धरान ।उदयपुरको बेलका नगरपालिका ९ का १५ महिने आरोह खड्काको शनिबार डाक्टरको लापरबाहीले मृत्यु भएको आफन्तले बताएका छन् । झाडापखालाको समस्या देखिएपछि उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएका बालकको मृत्यु डाक्टरको लापरबाहीका कारण भएको भन्दै परिवारले गम्भीर आपत्ति जनाएका छन्। मृतकका पिता मोहन खड्काका अनुसार झाडापखालाको समस्या जारी रहेको जानकारी गराउँदा पनि इमर्जेन्सीमा खटिएका चिकित्सकले बालकको स्वास्थ्य गम्भीर नरहेको भन्दै उपचारमा हेलचेक्र्याइँ गरेका थिए। चिकित्सकले “बच्चा हाँसिरहेको छ, केही हुँदैन” भन्दै २,४ दिनपछि मात्र ल्याउन सुझाएका थिए। जबर्जस्ती
नयाँ पात्रोबाट साभार गरि संपादित । आज विश्व ध्यान दिवस नेपाल सहित विश्वभरी नै मनाईदैछ । ध्यानमार्फत् केही व्यक्तिहरूले आफ्नो आत्मालाई अनुभव गर्छन्। अन्यले ज्ञानमार्ग, योगमार्ग वा कर्ममार्गद्वारा आत्मालाई प्राप्त गर्छन्।यस श्लोकले ध्यान र आन्तरिक शान्तिको मार्गको महत्वलाई स्पष्ट पार्छ। ध्यान आत्मचिन्तनको शक्तिशाली माध्यम हो। २१ डिसेम्बर सन् २०२४ मा विश्वभर नै प्रथम ध्यान दिवस मनाइँदै छ। यस वर्ष २०२४को डिसेम्बर ७ मा संयुक्त राष्ट्रसंघको सभाले २१ डिसेम्बरलाई विश्व ध्यान दिवस मनाउने निर्णय गरेको हो। सो अवसरमा २० डिसेम्बरका दिन भारतीय अध्यात्म गुरु रवि शंकरले अमेरिकाको न्युयोर्कस्
चतरा । बराहक्षेत्र बराहक्षेत्रको नगरमा आयतित माछालाई कडाई गरिने भएको छ । भारत लगायत छिमेकी देशहरूबाट आयात गरी ल्याएका मरेका अस्वस्थकर माछा बिक्री गर्न नपाउने भएको जनाइएको छ । बराहक्षेत्र नगरपालिकाका मेयर रमेश कार्कीले त्यस्ता माछालाई पूर्ण रूपमा रोक लगाएको बताए ।उनले भने,“बजारमा उपभोक्ताहरूको अधिकार र स्वास्थ्यमा असर पार्ने किसिमका माछा, परीक्षण नगरी ल्याएका अस्वस्थकर माछा, छिमेकी मुलुकबाट अवैध रूपमा ल्याएका माछाहरू बिक्री वितरण गरेको जनगुनासो आएसँगै कार्यपालिकाको निर्णयबाट त्यस्ता किसिमका माछाहरूलाई बिक्री गर्न पूर्ण रूपमा निषेध गरिएको हो।” नगरपालिकाले सुचना नै प्रकाशन गर
ताप्लेजुङ/ ताप्लेजुङको सिरिजंघा गाउँपालिका–५ स्थित काबेली खोलामा नुहाउने क्रममा बेपत्ता भएका राजेन्द्र बुढाथोकिको शव फेला परेको छ । काबेली खोलामा नुहाउने क्रममा ६ दिनदेखि बेपत्ता बुढाथोकिको शव सशस्त्र प्रहरीको गोताखोरले घटनास्थलभन्दा करिब ५० मिटर पर ७० फिटको गहिराईबाट निकालेको सशस्त्र प्रहरीका डिएसपी एवम् सहप्रवक्ता शैलेन्द्र थापा जानकारी दिए । सोही गाउँपालिकाको पेदाङ बस्ने ४५ वर्षीय बुढााथोकी यही मङ्सिर १९ गते नुहाउने क्रममा बेपत्ता भएका थिए । उनको शव खोलाको दहमा बालुवाले पुरिएको अवस्थामा मङ्गलबार फेला पारेको हो । घटनाबारे जानकारी पाएपछि सशस्त्र प्रहरी बल नेपाल नं १ बराह बाहिनी
धरान/ सुनसरीको भोक्राहानरसिँह गाउँपालिका–८ सोनियाहीस्थित सीमा इलाकाबाट सशस्त्र प्रहरीले करिब ६४ किलोग्राम गाँजा सशस्त्र प्रहरीले बरामद गरेको छ । नेपालबाट भारततर्फ लैजाँदै गरेको उल्लेखित परिमाणको गाँजा सशस्त्र प्रहरी बल नेपाल नं. ४ गण सुनसरि मातहत बोर्डर आउट पोस्ट उल्टीले सोमबार बरामद गरेको हो ।गाँजा ल्याउने व्यक्तिहरु भने सशस्त्र प्रहरीलाई टाढैबाट देख्नासाथै गाँजा सोही ठाउँमा छाडी फरार भएको प्रहरीले जनाएको छ । यस अघि सोही गण मातहत बिओपी साहेबगंजले बर्जु गाउँपालिका–६ स्थित चिम्डी बजारबाट करिब ३५ किलोग्राम गाँजासहितको अटो नियन्त्रणमा लिएको थियो । यसैगरी मंसिर २२ गते सोही जिल्
धरान/ मोरङको २ छुट्टा छुट्टै स्थानमा भएको सवारी दुर्घटनाबाट २ जनाको मृत्यु भएको छ । मंसिर २३ गते राती ८ बजे मोरङको सुन्दरहरैचा नगरपालिका-९ सलकपुर स्थितमा ना.७ ख ३२२३ नम्बरको टिफरले बिपरीत दिशाबाट आउदै गरेको प्र. १-०२-०५४प३५५८ नम्बरको स्कुटरलाई ठक्कर दिई दुर्घटना हुँदा घाईते भएका स्कुटर चालक पथरी शनिश्चरे नगरपालिका-३ हसनदह का ४४ बर्षीय यम बहादुर रायमाझीको उपचारको क्रममा नोबेल अस्पताल बिराटनगरमा मृत्यु भएको थियो । यसैगरी मोरङ विराटनगर महानगरपालिका-७ हाटखोला स्थितमा को.१ ख ३४८० नम्बरको ट्रकले पैदलयात्री मोरङ कानेपोखरी गाउँपालिका-२ का २६ बर्षीय मान बहादुर लिम्बुलाई ठक्कर दिई दुर्घटना हुँदा
इटहरी/ पूर्व पश्चिम राजमार्गको काँकडभिट्टादेखि सुनसरीको पकलीसम्मको सडक विस्तार शुरु भएसँगै दैनिक सवारी दुर्घटनामा अस्वभाविक बृद्धि भएको छ । ग्लोबल टेन्डर प्रक्रिया अनुसार युरो एसियन कस्ट्रक्सन कपोर््रेशन, कालिका कस्ट्रक्सन प्रालिको ज्वाइन्ट भेन्जरमा ४५ किमी, चाइना रेल्वे फस्ट ग्रुप कम्पनी लिमिटेड, तुङदी कस्ट्रक्सन प्रालिको जो्इन्ट भेन्चरमा ४० किमी र चाइना ओभरसिज इन्जिनियरिङ्ग ग्रुप कम्पनी लिमिटेड र चाइना रेल्वे नं. २ इन्जिनियरिङ्ग ग्रुप कम्पनी लिमिटेड, तुङदी कस्ट्रक्सन प्रालिको ज्वाइन्ट भेन्जरमा १० किमी सडक विस्तार र स्तरोन्नति भइरहेको छ । सडक विस्तार र स्तरोन्नतिसँगै सडकको दुवैतर्फ खन्
धरान । सुनसरीको धरानमा जीबन विज्ञानको निशुल्क ५ दिवसीय उर्जा ध्यान शिविर शनिबार विहानदेखि शुरु भएको छ । सिर्जनशील नेपाल (महिला समुह धरान ६ पानबारीको आयोजनामा उक्त ध्यान शिविर सुरु गरिएको हो । ६ नम्बर वडावासीको स्वास्थ्य जीवनको लागि एक घर एक योग भन्ने नारा सहित शनिबारदेखि वडा कार्यालय भवनमा शुरु गर्रिएको आयोजक सिर्जनशील महिला समुहको अध्यक्ष कोपिला भट्टराईले बताइन् । उनका अनुसार आजदेखि शुरु गरिएको शिविर ५ दिन सम्म सन्चालन हुने भएको छ । ध्यानबाट स्वास्थ्य जीवन कसरी जीउने भन्ने शिक्षा प्राप्त गरि विभिन्न योगाशानको विधिहरु योग विज्ञहरुबाट सिक्ने छन् । उर्जा ध्यान शिविरमा प्रशिक्षकहर
मोरङ/ मोरङ उद्योग व्यापार संघले नेपालको उद्योग÷व्यवसाय क्षेत्रमा लागू रहेका अत्याधिक बीमा शुल्क दर तथा विभिन्न अन्यायिक नीतिहरुको सुधारका लागि नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश र जिल्ला प्रशासन कार्यालय, मोरङ समक्ष ज्ञापन पत्र बुझाएको छ। मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठीको नेतृत्वमा विहीबार गएको संघको टोलीले नेपाल बीमा प्राधिकरण, कोशी प्रदेशका प्रमुख विनोद कुमार पोखरेल र मोरङका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईलाई नेपालको अत्याधिक बीमा शुल्क दर तथा बीमाका अन्यायिक नीतिहरु बारे अवगत गराई त्यसलाई तत्कालै सुधार गर्ने सुझावहरु सहितको ज्ञापन पत्र बुझाएको हो । ज्ञाप
वराहक्षेत्र/ सुनसरीको वराहक्षेत्र नगरपालिकाले सेवा निवृत्त (अवकाश) हुनु भएका ३२ जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई नगद ३० हजुारद्वारा सम्मान सहित बिदाइ गरेको छ । बिहिवार राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस २०८१ को अवसरमा नगरपालिकाले सामुदायिक स्वास्थ्य सेवामा महिला स्वास्थ्य स्वयंसेविकाको रूपमा सेवा पुर्याएका दुर्गादेवी बुढाथोकी, इन्दिरा सापकोटा, खड्गमाया मगर , तारा भुजेल , गीता कट्टेल , लग्नी चौधरी , भालुन चौधरी , गीता चौधरी , उर्मीला पौडेल , राधिका अधिकारी , लक्ष्मी ढुंगेल , रत्न माया माझी त्यस्तै जमुना थापा , नन्दकुमारी सुनुवार , कृष्ण कुमारी भण्