धरानमा अटोको ठक्करबाट एक महिलाको मृत्यु

  • जेठ २७, २०८२
  • कोशीपत्र/संवाददाता
alt प्रतिकात्मक तस्वीर

धरान/ सुनसरीको धरानमा अटो टेम्पोले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ ।

धरान उपमहानगरपालिका–१५ स्थित सेउती पुलनजिक सोमबार साँझ साढे ६ बजे पैदलयात्री ६० वर्षीया उषा तामाङलाई अटोले ठक्कर दिएको हो ।

महादेव चोकबाट देउरालीतर्फ गइरहेको प्रदेश १–०२–००३ ह ३७५ नम्बरको अटोले तामाङलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

दुर्घटनापछि गम्भीर घाइते भएकी तामाङलाई तत्काल बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पुर्‍याइएको थियो ।

त्यहाँ प्राथमिक उपचारपछि थप उपचारका लागि मोरङको विराट शिक्षण अस्पताल लगिएकोमा राति करिब ९ः२५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

अटो चालक धरान–१५ निवासी ३२ वर्षीय पासाङ शेर्पालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

श्रीलङ्का टापुमा कटा ...

बराहक्षेत्र/ सप्तकोशी नदीको नदी उकास क्षेत्रमा रहेको श् ...

धरानका दुई परिवार सव ...

इलाम / धरानका दुई परिवारसहित सवार बोलेरो इलाममा दुर्घटन ...

नाराबाजी गर्ने ५ जना ...

काठमाडौं/ त्रिभुवन विश्वविद्यालय ९त्रिवि० का सहकुल ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved