धरानका मेयरलाई पत्रः मेयर साब   धरानलाई नगर अस्पताल चाहियो

  • चैत १२, २०८१
  • कोशीपत्र/संवाददाता
alt

वि.सं. १९९० को महाभूकम्पमा ठूलो धनजनको क्षति व्यहोरे पछि तात्कालीन धरानका समाजसेवीहरुको सामूहिक पहलमा विक्रम सम्बत् १९९२ सालमा धरानका महामना दाताहरुले निजी जग्गा दानगरी जनस्तरबाटै भवन खडागरी जनता कै पहलमा डाक्टर एवम् औषधीहरुको प्रबन्ध गरी सुरु भएको धरानको छाताचोक नजिकैको धरान अस्पताल ठूलो षडयन्त्रमा परेर धरानबाट हरण भएको घटनाले आम धरानबासीलाई मानसिक तथा भौतिक रुपमा ठूलो क्षति पुगेको छ ।
अस्पतालको हरणले दाताका परिवारहरुको उपहास मात्र गरेको छैन आम धरानेले सहज तथा सुलभ रुपमा लिन पाउने सरकारी उपचार सेवाको समेत अपहरण भएको छ ।
 
जनस्तरबाट प्रारम्भ भए पनि वि.सं. २००७ सालमा प्रजातन्त्र प्राप्ति पछि बनेको पहिलो सरकारले सोही अस्पताललाई सरकारी अस्पतालका रुपमा ग्रहण गरेर डाक्टर, नर्स, कर्मचारी तथा उपचारको खर्च समेत सरकारले व्यहोर्ने व्यवस्था गरेको थियो ।
 
अर्थात धरानमा वि.सं. २००७ सालदेखि नै सरकारी अस्पताल थियो र धरान तथा यसका आसपासको १६ जिल्लाका नागरिकहरुले उपचारको निशुल्क सेवा समेत प्राप्त गरिरहेका थिए । सरकारी अस्पतालको अपहरण पछि धरान नेपाल कै एउटा यस्तो उपमहानगरपालिका बन्यो जहाँ एउटै सरकारी अस्पताल छैन ।   
 
धरान अस्पताल अपहरणको कथा:
 
हाल धरान-१८ मा रहेको BPKIHS भएको स्थानमा बेलायत सरकारको Army Recruitment Office र British Military Hospital (BMH)  सञ्चालित थियो । बेलायत सरकारसंगको संझौता अवधि  सकिएपछि त्यही संरचना र स्थानमा नेपाल सरकार स्वास्थ्य विभागले पूर्वाञ्चल क्षेत्रिय अस्पतालु सञ्चालन गर्यो र धरान अस्पताललाई स्वास्थ्य विभागले छाताचोकबाट उठाएर सोही क्षेत्रिय अस्पतालमा लगेर गाभी दियो ।
 
वि.सं.२०४९ मा BPKIHS ऐन तयार भई सो प्रतिष्ठान सोही स्थानमा स्थापना हुने सरकारी निर्णय भएपछि त्यहाँ भएको सो क्षेत्रिय अस्पतालले भवन र जग्गा खालिगर्नु पर्ने भयो । त्यसपछि पूर्वाञ्चल क्षेत्रिय अस्पताललाई धरानबाट झिकेर बिराटनगर स्थित कोशी अञ्चल अस्पतालमा लगेर गाभियो ।
 
सुरुमा धरान अस्पताललाई पूर्वाञ्चल क्षेत्रिय अस्पतालमा गाभेर छाताचोकबाट घोपा सारियो - घोपाबाट क्षेत्रिय अस्पताल बिराटनगर बसाँई सारिँदा हाम्रो धरान अस्पताल पनि त्यसले बोकेरै गएपछि धरान अस्पतालको अस्तित्व बिराटनगर कोशी अञ्चल अस्पतालमा विलय गराइयो ।
 
यसरी षडयन्त्रपूर्ण ढंगले धरानलाई सरकारी अस्पताल बिहीन बनाइयो । त्यति मात्र होइन अस्पताल बनाउन भनेर दाताहरुले दिएको धरान अस्पतालको जमीन र दाताहरुबाट नै निर्माण भएका भवनहरु समेत सरकारी षडयन्त्रपूर्ण प्रपञ्चबाट BPKIHS का नाममा सुम्पिने अवैध काम गरिएको छ ।
 
आदरणीय नगर सरकार प्रमुखज्यू
हाल धरानमा रहेको विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सेवाहरु आम नागरिकका लागि एकदमै जटिल भैरहेको र साह्रै धेरै समय लाग्ने अवस्था हुन गएको तथा अस्पताल आफैं विभिन्न समस्याहरुमा जकडिएका कारण उपचार पद्धति समेत अपूर्ण हुने गरेको बारेमा यहाँ स्वयम् पनि पूर्ण जानकार हुनुहुन्छ ।
 
एक सिनेटरका नाताले यहाँले सुधारका निम्ति चाल्नुभएका कदमहरुबाट पनि BPKIHS मा कुनै सुधार हुन नसकेको यथार्थ सम्पूर्ण धरानबासीहरुमा छर्लङ्गै छ ।
 
 
BPKIHS आफैंमा एउटा विशाल प्रतिष्ठान त होला तर यो प्रतिष्ठान आफैं एकातिर रााजनीतिक हस्तक्षेप र खिचातानीको चपेटामा परेको छ भने अर्कातिर भ्रष्टाचार र कमिसनको जालोमा फसेर साँपे भएको छ ।
 
यस प्रतिष्ठानका कुनै पनि सेवाहरु आम नागरिकका लागि सुलभ र सहज भइरहेका छैनन् । अतः धरान नगरमा आफ्नै एउटा सरकारी अस्पताल अनिवार्य रुपमा चाहिने कुरामा हामी प्रष्ट भइसकेका छौं ।
 
हामी विनम्रतापुर्वक धरानबाट खोसिएको उक्त सरकारी अस्पताललाई धरान नगर अस्पतालका रुपमा पुनस्थापित गर्न यहाँको अहम् भूमिका हुने कुरा अनुरोध गर्न चाहन्छौं ।
 
उक्त अस्पताल पुनस्थापना तथा सञ्चालन गर्ने अभियानमा यहाँलाई सबैखाले साथ र सहयोग गर्न पनि सम्पूर्ण धरानबासीहरु तयार रहेका छन् । 
अतः तपाइको अगुवाइमा धरान नगर अस्पतालू स्थापना गर्ने पुनीत काम प्रारम्भ होस् भन्ने हाम्रो चाहना छ ।

धरानमा दीर्घरोगी लक् ...

धरान/अव्यवस्थित जीवनशैली र असन्तुलित खानपानका कारण समाज ...

शिक्षा–स्वास्थ्य ठप् ...

काठमाडौँ/ झन्डै एक महिनादेखि शिक्षक र चिकित्सक आन् ...

धरानमा नेपालकै पहिलो ...

धरान/ धरान बक्सिङको आयोजनामा नेपालमै पहिलोपटक राष्ट्रिय ...

दुबईमा नेपाल फेस्टिब ...

दुबई/  २० अप्रिल २०२५ आइतबारका दिन दुबईको क्र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved