झापा गाउँपालिका–७ मदरगाछमा मादक पदार्थ सेवन गरी महिलामाथि जबर्जस्ती करणी गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन्। पक्राउ पर्नेमा झापा गाउँपालिका–७ मदरगाछ टोलका ३५ वर्षीय सन्त गणेश रहेका छन्। प्रहरीका अनुसार गणेशले भदौ २० गते राति करिब ९ बजे खाना खाएर घरबाहिर ट्युवेलमा भाँडा माझिरहेकी ३८ वर्षीया महिलालाई जबर्जस्ती करणी गरेको आरोप छ। घटनापछि पीडितले भदौ २५ गते साँझ जिल्ला प्रहरी कार्यालय झापामा लिखित जाहेरी दिएकी थिइन्। जाहेरी परेलगत्तै प्रहरी चौकी शरणामतिबाट टोली घटनास्थलतर्फ खटिएको थियो। प्रहरी टोलीले आरोपित गणेशलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय झापा ल्याउने तयारी गरिरह
बराहक्षेत्र/ नेपाली कांग्रेस सुनसरी क्षेत्र नं १ कार्यसमितिले भोटेकोशी नदीको बाढीपीडितको उद्धार, राहत तथा पुनर्स्थापनाकालागि ५ लाख रकम सहयोग गरेको छ । नेपाली कांग्रेस सुनसरी क्षेत्र नं. १ ले नेपाली कांग्रेस विपद व्यवस्थापन कोष मार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरि भोटेकोशी बाढी पिडितहरुको राहत तथा उद्धारका लागि ५ लाख सहयोग गरेको हो । क्षेत्रिय कार्यसमितिले बिहिवार राहत रकम हस्तान्तरण तथा दाता सम्मान कार्यक्रम आयोजना गरेर नेपाली कांग्रेस विपद व्यवस्थापन कोष मार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी केन्द्रीय कार्य सम्पादन समिति सदस्य राजीव कोइरा
धरान/ सुनसरीको धरान उपमहानगरपालिका–५ देउरालीबाट प्रहरीले ठूलो परिमाणमा विभिन्न प्रकारका औषधि र नगदसहित एक युवकलाई नियन्त्रणमा लिएको छ। लागूऔषध कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा अस्थायी प्रहरी चौकी देउरालीबाट खटिएको प्रहरी टोलीले बुधबार साँझ स्थानीय २६ वर्षीय आकाश राईको घरकोठामा खानतलासी गरेको थियो। खानतलासीका क्रममा राईको कोठाबाट ट्रामानिल ४६ क्याप्सुल, डिसिकोल्ड ४४ ट्याब्लेट, केट्रोलाक ३८ ट्याब्लेट र नगद १० हजार ५ सय रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ। बरामद सामग्री र नगदसहित राईलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धरानमा ल्याइएको छ। प्रहरीले
धरान/ सुनसरीको इटहरी उपमहानगरपालिका–५ की ८ वर्षीया बालिका आस्वाना चौहानलाई बुधबार साँझ गोमन सर्पले डस्यो । विषालु सर्पले डसेपछि उपचारका लागि उनलाई एकपछि अर्को अस्पताल पुर्याइयो । तर, आवश्यक सर्पदंश उपचार र पीआईसीयू सेवा तत्काल उपलब्ध हुन नसक्दा उनको ज्यान गएको छ । परिवारका अनुसार घरभित्र खेलिरहेका बेला बुधबार साँझ गोमन सर्पले आस्वानाको बायाँ हातमा टोकेको थियो । सर्पले टोकेको कुरा उनले तत्काल अभिभावकलाई बताएकी थिइनन् । स्वास्थ्य अवस्था बिग्रिएपछि मात्रै परिवारले घटनाका बारेमा थाहा पाएको थियो । परिवारले हेर्दा सर्पले टोकेको हातबाट रगत बगिरहेको थियो । तत्काल उनलाई इटहरीमा नेपाली सेनाले स
धरान/ लागूऔषध मुद्दामा अदालतबाट एक वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना तोकिएपछि फरार रहेका एक युवकलाई प्रहरीले धरानबाट पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले बुधबार बिहान १०ः४० बजे धरान उपमहानगरपालिका–१३ स्थित उनको घरकोठाबाट २५ वर्षीय रुस्तम राईलाई ब्राउन सुगर १.७० ग्राम पदार्थसहित पक्राउ गरेको हो। राईविरुद्ध जिल्ला अदालत काठमाडौंले २०८२ पुस २३ गते लागूऔषध मुद्दामा एक वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो। अदालतको फैसला कार्यान्वयनका क्रममा उनी फरार रहँदै आएका थिए। पक्राउ परेका राईलाई बरामद पदार्थसहित इलाका प्रहरी कार्यालय धरानमा ल्या
धनकुटा/ धनकुटाको साँगुरीगढी गाउँपालिका–७ फेदीबाट प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ । कोशी लोकमार्गमा चेकजाँचका क्रममा ट्रकभित्र लुकाएर राखिएको अवस्थामा प्रहरीले १ हजार २४० किलो ६ सय ग्राम गाँजा बरामद गरेको हो । मंगलबार राति करिब ११ बजे मुलघाटबाट खटिएको नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले धनकुटाबाट भेडेटारतर्फ जाँदै गरेको ना ४ ख ५२७ नम्बरको ट्रकलाई फेदीमा चेकजाँचका लागि रोक्न खोजेको थियो । प्रहरीले ट्रक रोक्न संकेत गरेपछि चालक ट्रकबाट हाम फालेर फरार भएको जनाएको छ । चालक फरार भएपछि ट्रक शंकास्पद लागेर प्रहरीले चेकजाँच गर्दा ट्रकभित्र लुकाएर राखिएको अवस्थामा ठू
झापा/ राष्ट्रिय विपद्बाट प्रभावित नागरिक तथा परिवारको राहतका लागि निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन)झापाले ६० लाख रुपैयाँ सहयोग गर्ने भएको छ। प्याब्सन नेपालको आह्वानमा राष्ट्रिय विपद्बाट प्रभावित परिवार तथा समुदायलाई सहयोग गर्ने अभियानअन्तर्गत प्याब्सन झापाले उक्त रकम संकलन गरेको हो। संकलित रकम प्याब्सन नेपालमार्फत राहतका लागि उपलब्ध गराउने तयारी गरिएको छ। प्याब्सन झापाका अध्यक्ष छत्रबहादुर कार्कीका अनुसार विपद्बाट प्रभावित नागरिकलाई सहयोग पुर्याउने उद्देश्यले जिल्लाका शिक्षक, विद्यार्थी, अभिभावक र सदस्य विद्यालयको सहभागितामा रकम संकलन गरिएको हो। राहत रकम प्याब्सन झा
धरान/ धरानमा मोटरसाइकलले सिटी सफारीलाई पछाडिबाट ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा माेटरसाइकल चालक इटहरी–५ का ५५ वर्षीय राजेन्द्रप्रसाद घिमिरे रहेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी भीषणबाबु राईले जानकारी दिए। मंगलबार दिउँसो करिब ३ बजे धरान उपमहानगरपालिका–८ स्थित कोशी लोकमार्गको गुराँस चोकमा दुर्घटना भएको हो। पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को८प ३३३३ नम्बरको १२५ सीसीको होण्डा मोटरसाइकलले आफ्नै साइडमा रोकिराखेको प्रदेश १–०२–००४ ह ३५०४ नम्बरको सिटी सफारीलाई पछाडिबाट ठक्कर दिएको प्रहरीले जनाएको छ। दुर्घटनामा घिमिरेको अनुहारमा चोट लाग्नुका सा
सुनसरी/ सुनसरीमा प्रहरीले लागूऔषधविरुद्धको कारबाही तीव्र बनाएको छ। जिल्लाका विभिन्न स्थानमा प्रहरीले गरेको छुट्टाछुट्टै कारबाहीमा ब्राउन सुगर २६ ग्रामभन्दा बढी र गाँजा ५ किलो ९०० ग्रामभन्दा बढी बरामद भएको छ। घटनामा ७ जना पक्राउ परेका छन्। इटहरीमा ब्राउन सुगर र गाँजासहित चौधरी पक्राउ भदौ २२ गते दिउँसो इटहरी उपमहानगरपालिका–७ बज्राहा मुसरीटोलमा लागूऔषध बिक्री वितरण भइरहेको सूचनाका आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको पीआईटी, इलाका प्रहरी कार्यालय इटहरी र अस्थायी प्रहरी चौकी पुष्पलाल चोकबाट खटिएको संयुक्त टोलीले ४६ वर्षीय दिनेश चौधरीलाई पक्राउ गरेको हो। शंका लागेर खानतलासी
धरान/ सामाजिक तथा मानवीय सेवाका क्षेत्रमा सक्रिय रहँदै आएको सुधार नेपाल, धरानले एकै दिन आयोजना गरेको वृहत् रक्तदान कार्यक्रमबाट ३५० पिन्ट रगत संकलन गरेको छ। धरानको भानुचोकमा शुक्रबार आयोजना गरिएको उक्त रक्तदान कार्यक्रममा बिहानैदेखि रक्तदाताहरूको उत्साहजनक सहभागिता रहेको थियो। मानवीय सेवामा योगदान पुर्याउने तथा रगतको अभावका कारण उपचारमा समस्या भोगिरहेका बिरामीहरूलाई सहयोग पुर्याउने उद्देश्यका साथ सुधार नेपालले वृहत् रक्तदान कार्यक्रम आयोजना गरेको जनाएको छ। कार्यक्रममा विभिन्न उमेर समूहका व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। धरानको मुख्य बजार क्षेत्र भानुचोकमा आयोजना गरिएको