झापामा १६३६ किलो गाँजासहित दुई ट्रक नियन्त्रणमा, दुई जना पक्राउ

  • चैत ९, २०८१
  • कोशीपत्र/संवाददाता
alt

झापा/  झापामा सशस्त्र प्रहरीले १६३६ किलो गाँजा र दुईवटा ट्रकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।

बुद्धशान्ति गाउँपालिका–४ स्थित मेची राजमार्गबाट शुक्रबार सशस्त्र प्रहरीले विशेष सूचनाको आधारमा को १ ख ५००१ र प्र १–०२–००२ ख ०५८४ नम्बरको मिनि ट्रक नियन्त्रणमा लिएको हो।

ट्रकमा गाँजा ओसारपसार भइरहेको सूचना पाएपछि नं. १ बराह बाहिनी मुख्यालय र नं. २ गण झापा मातहत सुरक्षा वेश टिमाइबाट खटिएको संयुक्त सुरक्षा फौजले चेकजाँच गर्दा ५७ वटा बोरामा राखिएको १६३६ किलो गाँजा फेला परेको प्रहरीले जनाएको छ।

गाँजासहित धनकुटा जिल्लाको शहीदभूमि नगरपालिका–४ बस्ने महेश राई र इलामको माइजोगाई गाउँपालिका–२ का ३७ वर्षीय गंगाबहादुर बस्नेत पक्राउ परेका छन्।

साथै उनीहरूको साथबाट नेपाली ८७ हजार ८८० रुपैयाँ र ५ थान मोबाइल सेट समेत बरामद भएको प्रहरीले जनाएको छ।

पक्राउ परेकाहरूलाई आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरीले जनाएको छ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved