७ वटा मुद्दा खेपिसकेका मिथुन ८ औँपटक पक्राउ, लागुऔषध कारोबारमै संलग्न

  • जेठ २७, २०८२
  • कोशीपत्र/संवाददाता
alt

मोरङ/उर्लाबारी क्षेत्रको चिनिएको पुरानो अपराधी ‘मिथुन’ उपनामले परिचित ३८ वर्षीय रजत थापा पुनः प्रहरीको फन्दामा परेका छन्। लागुऔषध कारोबारमा संलग्न रहेको सूचनाका आधारमा प्रहरीले आइतबार साँझ थापालाई घरबाटै पक्राउ गरेको हो।

मोरङको उर्लाबारी नगरपालिका–७ स्थित पूर्वेली टोलमा बसोबास गर्दै आएका थापाको घरमा इलाका प्रहरी कार्यालय उर्लाबारी र लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको संयुक्त टोलीले छापा मारेको थियो।

प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार, कोठामा खानतलासी गर्दा ५५ ग्राम ब्राउन सुगर (हेरोइनजस्तो देखिने पदार्थ), ५ बोतल कोरेक्स, २ लाख ८८ हजार २ सय ५० रुपैयाँ नगद र लागुऔषध तौल गर्न प्रयोग हुने २ वटा डिजिटल तराजु बरामद गरिएको छ।

बरामद कोरेक्समध्ये ४ वटामा प्रति बोतल १–१ लिटर र एउटामा १ सय मिलिलिटर झोल पदार्थ रहेको छ। प्रहरीले ती सबै सामग्री लागुऔषध कारोबारका लागि राखिएको हुनसक्ने प्रारम्भिक अनुमान गरेको छ।

एक दशकदेखि आपराधिक गतिविधिमा संलग्न

रजत थापा ‘मिथुन’को अपराधिक इतिहास छोटो छैन। उनले पछिल्लो एक दशकमा सार्वजनिक अपराध, अभद्र व्यवहार र ज्यान मार्ने उद्योग जस्ता गम्भीर मुद्दा खेपिसकेका छन्। प्रहरीका अनुसार, हालसम्म थापाविरुद्ध ७ वटा मुद्दा दर्ता भइसकेका छन्। यो नयाँ गिरफ्तारीसँगै संख्या ८ पुगेको हो।

सबैभन्दा धेरै इलाका प्रहरी कार्यालय उर्लाबारीबाट ५ पटक, झापा र काठमाडौंबाट १/१ पटक गरी विभिन्न स्थानबाट उनीविरुद्ध मुद्दा दर्ता गरिएको छ।

२०७१ सालमा काँकडभिट्टाबाट पहिलोपटक सार्वजनिक अपराधमा मुद्दा चलाइएको थियो। त्यसपछि २०७२ सालमा उर्लाबारीबाट दुईपटक, २०७७ मा अभद्र व्यवहार, २०७९ मा ज्यान मार्ने उद्योग र २०८० मा फेरि अभद्र व्यवहारको मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ।

काठमाडौंमा छुरा प्रहार, फरार अभियुक्तको अन्ततः गिरफ्तारी

२०७९ साल साउन २३ गते काठमाडौं चुच्चेपाटीस्थित केएल टावरअगाडि मीनराज शाहीमाथि भएको छुरा प्रहार घटनामा पनि मिथुन प्रतिवादी रहेका थिए। त्यसयता उनी फरार थिए। ज्यान मार्ने उद्योगमा मुद्दा चलाएपछि प्रहरीले उनलाई खोजी सूचीमा राखेको थियो।

तर पछिल्लो समय मोरङमा सक्रिय रहँदै उनले लागुऔषध कारोबारमा हात हालेको प्रहरीको भनाइ छ। अदालतबाट म्याद थप गराउँदै अहिले विस्तृत अनुसन्धान अघि बढाइएको इलाका प्रहरी कार्यालय उर्लाबारीका इन्स्पेक्टर रन्जन बरालले जानकारी दिए।

प्रहरीका अनुसार, ‘मिथुन’ एक्लै लागुऔषध कारोबारमा थिए वा समूहमा काम गर्थे भन्ने विषयमा अनुसन्धान जारी छ।

देशैभर सुनचाँदी व्यव ...

धरान । दैनिक अर्बौको काराबार गर्ने सुनचाँदी व्यवसाय पसल ...

व्रिज इन्टरनेशनल कन् ...

धरान/ व्रिज इन्टरनेशनल कन्सलटेन्सि, धरान–९ पुतली ...

धरानमा ब्राउन सुगरसह ...

धरान/मिति २०८२ जेठ २९ गते (आज)(१२:१० बजे) धरान उपमहानगर ...

कृषकलाई मेसिनदेखि मल ...

झापा/ भद्रपुर नगरपालिकाले कृषकलाई लक्षित गर्दै आधु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved