मोरङमा एम्बुलेन्स दुर्घटना, चालकको मृत्यु

  • चैत ३, २०८१
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/  मोरङको बूढीगंगा गाउँपालिका–३ मा शनिबार राति एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

कोशी राजमार्गअन्तर्गत महालक्ष्मी वायरअगाडि राति १०:४५ बजेतिर को १ च ४७७४ नम्बरको ‘मनमाया श्रेष्ठ स्मृति प्रतिष्ठान मोरङ’ लेखिएको एम्बुलेन्स दुर्घटनामा परेको हो।

मोरङ ट्राफिक प्रमुख इन्स्पेक्टर राजन लम्सालका अनुसार दुर्घटनामा उदयपुरको पञ्चावती घर भई मोरङको बूढीगंगा–२ मा बस्दै आएका २४ वर्षीय चालक आशिष राईको मृत्यु भएको छ।

दुर्घटनापछि घटनास्थल पुगेको इलाका प्रहरी कार्यालय नेमुवाको टोलीले गम्भीर घाइते राईलाई उद्धार गरी विराट शिक्षण अस्पताल पुर्याएको थियो। अस्पतालमा उपचारका लागि पुर्याएलगत्तै राति ११:०५ बजे चिकित्सकले उनलाई मृत घोषित गरेका थिए।

इन्स्पेक्टर लम्सालका अनुसार दक्षिणबाट उत्तरतर्फ तीव्र गतिमा जाँदै गरेको एम्बुलेन्स अनियन्त्रित भई ‘डीभाइडर’मा ठोक्किएर दुर्घटनामा परेको हुनसक्ने अनुमान गरिएको छ।

दुर्घटनामा परेर क्षतिग्रस्त भएको एम्बुलेन्स इलाका प्रहरी कार्यालय नेमुवाको नियन्त्रणमा रहेको छ।

दुर्घटनाको कारण तीव्र गति हुनसक्ने भन्दै प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved