गाँजा ओसारपसारको नयाँ तरिका! तितेपाती र केरामा बेरेर ल्याउँदै गर्दा धरानमा एक पक्राउ

  • असार १६, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–१३ स्थित निशाने डाँडामा लागू औषध गाँजासहित एकजना व्यक्ति पक्राउ परेका छन्।

असार १६ गते दिउँसो १२:३० बजे विशेष सूचनाका आधारमा अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको प्रहरी टोलीले धनकुटाबाट धरानतर्फ आउँदै गरेको बा. ३ ख. १८९७ नम्बरको यात्रुबाहक बस चेकजाँच गर्दा सो बसको प्यासेजमा राखिएका दुई वटा बोरामा केराको पात र तितेपातीको झुपाले बेरेर राखिएको अवस्थामा गाँजा जस्तो देखिने लागू औषध फेला परेको हो।

जम्मा ५५ केजी तौल भएको उक्त गाँजाका बोराहरु सोही बसमा सवार धनकुटा सहिदभुमि गाउँपालिका–२ का ५४ वर्षीय तेज बहादुर राईको भएको खुलेको प्रहरीले जनाएको छ।

प्रहरीले राईलाई उक्त लागू औषध गाँजासहित नियन्त्रणमा लिई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धरानमा ल्याएको छ। घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved