युएन-नवोदयका विद्यार्थी र अभिभावकलाई निःशुल्क स्वास्थ्य जाँच सहित औषधी वितरण

  • चैत ८, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरानको युएन कलेज,नवोदय विद्या मन्दिर स्कुलका विद्यार्थी तथा विद्यार्थीहरुको अभिभावकहरुले एक दिवसीय निःशुल्क स्वास्थ्य शिविरमा स्वास्थ्य जाँच गरेर स्वास्थ्य लाभ लिएका छन् ।

शुक्रबार धरान १६ मा रहेको उक्त स्कुलको आयोजना र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्राविधिक सहयोगमा उक्त स्वास्थ्य शिविरको आयोजना गरिएको आयोजक कलेजका एचएम कोर्डिनेटर गगनमान श्रेष्ठले बताए ।

उनले दिएको जानकारी अनुसार उक्त स्वास्थ्य शिविरमा विद्यार्थी र अभिभावक गरि झण्डै डेढ सयभन्दा बढी विद्यार्थीका अभिभावक सहितले स्वास्थ्य चेक जाँच गरेको श्रेष्ठका बताए ।

उनले भने,“स्वास्थ्य शिविरमा स्वास्थ्य शिविरमा निशुल्क औषधी समेत वितरण गरियो,सुगर,प्रेसर,कोलेस्ट्रोलको निशुल्क जाँच गरेर सोही अनुसारको निशुल्क औषधी प्रदान गरिएको हो।”

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्र्तगत रहेको फिजिसियन फर सोसियल रेस्पोन्सिविलिटी नेपाल चिकित्सकहरुको प्राविधिक सहयोग रहेको थियो ।

कलेज प्रमुख डम्बर तुम्बापोले विद्यार्थी र अभिभावकको स्वास्थ्य प्रति शिक्षण संस्था सचेत भई निशुल्क स्वास्थ्य शिविर आयोजना गरेको बताए । आगामी दिन समेत स्वास्थ्य सचेतना सहित यस्ता शिविरको आयोजना निरन्तर रुपमा गर्दै जाने योजना रहेको प्रमुख तुम्बापोले बताएका छन ।

युएन कलेज,नवोदय विद्या मन्दिर कोशी प्रदेशकै उत्कृष्ट कलेजको रुपमा परिचित रहेको छ भने शिक्षण अलवा यस कलेज र स्कुलले विद्यार्थी र अभिभावकको लागि सामाजिक उत्तरदायित्व अन्र्तगतको विभिन्न कार्यक्रमहरु शैक्षिक क्यालेण्डरमा राखेर गर्ने गरेको छ ।

उक्त कलेज र स्कुलमा पढ्न र पढाउन विद्यार्थी र अभिभावकले रोज्ने गरेका छन् ।

तस्बिरहरु:

nu naun na nn uu 1 un u 1 nav navo

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved