धरानमा जबरजस्ती करणी (हाडनाता) मुद्दाका फरार दुई अभियुक्त पक्राउ

  • असार १५, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ जबरजस्ती करणी (हाडनाता) मुद्दामा लामो समयदेखि फरार रहेका धरानका दुई अभियुक्त पक्राउ परेका छन्।

पक्राउ परेकामध्ये दुबै जना एकै घरका दाजुभाइ हुन्।

जिल्ला अदालत सुनसरीको मिति २०८१ माघ ९ गतेको फैसलाले जबरजस्ती करणी (हाडनाता) मुद्दामा दोषी ठहर गर्दै धरान उपमहानगरपालिका–६ का ४० वर्षीय अर्जुन कुमार राई र उनका भाइ ३० वर्षीय भक्त बहादुर राईलाई १० वर्ष ७ महिना २ दिन कैद सजाय र रु. ४०,००० जरिवाना तोकेको थियो।

तर फैसला कार्यान्वयन हुनु अघि नै उनीहरु फरार भएका थिए। अदालतको फैसला क्रमशः मुद्दा नं. ०७९-C१-०१४८ र ०७९-C१-०१४९ मा भएको हो।

उनीहरुलाई धरानमा लुकिछिपी बसेको भन्ने गोप्य सूचनाको आधारमा मिति २०८२ असार १४ गते इलाका प्रहरी कार्यालय धरानबाट खटिएको टोलीले पक्राउ गरेको हो।

पक्राउपश्चात् दुबै जनालाई अदालतको आदेश बमोजिम आवश्यक कारवाहीको लागि जिल्ला अदालत सुनसरी पठाइएको प्रहरीले जनाएको छ।

बुढीगंगामा स्मृति बो ...

विराटनगर/ असार १५ लाई धान दिवसको रूपमा मनाउने परम् ...

मोरङमा सात वर्षीया ब ...

विराटनगर/ मोरङको धनपालथान गाउँपालिका&n ...

शैक्षिक गौरवको प्रती ...

धरान/  धरान उपमहानगरपालिका वडा नम्बर १ स्थित ...

पाकिस्तानमा आत्मघाती ...

काठमाडौँ/ पाकिस्तानको खैबर पख्तुन्ख्वा प्रान्तमा भ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved