श्रीलङ्का टापुमा कटान रोक्न सहकार्य सहित जुट्दै स्थानिय सरकार

  • साउन ७, २०८३
  • कोशीपत्र/संवाददाता
alt

बराहक्षेत्र/ सप्तकोशी नदीको नदी उकास क्षेत्रमा रहेको श्रीलङ्का टापुमा कटान तीव्र बन्दै गएपछि कटान नियन्त्रणको काम सुरु गरिएको छ ।

स्थानियबासिहरुको सहभागितामा नेपाल प्रहरी , सशस्त्र प्रहरी , नगर प्रहरीको टोली सहित सुनसरीको बराहक्षेत्र नगरपालिका र उदयपुरको बेलका नगरपालिका सहकार्य सहित कटान नियन्त्रणकालागि सक्रिय भएका छन् ।

स्थानीयको सहभागितामा सुनसरीको वराहक्षेत्र नगरपालिका स्थित गरैया टापु क्षेत्रमा कटान तिब्र हुन हुन थाले पछि बराहक्षेत्र नगरपालिका प्रमुख रमेश कार्की र उदयपुरको बेलका नगरपालिका प्रमुख अशोक कार्की बस्ती र खेतीयोग्य जमिन जोगाउन सुरक्षा निकाय तथा स्थानियबासिहरु संयुक्त रूपमा कटान नियन्त्रणको काममा मङलवार बिहानबाट लागि परेका छन् ।

एक सातादेखि चिलैया, गरैया क्षेत्रमा नदीले तीव्र कटान गर्न थालेपछि स्थानीय त्रसित हुँदै स्थानिय सरकारका प्रमुखहरुलाई खवर गरेका थिए ।

नदीले जमिन कटान गर्न थालेपछि स्थानीयहरु श्रमदान, स्थानिय सरकारको साधन, स्रोत ब्यवस्थान तथा सहभागिता र सुरक्षा निकायहरु समन्वयमा कटाम नियन्त्रणकालागि बाट बाँस, झिक्रासहितका रुखका हाँगा तथा माटो भरिएका बोरा प्रयोग गरी जैविक तटबन्धन निर्माण गरेर नदीको बहाब मोड्ने प्रयास जारि रहेको बराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीले बताए ।

सोमवार साझ स्थानियबासिहरुसंग छलफल र स्थलगत निरिक्षण पश्चात मङ्गलबार बिहानहाट वराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्की, उदयपुरको बेलका नगरपालिकाका प्रमुख अशोक कार्की, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगरप्रहरी तथा स्थानीयको संयुक्त टोलीले कटानग्रस्त क्षेत्रको स्थलगत अनुगमन गरी कटान नियन्त्रणको काम सुरु गरेको थियो ।

वराहक्षेत्र नगरपालिका र बेलका नगरपालिकाले माटो, बोरालगायत आवश्यक सामग्री उपलब्ध गराएको छ भने स्थानीयबासि र सुरक्षाकर्मीहरु श्रमदानमार्फत कटान नियन्त्रणमा जुटेका छन् ।

नदीको बहाब नियन्त्रण गरी थप क्षति हुन नदिन सम्बन्धित निकायसँग समन्वय भइरहेको वराहक्षेत्र नगरपालिकाका प्रमुख कार्कीले बताए ।

नगर प्रमुख रमेश कार्कीका अनुसार कटानको दीर्घकालीन समाधानका लागि कोशी परियोजना, कोशी बक्राह कटान नियन्त्रण , जिल्ला प्रशासन कार्यालय र भारतीय पक्षसँग समन्वय भइरहेको छ ।

गत हिउँदमा निर्माण गरिएका १८ वटा ढुङ्गा भरिएका तारजालीयुक्त स्परमध्ये केही नदीको कटानमा परेर डुब्न थालेपछि स्थानीयवासीसँग मिलेर तत्काल संरक्षणको काम सुरु गरिएको छ ।

 सप्तकोशी नदीले करिब पाँच दशकअघि धार परिवर्तन गरेपछि बनेको श्रीलङ्का टापु सुनसरीको वराहक्षेत्र नगरपालिका ६ र ९ तथा उदयपुरको बेलका नगरपालिका २ र ३ मा फैलिएको छ ।

करिब तीन हजार जनसङ्ख्या रहेको टापुका अधिकांश परिवार कृषि र पशुपालनमा निर्भर छन् ।

धरानका दुई परिवार सव ...

इलाम / धरानका दुई परिवारसहित सवार बोलेरो इलाममा दुर्घटन ...

नाराबाजी गर्ने ५ जना ...

काठमाडौं/ त्रिभुवन विश्वविद्यालय ९त्रिवि० का सहकुल ...

घरेलु विवादको भयावह ...

झापा/ झापाको दमकमा श्रीमान्–श्रीमतीबीच भएको ...

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved