मियाकी छोरी रेश्मा खातुनको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ। साथै, अर्को एक बालकको पनि निधन भए पनि उनको परिचय खुल्न बाँकी छ। प्रारम्भिक अनुसन्धानअनुसार आगलागी विद्युत् सर्टका कारण भएको आशंका गरिएको छ। आगो दिउँसो १२:३० बजेदेखि सुरु भएको थियो। अत्यधिक घाम र हावाका कारण आगो नियन्त्रणमा समस्या हुँदा उक्त टोलका आठ घर जलेका छन्। आगो नियन्त्रणका लागि स्थानीय, प्रहरी तथा रंगेली नगरपालिका, कानेपोखरी गाउँपालिका, बेलबारी नगरपालिका, पथरी शनिश्चरे नगरपालिका र

    • प्रकाशित मितिः चैत ५, २०८१
    • ६०२ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मोरङको धनपालथानमा भीषण आगलागी, दुई बालबालिकाको मृत्यु

    विराटनगर/  मोरङको धनपालथान गाउँपालिकामा आगलागी हुँदा जलेर दुई बालबालिकाको मृत्यु भएको छ। मंगलबार (आज)दिउँसो धनपालथान–६, कदमा गाउँमा सुरु भएको आगलागीले अहिलेसम्म ८ घर जलेर नष्ट भइसकेको छ। स्थानीयलाई उद्धृत गर्दै प्रहरीले दिएको जानकारीअनुसार जलेर मृत्यु हुने बालबालिकाको परिचय खुल्न सकेको छैन। मोरङ प्रहरीका प्रवक्ता वेदप्रकाश जोशीका अनुसार चर्को घाम र हावाहुरीका कारण आगो नियन्त्रणमा समस्या भइरहेको छ। स्थानीय बासिन्दा, सुरक्षाकर्मी र दमकलको सहयोगमा आगो निभाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः चैत ५, २०८१
    • ६९६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मोरङमा एम्बुलेन्स दुर्घटना, चालकको मृत्यु

    विराटनगर/  मोरङको बूढीगंगा गाउँपालिका–३ मा शनिबार राति एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। कोशी राजमार्गअन्तर्गत महालक्ष्मी वायरअगाडि राति १०:४५ बजेतिर को १ च ४७७४ नम्बरको ‘मनमाया श्रेष्ठ स्मृति प्रतिष्ठान मोरङ’ लेखिएको एम्बुलेन्स दुर्घटनामा परेको हो। मोरङ ट्राफिक प्रमुख इन्स्पेक्टर राजन लम्सालका अनुसार दुर्घटनामा उदयपुरको पञ्चावती घर भई मोरङको बूढीगंगा–२ मा बस्दै आएका २४ वर्षीय चालक आशिष राईको मृत्यु भएको छ। दुर्घटनापछि घटनास्थल पुगेको इलाका प्रहरी कार्यालय नेमुवाको टोलीले गम्भीर घाइते राईलाई उद्धार गरी विराट शिक्षण अस्पताल पुर्याएको थियो। अस्प

    • प्रकाशित मितिः चैत ३, २०८१
    • ८५३ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • तेस्रो गोर्खा ट्रेल ब्लेजर सुरज  र पुष्पाले जिते  

    धरान/ धरानमा शनिबार  तेस्रो पटक धरानमा आयोजित गोर्खा ट्रेल ब्लेजर  १० किलोमिटर  खुल्ला दौड प्रतियोगिता सम्पन्न भएको छ । शनिवार बिहान गोर्खा सिमेष्ट्रिज ट्रस्ट नेपालको आयोजनामा  सम्पन्न भएको हो । उक्त प्रतियोगितामा पुरुष तर्फ तेह्रथुमका सुरज लिम्बु  र महिला तर्फ पाँचथरकी पुष्पा सेर्मा विजेता वन्न सफल भए । दौडको संयोजन धरान १८ वडा कार्यालय तथा धरान उपमहानगरपालिकाको सहयोगमा भएको हो । पुरुष उपाधि विजेता सुरज लिम्बुले ३४ मिनट ४५ सेकेन्डमा उक्त दुरी पुरा गर्न सफल भए भने विजेता पुष्पा सेर्माले ले ४५ मिनट ३४ सेकेन्डमा दौड पुरा गर्न सफल भइन्  । विजेतालाई पुरस्कार

    • प्रकाशित मितिः चैत २, २०८१
    • ६४३ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मोरङमा जंगलीको हात्तीको ज्याजदती हात्तीको आक्रमणबाट १६ जनाको मृत्यु

    मोरङ/ मोरङको लेटाङ नगरपालिका–९ जाँतेस्थित जङ्गली हात्तीको आक्रमणबाट गत फागुन २५ गते एक जनाको मृत्यु भयो । ४३ वर्षीय मनबहादुर इवाहाङ लिम्बूको घर नजिकै कोपिला सामुदायिक वनमा हात्तीले आक्रमण गर्दा घटनास्थलमै उनको निधन भएको मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए । बेलबारी–११ स्थित लक्ष्मी समुदायिक वन क्षेत्रमा दाउरा लिन गएकी स्थानीय लक्ष्मी बोगटी गत फागुन २४ गते जङ्गली हात्तीको आक्रमणबाट घाइते भइन् । भागेर ज्यान जोगाउन सफल भएकी बोगटीको हात भाँचिएको छ भने शरीरमा चोटपटक लागेको लक्ष्मी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष सुजय गौतमले बताए ।डिभिजन

    • प्रकाशित मितिः चैत २, २०८१
    • ७०६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved