धरानमा जबरजस्ती करणी (हाडनाता) मुद्दाका फरार दुई अभियुक्त पक्राउ

  • असार १५, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ जबरजस्ती करणी (हाडनाता) मुद्दामा लामो समयदेखि फरार रहेका धरानका दुई अभियुक्त पक्राउ परेका छन्।

पक्राउ परेकामध्ये दुबै जना एकै घरका दाजुभाइ हुन्।

जिल्ला अदालत सुनसरीको मिति २०८१ माघ ९ गतेको फैसलाले जबरजस्ती करणी (हाडनाता) मुद्दामा दोषी ठहर गर्दै धरान उपमहानगरपालिका–६ का ४० वर्षीय अर्जुन कुमार राई र उनका भाइ ३० वर्षीय भक्त बहादुर राईलाई १० वर्ष ७ महिना २ दिन कैद सजाय र रु. ४०,००० जरिवाना तोकेको थियो।

तर फैसला कार्यान्वयन हुनु अघि नै उनीहरु फरार भएका थिए। अदालतको फैसला क्रमशः मुद्दा नं. ०७९-C१-०१४८ र ०७९-C१-०१४९ मा भएको हो।

उनीहरुलाई धरानमा लुकिछिपी बसेको भन्ने गोप्य सूचनाको आधारमा मिति २०८२ असार १४ गते इलाका प्रहरी कार्यालय धरानबाट खटिएको टोलीले पक्राउ गरेको हो।

पक्राउपश्चात् दुबै जनालाई अदालतको आदेश बमोजिम आवश्यक कारवाहीको लागि जिल्ला अदालत सुनसरी पठाइएको प्रहरीले जनाएको छ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved