झापामा छुट्टाछुट्टै स्थानमा तीन पुरुष मृत फेला

  • जेठ २८, २०८२
  • कोशीपत्र/संवाददाता
alt -साङ्केतिक तस्बिर

बिर्तामोड/  झापामा छुट्टाछुट्टै स्थानमा तीन पुरुष मृत अवस्थामा फेला परेका छन्। बिर्तामोड र अर्जुनधारा नगरपालिकाका विभिन्न स्थानमा ती पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ।

मंगलबार बिर्तामोड नगरपालिका–२, फुलवारी टोलस्थित पासाङ शेर्पाको मकैबारीमा बिर्तामोड–२ आदर्श टोलका अन्दाजी ३६ वर्षीय राम टुडु मृत अवस्थामा फेला परेका थिए। घोप्टो अवस्थामा भेटिएका टुडुको शवमा कुनै बाह्य चोटपटक नदेखिएको र मृत्युको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ।

यसैगरी, बुधबार बिहान अर्जुनधारा नगरपालिका–४, मदनपुरस्थित जलाधर भित्री कच्ची सडकमा अन्दाजी ४५–५० वर्ष उमेरका पुरुष मृत फेला परेका छन्। उनको सनाखत भइनसकेको प्रहरीले जनाएको छ।

त्यस्तै, मंगलबार अर्जुनधारा नगरपालिका–११ नयाँबस्तीस्थित चियाबगानभित्र सोही स्थानका अन्दाजी ६० वर्षीय मित्रलाल कामी मृत अवस्थामा फेला परेका थिए। उनी लडेको अवस्थामा भेटिएको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तीनवटै घटनाबारे जिल्ला प्रहरी कार्यालय झापाले आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएको छ।

युएन नवोदयका विद्यार ...

धरान/ धरानस्थित युएन नवोदय कलेजका दुई विद्यार्थीले ...

मैत्रीपूर्ण फुट्सलमा ...

धरान/ होली गार्डेन एकेडेमी, धरान–१ ले आयोजना गरेक ...

बराहक्षेत्र नगरपालिक ...

बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिकाको आयोजनामा ...

भारतबाट गैरकानुनी रू ...

झापा/ भारतको पानीट्याङ्की हुँदै अनधिकृत रूपमा नेपाल प्र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved