वराहक्षेत्र/ सुनसरीको वराहक्षेत्र नगरपालिका–१ स्थित बराहक्षेत्र मन्दिर परिसरमा एक अज्ञात पुरुषको शव फेला परेको छ। मन्दिरको सिँढीको प्यासेज छेउमा सोमबार राति करिब ९ः३० बजे मृत अवस्थामा ती पुरुष भेटिएको इलाका प्रहरी चौकी बराहक्षेत्रले जनाएको छ। प्रहरीका अनुसार मृतक अन्दाजी ६० देखि ६५ वर्ष उमेरका, तराई मूलका देखिने व्यक्ति हुन्। स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। त्यसपछि प्रहरी निरीक्षक चित्रबहादुर बोगटीको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीको प्रारम्भिक जानकारी अनुसार ती व्यक्ति केही दिनदेखि मन्दिर परिसरमै माग्दै बस्दै आएका थिए। घटनापछि इलाका प्र
झापा/ झापाको मेचीनगर नगरपालिकाले चिया बगानसहित विभिन्न क्षेत्रमा श्रम गर्ने श्रमिकका लागि स्वास्थ्य बीमा कार्यक्रम ल्याएको छ। यही असार १२ गते सम्पन्न नगरसभाबाट पारित नीति तथा कार्यक्रमसहितको आगामी आर्थिक वर्ष २०८२र८३ को बजेटमा श्रमिक लक्षित बीमा कार्यक्रम समावेश गरिएको हो। नगरपालिकाले चिया बगान तथा अन्य क्षेत्रमा काम गर्ने श्रमिकका लागि २५ लाख रुपैयाँ विशेष बजेट छुट्याएको छ। नगरप्रमुख गोपालचन्द्र बुढाथोकीका अनुसार दैनिक ज्यालादारीमा काम गर्दै परिवार चलाउने श्रमिक वर्गको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै यो कार्यक्रम ल्याइएको हो। उनले भने, “बगान र अन्य क्षेत्रमा मेहनत गरेर
सुनसरी/सुनसरीको देवानगंज गाउँपालिका–३ यादव टोलस्थित एक घरमा गाँजा कारोबार भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले छापा मारेर ६ किलोभन्दा बढी गाँजा बरामद गरेको छ। मिति २०८२ साल असार १६ गते राति ११:४० बजे इलाका प्रहरी कार्यालय देवानगंज र प्रहरी चौकी कप्तानगंजबाट खटिएको संयुक्त प्रहरी टोलीले राज कुमार यादवको घरमा कानुन अनुसार खानतलासी गर्दा मकैको खोयाको थुप्रोभित्र लुकाई राखिएको अवस्थामा ६.२८ केजी (छ किलो दुई सय अस्सी ग्राम) लागू औषध गाँजा फेला पारेको हो। प्रहरीले घटनास्थलबाट वर्ष १८ का राज कुमार यादव र निजकै घरमा बस्दै आएका वर्ष १८ कै राजु यादवलाई गाँजासहित नियन्त्रणमा लिई जिल्ला प्रहरी का
धरान/ -याडिकल लाईट नेपाल प्रा.लि. धरानद्वारा आयोजित कोशी प्रदेशस्तरीय एस.ई.ई. स्पिकर–२०८१, सिजन–५ को उपाधि झापाको होली बेल इङ्लिस सेकेन्डरी स्कुलका आबिष्कार राउतले जितेका छन्। सोमबार सुनसरी उद्योग वाणिज्य सङ्घको सभाहलमा सम्पन्न भव्य ग्रान्ड फिनालेमा आबिष्कारले नगद ५५ हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्रसहित उपाधि प्राप्त गरे। जितपश्चात उनले आफूसँग प्रतिस्पर्धा गर्ने सबै जना एकभन्दा एक प्रतिभाशाली रहेको बताउँदै उपाधि प्राप्त गर्न पाउँदा अत्यन्त हर्षित भएको प्रतिक्रिया दिए। प्रतियोगितामा पब्लिक हाईस्कुल धरानकी जिज्ञासा भट्टराई फस्ट रनरअप बन्दै नगद २५ हजार, ट्रफी र प्रमाणपत्र प्राप्त ग
धरान/ सुनसरीको धरान उपमहानगरपालिका–१३ स्थित निशाने डाँडामा लागू औषध गाँजासहित एकजना व्यक्ति पक्राउ परेका छन्। असार १६ गते दिउँसो १२:३० बजे विशेष सूचनाका आधारमा अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको प्रहरी टोलीले धनकुटाबाट धरानतर्फ आउँदै गरेको बा. ३ ख. १८९७ नम्बरको यात्रुबाहक बस चेकजाँच गर्दा सो बसको प्यासेजमा राखिएका दुई वटा बोरामा केराको पात र तितेपातीको झुपाले बेरेर राखिएको अवस्थामा गाँजा जस्तो देखिने लागू औषध फेला परेको हो। जम्मा ५५ केजी तौल भएको उक्त गाँजाका बोराहरु सोही बसमा सवार धनकुटा सहिदभुमि गाउँपालिका–२ का ५४ वर्षीय तेज बहादुर राईको भएको खुलेको प्रहरीले जनाएको छ। प
विराटनगर/ आफूलाई प्रहरीको पहिचान दिँदै अपहरण र लुटपाट गर्ने दुई जना युवालाई विराटनगरबाट प्रहरीले पक्राउ गरेको छ। मोरङ प्रहरीका अनुसार असार ११ गते बिहान करिब ११:१५ बजे विराटनगर महानगरपालिका–१३ स्थित महतो टोलबाट तीन जनाको समूहले एक व्यक्तिलाई नियन्त्रणमा लिएर अपहरण गरेका थिए।उनीहरूले आफूहरू प्रहरी भएको नाटक गर्दै विक्रमकुमार साहलाई नियन्त्रणमा लिएर विराटनगर–१५ स्थित आँखा अस्पताल नजिकको रेलवे लाइनसम्म लगेका थिए। पीडित विक्रमका भिनाजु धर्मानन्द साहका अनुसार विक्रमले सापटी लिएको रु. ३ लाख ६४ हजार लिएर घर फर्कँदै गर्दा अपहरणमा परेका थिए।‘हामी प्रहरी हौं’
इलाम/ इलामको माई नगरपालिका–२ निवासी ५२ वर्षीय खेमराज ढकाललाई नाबालिका छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। आइतबार साँझ उनी आफ्नै घरबाट नियन्त्रणमा लिइएको इलाम प्रहरीले जनाएको छ। ढकालले माई नगरपालिकास्थित आफूले सञ्चालन गर्दै आएको हरियाली रेसम शैक्षिक सार्वजनिक गुठी स्कुलकै एक छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको हो। घटना सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित बनेका छन्। उनीहरूले दानाबारीस्थित लोदिया प्रहरी चौकी घेराउ गर्दै ढकालमाथि कडा कानुनी कारबाहीको माग गरेका छन्। इलाम जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ परेका ढकाल नेकपा एमालेका विभिन्न तहक
धरान/ जबरजस्ती करणी (हाडनाता) मुद्दामा लामो समयदेखि फरार रहेका धरानका दुई अभियुक्त पक्राउ परेका छन्। पक्राउ परेकामध्ये दुबै जना एकै घरका दाजुभाइ हुन्। जिल्ला अदालत सुनसरीको मिति २०८१ माघ ९ गतेको फैसलाले जबरजस्ती करणी (हाडनाता) मुद्दामा दोषी ठहर गर्दै धरान उपमहानगरपालिका–६ का ४० वर्षीय अर्जुन कुमार राई र उनका भाइ ३० वर्षीय भक्त बहादुर राईलाई १० वर्ष ७ महिना २ दिन कैद सजाय र रु. ४०,००० जरिवाना तोकेको थियो। तर फैसला कार्यान्वयन हुनु अघि नै उनीहरु फरार भएका थिए। अदालतको फैसला क्रमशः मुद्दा नं. ०७९-C१-०१४८ र ०७९-C१-०१४९ मा भएको हो। उनीहरुलाई धरानमा लुकिछिपी बसेको
विराटनगर/ मोरङको धनपालथान गाउँपालिका–५ की सात वर्षीया बालिका आत्तिका सरदारको बलात्कारपछि हत्या गरिएको घटनामा आफ्नै काका संलग्न रहेको पाइएको छ। प्रारम्भिक अनुसन्धानपछि प्रहरीले बालिकाका कान्छा काका अनिष सरदारलाई नियन्त्रणमा लिई सोधपुछ गरिरहेको छ। शनिबार बिहान आत्तिकाको शव घर नजिकैको दुर्गा आधारभूत विद्यालयको बाटो छेउमा भेटिएको थियो। अनुहार, घाँटी र शरीरका अन्य भागमा चोटपटक देखिएपछि प्रहरी घटनास्थलमै पुगेर अनुसन्धान थालेको थियो। शवको अवस्थाले बलात्कारपछि हत्या गरिएको संकेत देखिएको प्रहरीको भनाइ छ। प्रहरीका अनुसार, आत्तिकाका बाबु भारतको मनिहारीतर्फ गएका थिए भने आमा माइती
काठमाडौँ/ पाकिस्तानको खैबर पख्तुन्ख्वा प्रान्तमा भएको आत्मघाती आक्रमणमा १३ जना पाकिस्तानी सैनिकको मृत्यु भएको छ। मीर अली क्षेत्रमा उग्रवादीले सुरक्षा बलको समूहलाई लक्षित गरी विस्फोटक पदार्थले भरिएको गाडीमार्फत आक्रमण प्रयास गरेको बीबीसी हिन्दीले पाकिस्तानी सेनाको इन्टर–सर्भिसेज पब्लिक रिलेसन्स (ISPR) लाई उद्धृत गर्दै जनाएको छ। आत्मघाती गाडी सुरक्षा बलको गाडीसँग ठोक्किएपछि भीषण विस्फोट भएको र घटनास्थलमै १३ सैनिकको ज्यान गएको बताइएको छ। प्रहरी र सेनाले घटनापछि तत्कालै उग्रवादीमाथि जवाफी कारबाही थालेका थिए। त्यस क्रममा सुरक्षाकर्मी र उग्रवादीबीचको भिडन्तमा १४ जना उग्रवादी मारिएको IS