सापटी रकम लिएर घर फर्किँदै गर्दा ‘हामी प्रहरी हौं भन्दै’ लुट्ने दुई जना समातिए

  • असार १६, २०८२
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/ आफूलाई प्रहरीको पहिचान दिँदै अपहरण र लुटपाट गर्ने दुई जना युवालाई विराटनगरबाट प्रहरीले पक्राउ गरेको छ।

मोरङ प्रहरीका अनुसार असार ११ गते बिहान करिब ११:१५ बजे विराटनगर महानगरपालिका–१३ स्थित महतो टोलबाट तीन जनाको समूहले एक व्यक्तिलाई नियन्त्रणमा लिएर अपहरण गरेका थिए।
उनीहरूले आफूहरू प्रहरी भएको नाटक गर्दै विक्रमकुमार साहलाई नियन्त्रणमा लिएर विराटनगर–१५ स्थित आँखा अस्पताल नजिकको रेलवे लाइनसम्म लगेका थिए।

पीडित विक्रमका भिनाजु धर्मानन्द साहका अनुसार विक्रमले सापटी लिएको रु. ३ लाख ६४ हजार लिएर घर फर्कँदै गर्दा अपहरणमा परेका थिए।
‘हामी प्रहरी हौं’ भन्दै डरधम्की दिएका अपहरणकारीहरूले ‘पछाडि फर्केर हेरेको खण्डमा ज्यान मार्ने’ चेतावनी दिँदै पैसा लुटेको पीडित पक्षको भनाइ छ। लुटपाटपछि उनीहरू विक्रमलाई त्यहीँ छाडेर फरार भएका थिए।

प्रहरीले अनुसन्धान अघि बढाउँदै असार १६ गते विराटनगर–८ का २४ वर्षीय समीर हुसेन र विराटनगर–६ का २५ वर्षीय तासिब अन्सारीलाई पक्राउ गरेको हो। घटनामा संलग्न तेस्रो व्यक्ति भने फरार रहेको र उनको खोजी भइरहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी कोपिला चुँडालले जानकारी दिइन्।

पक्राउ परेकाहरूमाथि अपहरण, शरीर बन्धक र डाँका सम्बन्धी मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

नाराबाजी गर्ने ५ जना ...

काठमाडौं/ त्रिभुवन विश्वविद्यालय ९त्रिवि० का सहकुल ...

घरेलु विवादको भयावह ...

झापा/ झापाको दमकमा श्रीमान्–श्रीमतीबीच भएको ...

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved