झापाको मेचीनगरमा चिया बगान श्रमिकका लागि स्वास्थ्य बीमा कार्यक्रम, २५ लाख बजेट विनियोजन

  • असार १७, २०८२
  • कोशीपत्र/संवाददाता
alt -फाइल तस्बिर

झापा/  झापाको मेचीनगर नगरपालिकाले चिया बगानसहित विभिन्न क्षेत्रमा श्रम गर्ने श्रमिकका लागि स्वास्थ्य बीमा कार्यक्रम ल्याएको छ।

यही असार १२ गते सम्पन्न नगरसभाबाट पारित नीति तथा कार्यक्रमसहितको आगामी आर्थिक वर्ष २०८२र८३ को बजेटमा श्रमिक लक्षित बीमा कार्यक्रम समावेश गरिएको हो।

नगरपालिकाले चिया बगान तथा अन्य क्षेत्रमा काम गर्ने श्रमिकका लागि २५ लाख रुपैयाँ विशेष बजेट छुट्याएको छ।

नगरप्रमुख गोपालचन्द्र बुढाथोकीका अनुसार दैनिक ज्यालादारीमा काम गर्दै परिवार चलाउने श्रमिक वर्गको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै यो कार्यक्रम ल्याइएको हो। उनले भने, “बगान र अन्य क्षेत्रमा मेहनत गरेर जीवन निर्वाह गरिरहेका श्रमिकको स्वास्थ्य सुरक्षाका लागि यो कार्यक्रम महत्वपूर्ण हुनेछ।”

स्वास्थ्य बीमा कार्यक्रमबाट श्रमिकहरूलाई सामान्य उपचारदेखि आपतकालीन अवस्थासम्म राहत मिल्नेछ। नगरपालिकाले कार्यक्रमलाई प्रभावकारी बनाउन आवश्यक कार्यविधि तयार पार्ने र आगामी वर्षहरूमा यसको पहुँच विस्तार गर्ने जनाएको छ।

 

नाराबाजी गर्ने ५ जना ...

काठमाडौं/ त्रिभुवन विश्वविद्यालय ९त्रिवि० का सहकुल ...

घरेलु विवादको भयावह ...

झापा/ झापाको दमकमा श्रीमान्–श्रीमतीबीच भएको ...

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved