ताप्लेजुङ र पाँचथरमा लागूऔषधसहित ६ जना पक्राउ

  • जेठ २९, २०८२
  • कोशीपत्र/संवाददाता
alt -साङ्केतिक तस्बिर

ताप्लेजुङ/ ताप्लेजुङ र पाँचथर जिल्लाबाट प्रहरीले लागूऔषध ब्राउन सुगरसहित ६ जनालाई पक्राउ गरेको छ।

ताप्लेजुङको फुङलिङ नगरपालिका–४ स्थित लागूऔषध बिक्री वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा फुङलिङ नगरपालिका–११ का २१ वर्षीय रोमन विश्वकर्मा, सिन्धुली दुधौली–१० का २७ वर्षीय देवबहादुर विक, फक्तालुङ गाउँपालिका–३ का ३२ वर्षीय मन्दिप लिम्बू र भारतीय नागरिक मनोज साहलाई ३३३ मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो।

यस्तै, पाँचथरको फिदिम नगरपालिका–४ मा पनि प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। फिदिम नगरपालिका–१ का ३० वर्षीय सागर लिम्बू र झापा बिर्तामोड स्थायी घर भई हाल फिदिममै बस्दै आएका ३४ वर्षीय रोहित न्यौपानेलाई ५३० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको हो।

पक्राउ परेका सबै व्यक्तिहरूको थप अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरले जनाएको छ।

युएन नवोदयका विद्यार ...

धरान/ धरानस्थित युएन नवोदय कलेजका दुई विद्यार्थीले ...

मैत्रीपूर्ण फुट्सलमा ...

धरान/ होली गार्डेन एकेडेमी, धरान–१ ले आयोजना गरेक ...

बराहक्षेत्र नगरपालिक ...

बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिकाको आयोजनामा ...

भारतबाट गैरकानुनी रू ...

झापा/ भारतको पानीट्याङ्की हुँदै अनधिकृत रूपमा नेपाल प्र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved