मोरङमा सात वर्षीया बालिकाको बलात्कारपछि हत्या, काका प्रहरी नियन्त्रणमा

  • असार १५, २०८२
  • कोशीपत्र/संवाददाता
alt - तस्बिर: बालिकाको हत्यापछि भावविह्वल भएका आफन्त

विराटनगर/ मोरङको धनपालथान गाउँपालिका–५ की सात वर्षीया बालिका आत्तिका सरदारको बलात्कारपछि हत्या गरिएको घटनामा आफ्नै काका संलग्न रहेको पाइएको छ।

प्रारम्भिक अनुसन्धानपछि प्रहरीले बालिकाका कान्छा काका अनिष सरदारलाई नियन्त्रणमा लिई सोधपुछ गरिरहेको छ।

शनिबार बिहान आत्तिकाको शव घर नजिकैको दुर्गा आधारभूत विद्यालयको बाटो छेउमा भेटिएको थियो। अनुहार, घाँटी र शरीरका अन्य भागमा चोटपटक देखिएपछि प्रहरी घटनास्थलमै पुगेर अनुसन्धान थालेको थियो। शवको अवस्थाले बलात्कारपछि हत्या गरिएको संकेत देखिएको प्रहरीको भनाइ छ।

प्रहरीका अनुसार, आत्तिकाका बाबु भारतको मनिहारीतर्फ गएका थिए भने आमा माइतीघर गएकी थिइन्। सन्तानलाई हजुरआमाको जिम्मा लगाएर बाहिर गएका बेला आत्तिका आफ्ना साना भाइसँग काका अनिषको कोठामा सुतेकी थिइन्।

त्यही रात मदिरा सेवन गरेका अनिषले भतिजीलाई कोठाबाट बाहिर लगेर बलात्कार गरी हत्या गरेकाे प्रारम्भिक अनुसन्धानले देखाएको छ। त्यसपछि शव विद्यालय नजिकै फालेर उनी घर फर्किएका थिए। प्रहरीका अनुसार, घरभित्रै बलात्कार गर्नुभन्दा बाहिर लगेर गरेको कारण उनका भाइले देख्न नपाएका थिए।

अनिषले शुरुमा घटना स्वीकार नगरे पनि अनुसन्धानमा उनी मानसिक रूपमा अस्थिर देखिएको प्रहरी स्रोतको भनाइ छ। “कहिले म गरें भन्छन्, कहिले होइन भन्छन्। मानसिक रूपमा विचलित देखिन्छन्,” एक अनुसन्धान अधिकृतले बताएका छन्।

शव विराटनगरस्थित कोशी अस्पतालमा पोस्टमार्टम गरिएको छ। पोस्टमार्टम रिपोर्ट आउन बाँकी छ। घटनामा संलग्नताको पक्का आधार तयार गर्न मेडिकल र फरेन्सिक रिपोर्टको प्रतिक्षामा रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार, अनिष सरदारविरुद्ध हाडनाता करणी र कर्तव्य ज्यान मुद्दा दर्ता गर्न म्याद थप गरिएको छ। उनीविरुद्ध कानुनी कारबाही प्रक्रिया अघि बढाइएको छ।

घटनापछि गाउँमा त्रास फैलिएको छ। आफन्त अमृताकुमारी चौधरीले गाउँ स्तब्ध भएको बताउँदै भनिन्, “घटना अत्यन्तै पीडादायी छ। निष्पक्ष अनुसन्धान गरी हत्यारालाई कडाभन्दा कडा सजाय दिनुपर्छ।”

 थप जानकारीको लागि मोरङ प्रहरीको आधिकारिक स्रोत तथा पोस्टमार्टम रिपोर्टको प्रतीक्षा गरिँदैछ।

 
 
 
 

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved