८६ हजारभन्दा बढी यौन श्रमिक नेपालमा, कानुन संशोधनको माग

  • जेठ २७, २०८२
  • कोशीपत्र/संवाददाता
alt

काठमाडौं/नेपालमा हाल ८६ हजार ८०९ जना यौन श्रमिक रहेको तथ्य सार्वजनिक भएको छ।

महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी)ले आयोजना गरेको ‘यौन श्रममा संलग्न व्यक्तिको अधिकार’ विषयक छलफल कार्यक्रममा राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले यो तथ्याङ्क प्रस्तुत गरेको हो।

कार्यक्रममा सहभागी वक्ताहरूले यौन श्रम र मानव बेचबिखन एउटै नभएको स्पष्ट पार्दै यौन श्रमिकको श्रमलाई मानव अधिकारसँग जोडेर हेर्नुपर्नेमा जोड दिए।

यस विषयमा अनुसन्धान गरिरहेकी दिदीक्षा सिंहले यौन श्रमिकका लागि वर्तमान कानुनले सिर्जना गरेका चुनौतीबारे जानकारी दिँदै भनिन्, “वर्तमान कानुनले यौन श्रमलाई अपराध ठानेको छ, तर यसले श्रमिकमाथि हुने हिंसा झनै बढाएको छ।”

उनको प्रस्तुतीकरण अनुसार, यौन श्रमिकको सुरक्षाका लागि पुनःस्थापना र विकल्पको व्यवस्था गर्नुपर्छ भने नेपालले ‘नोरडिक मोडल’जस्ता कानुनी अभ्यास पनि विचार गर्नुपर्छ।

तर, कानुन मन्त्रालयद्वारा प्रस्ताव गरिएको संशोधित विधेयकले यौन श्रमलाई निरअपराधीकरण गर्न नसक्ने बताउँदै अधिवक्ता नवीनकुमार श्रेष्ठले सरकार मुलुकी फौजदारी संहिताको धारा ११९ र १२० लाई संशोधन गर्न लागिपरेको जानकारी दिए।

सासा नेपालका प्रतिनिधि अधिवक्ता सञ्जय तिमल्सिनाले भने, “यौनकर्मीहरूले न त रेडलाइट एरिया मागेका छन्, न त नोरडिक मोडल नै। उनीहरूले आफूले गर्ने श्रमलाई मात्र मानव अधिकारको दृष्टिले स्वीकार गरियोस् भन्ने चाहेका हुन्।”

कार्यक्रममा यौन श्रमिकलाई अभद्र व्यवहारको अभियोग लगाएर दु:ख दिने प्रहरी प्रवृत्तिको आलोचना गरियो। साथै, कानुन संशोधनमार्फत यौन श्रमिकको जीवनयापन सुरक्षित र मर्यादित बनाउने पहल गर्न सरकारलाई सुझाव दिइएको छ।

 

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved