स्वास्थ्य

    Showing ६९१-७०० of २,६११ items.
  • ताप्लेजुङ र पाँचथरमा लागूऔषधसहित ६ जना पक्राउ

    ताप्लेजुङ/ ताप्लेजुङ र पाँचथर जिल्लाबाट प्रहरीले लागूऔषध ब्राउन सुगरसहित ६ जनालाई पक्राउ गरेको छ। ताप्लेजुङको फुङलिङ नगरपालिका–४ स्थित लागूऔषध बिक्री वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा फुङलिङ नगरपालिका–११ का २१ वर्षीय रोमन विश्वकर्मा, सिन्धुली दुधौली–१० का २७ वर्षीय देवबहादुर विक, फक्तालुङ गाउँपालिका–३ का ३२ वर्षीय मन्दिप लिम्बू र भारतीय नागरिक मनोज साहलाई ३३३ मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो। यस्तै, पाँचथरको फिदिम नगरपालिका–४ मा पनि प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्र

    • प्रकाशित मितिः जेठ २९, २०८२
    • ९०१ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • अत्यधिक गर्मीसँगै रगतको चरम अभाव

    धरान/ गर्मीको चर्को प्रभावसँगै कोशी प्रदेशमा रगत अभाव हुन थालेको छ । प्रदेशभरका अस्पतालहरूमा दैनिक जसो सुत्केरी, डायलिसिस र क्यान्सर बिरामी तथा दुर्घटनाका घाइतेलाई रगतको आवश्यक पर्छ । तर, रगतको आपूर्ति ठप्पजस्तै हुँदा उपचार सेवा नै प्रभावित हुन पुगेको हो ।प्रदेशका प्रमुख रक्तसञ्चार केन्द्रहरूबाट प्राप्त विवरणले देखाएअनुसार पनि कोशीमा रगतको चरम सङ्कट देखिएको छ । जसका कारण तत्काल रगतको आवश्यकता पर्ने बिरामी मर्कामा परेका छन् । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मात्रै दैनिक ७० देखि ८० पिन्ट रगत आवश्यक पर्छ । तर, पछिल्लो समय त्यो परिमाणमा रगत उपलब्ध हुन सकेको छैन । रक्त

    • प्रकाशित मितिः जेठ २९, २०८२
    • ५५० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मोरङमा २२ वर्षीय युवक मृत फेला

    विराटनगर/ मोरङको रतुवामाई नगरपालिका–७ मा एक युवक मृत अवस्थामा फेला परेका छन्। झापा हल्दिबारी गाउँपालिका–२ पाराखोपीका २२ वर्षीय सुदीप यादवको शव बिहीबार बिहान स्थानीय मनोज कर्मकारको घर छेउमा रहेको बाँसको चौतारामा फेला परेको हो। इलाका प्रहरी कार्यालय सिजुवाका अनुसार यादव रतुवामाई–९ निवासी राम भट्टराईको ट्याक्टरमा काम गर्दै आएका थिए। भट्टराईकै ट्याक्टरमा कार्यरत यादव आफ्ना सहकर्मी मनोज कर्मकारका पिताको निधन भएपछि शोक प्रकट गर्न कर्मकारको घर पुगेका थिए। शव भेटिएको स्थानमा कुनै संघर्ष वा आक्रमणको संकेत नभेटिएको प्रहरीको प्रारम्भिक भनाइ छ। यादवको मुखबाट फिँज निस्किएको अवस्था

    • प्रकाशित मितिः जेठ २८, २०८२
    • १,०७६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानका किशोरसँग फिरौती माग गर्ने तीन पक्राउ, तीन जनाको सकुशल उद्धार

    सुनसरी/ धरानका एक किशोरलाई भारतीय सीमावर्ती क्षेत्रमा पुर्‍याई मोबाइल लुटेर उनका अभिभावकसँग फिरौती रकम माग गरिएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले विराटनगरबाट तीन जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय धरानले दिएको जानकारीअनुसार घटनामा भारतीय नागरिकको समेत संलग्नता देखिएको छ। पक्राउ परेका व्यक्तिहरूमा विराटनगर महानगरपालिका–१६ निवासी १९ वर्षीय प्रलवकुमार विक, १७ वर्षीय दीपक अधिकारी र २३ वर्षीय मुकेश सरदार छन्। उनीहरूविरुद्ध इलाका प्रहरी कार्यालय रानी, मोरङमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार सुनसरीको धरान उपमहानगरपालिका–१७ फोकल्याण्ड टापु निवा

    • प्रकाशित मितिः जेठ २८, २०८२
    • ४,१७९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • झापामा छुट्टाछुट्टै स्थानमा तीन पुरुष मृत फेला

    बिर्तामोड/  झापामा छुट्टाछुट्टै स्थानमा तीन पुरुष मृत अवस्थामा फेला परेका छन्। बिर्तामोड र अर्जुनधारा नगरपालिकाका विभिन्न स्थानमा ती पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ। मंगलबार बिर्तामोड नगरपालिका–२, फुलवारी टोलस्थित पासाङ शेर्पाको मकैबारीमा बिर्तामोड–२ आदर्श टोलका अन्दाजी ३६ वर्षीय राम टुडु मृत अवस्थामा फेला परेका थिए। घोप्टो अवस्थामा भेटिएका टुडुको शवमा कुनै बाह्य चोटपटक नदेखिएको र मृत्युको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ। यसैगरी, बुधबार बिहान अर्जुनधारा नगरपालिका–४, मदनपुरस्थित जलाधर भित्री कच्ची सडकमा अन्दाजी ४५–५० वर

    • प्रकाशित मितिः जेठ २८, २०८२
    • ४७० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा अटोको ठक्करबाट एक महिलाको मृत्यु

    धरान/ सुनसरीको धरानमा अटो टेम्पोले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । धरान उपमहानगरपालिका–१५ स्थित सेउती पुलनजिक सोमबार साँझ साढे ६ बजे पैदलयात्री ६० वर्षीया उषा तामाङलाई अटोले ठक्कर दिएको हो । महादेव चोकबाट देउरालीतर्फ गइरहेको प्रदेश १–०२–००३ ह ३७५ नम्बरको अटोले तामाङलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । दुर्घटनापछि गम्भीर घाइते भएकी तामाङलाई तत्काल बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पुर्‍याइएको थियो । त्यहाँ प्राथमिक उपचारपछि थप उपचारका लागि मोरङको विराट शिक्षण अस्पताल लगिएकोमा राति करिब ९ः२५ बजे मृत्यु भएको प्रहरीले जनाएको

    • प्रकाशित मितिः जेठ २७, २०८२
    • १,२३४ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ८६ हजारभन्दा बढी यौन श्रमिक नेपालमा, कानुन संशोधनको माग

    काठमाडौं/नेपालमा हाल ८६ हजार ८०९ जना यौन श्रमिक रहेको तथ्य सार्वजनिक भएको छ। महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी)ले आयोजना गरेको ‘यौन श्रममा संलग्न व्यक्तिको अधिकार’ विषयक छलफल कार्यक्रममा राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले यो तथ्याङ्क प्रस्तुत गरेको हो। कार्यक्रममा सहभागी वक्ताहरूले यौन श्रम र मानव बेचबिखन एउटै नभएको स्पष्ट पार्दै यौन श्रमिकको श्रमलाई मानव अधिकारसँग जोडेर हेर्नुपर्नेमा जोड दिए। यस विषयमा अनुसन्धान गरिरहेकी दिदीक्षा सिंहले यौन श्रमिकका लागि वर्तमान कानुनले सिर्जना गरेका चुनौतीबारे जानकारी दिँदै भनिन्, “वर्तमान कानुनले यौन श्रमलाई अपराध ठानेक

    • प्रकाशित मितिः जेठ २७, २०८२
    • ८९४ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ७ वटा मुद्दा खेपिसकेका मिथुन ८ औँपटक पक्राउ, लागुऔषध कारोबारमै संलग्न

    मोरङ/उर्लाबारी क्षेत्रको चिनिएको पुरानो अपराधी ‘मिथुन’ उपनामले परिचित ३८ वर्षीय रजत थापा पुनः प्रहरीको फन्दामा परेका छन्। लागुऔषध कारोबारमा संलग्न रहेको सूचनाका आधारमा प्रहरीले आइतबार साँझ थापालाई घरबाटै पक्राउ गरेको हो। मोरङको उर्लाबारी नगरपालिका–७ स्थित पूर्वेली टोलमा बसोबास गर्दै आएका थापाको घरमा इलाका प्रहरी कार्यालय उर्लाबारी र लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको संयुक्त टोलीले छापा मारेको थियो। प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार, कोठामा खानतलासी गर्दा ५५ ग्राम ब्राउन सुगर (हेरोइनजस्तो देखिने पदार्थ), ५ बोतल कोरेक्स, २ लाख ८८ हजार २ सय ५० रुपैयाँ

    • प्रकाशित मितिः जेठ २७, २०८२
    • १,१९३ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • दुर्घटना परेकी देविकालाई उपचारमा वेवस्ता गरेको आरोप

    धरान ।सुनसरीको रामधुनी नगरपालिका वडा नं. ३ बगैंचा टोलमा कारको ठक्करबाट गंभीर दुर्घटनामा परेकी देविका खनाल(सुवेदी)का आफन्तले न्याय दिलाउन माग गरेका छन् । मोरंगको सुन्दरहरैचा नगरपालिका ७ की २९ वर्षिय खनाललाई २०८१ साल २२ गते फागुनमा साँझ साढे ६ बजे वा २१ च ६८८८ नम्बरको निशान कारले ठक्कर दिई गंभीर घाइते भएकी २९ वर्षिय खनाल अहिले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा जीवन वचाउनको लागि थप उपचाररत रहेकी छिन् । जग्गा संवन्धी कारोबारको लागि गएकी खनाल साथीको प्र.१.०२.०४४ प ७४२८ नम्बरको मोटरसाइकलमा कान्छी चौक हुँदै घर फर्किने क्रममा उक्त दुर्घटना भएको उनकी दिदि गीता खनालले वताएकी छिन् । दुर्

    • प्रकाशित मितिः जेठ २६, २०८२
    • १,१९० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सरकारी बीमाले औषधि व्यवसाय चौपट

    धरान/ नेपाल सरकारद्वारा सञ्चालनमा ल्याइएको स्वास्थ्य बीमा कार्यक्रमका कारण धरानलगायतको निजी औषधि व्यवसाय धरासायी बन्दै गएको औषधि व्यवसायीहरुले गुनासो गरेका छन्। नेपाल औषधि व्यवसायी संघ, सुनसरीद्वारा इटहरीस्थित होटल गंगा जमुनामा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा सहभागी व्यवसायीहरुले स्वास्थ्य बीमा नीतिले खुद्रा तथा थोक औषधि व्यवसायमा प्रत्यक्ष असर पारिरहेको बताएका हुन्। कार्यक्रममा बोल्दै संघका महासचिव नविनराज गौतमले सरकारको वर्तमान बीमा नीतिका कारण औषधि व्यवसाय नै धरापमा पर्ने खतरा देखिएको बताए। "सरकार पूर्वाग्रही ढंगले केवल ठूला अस्पताल र चुनिएका फार्मेसीहरूमा मात्रै बीमा लागू गरिरहेको

    • प्रकाशित मितिः जेठ २६, २०८२
    • ८३९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved