मोरङ आगलागी: चार वर्षीया बालिकाको मृत्यु, आठ घर जले

  • चैत ५, २०८१
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/ मोरङको धनपालथान गाउँपालिका–७, कदमा मुस्लिम टोलमा भएको आगलागीमा निधन भएकी चार वर्षीया बालिकाको परिचय खुलेको छ। घटनामा अनित मियाकी छोरी रेश्मा खातुनको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ।

साथै, अर्को एक बालकको पनि निधन भए पनि उनको परिचय खुल्न बाँकी छ।

प्रारम्भिक अनुसन्धानअनुसार आगलागी विद्युत् सर्टका कारण भएको आशंका गरिएको छ।

आगो दिउँसो १२:३० बजेदेखि सुरु भएको थियो। अत्यधिक घाम र हावाका कारण आगो नियन्त्रणमा समस्या हुँदा उक्त टोलका आठ घर जलेका छन्।

आगो नियन्त्रणका लागि स्थानीय, प्रहरी तथा रंगेली नगरपालिका, कानेपोखरी गाउँपालिका, बेलबारी नगरपालिका, पथरी शनिश्चरे नगरपालिका र विराटनगर महानगरपालिकाका पाँच वटा दमकल परिचालित भएका थिए।

घटनास्थलमा मोरङका प्रमुख जिल्ला अधिकारीसहितको टोली पुगेको छ भने केही समयअघि नेपाली सेनाको टोलीले पनि आगो नियन्त्रणमा सहायता गरेको छ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved