पाकिस्तानमा आत्मघाती आक्रमण: १३ सैनिकको ज्यान गयो, १४ उग्रवादी मारिए

  • असार १५, २०८२
  • कोशीपत्र/संवाददाता
alt -फाइल तस्बिर

काठमाडौँ/ पाकिस्तानको खैबर पख्तुन्ख्वा प्रान्तमा भएको आत्मघाती आक्रमणमा १३ जना पाकिस्तानी सैनिकको मृत्यु भएको छ।

मीर अली क्षेत्रमा उग्रवादीले सुरक्षा बलको समूहलाई लक्षित गरी विस्फोटक पदार्थले भरिएको गाडीमार्फत आक्रमण प्रयास गरेको बीबीसी हिन्दीले पाकिस्तानी सेनाको इन्टर–सर्भिसेज पब्लिक रिलेसन्स (ISPR) लाई उद्धृत गर्दै जनाएको छ।

आत्मघाती गाडी सुरक्षा बलको गाडीसँग ठोक्किएपछि भीषण विस्फोट भएको र घटनास्थलमै १३ सैनिकको ज्यान गएको बताइएको छ।

प्रहरी र सेनाले घटनापछि तत्कालै उग्रवादीमाथि जवाफी कारबाही थालेका थिए। त्यस क्रममा सुरक्षाकर्मी र उग्रवादीबीचको भिडन्तमा १४ जना उग्रवादी मारिएको ISPR ले जनाएको छ।

खैबर पख्तुन्ख्वाका मुख्यमन्त्रीले वक्तव्य जारी गर्दै घटनामा ज्यान गुमाएका सुरक्षाकर्मीप्रति श्रद्धाञ्जली र परिवारजनप्रति सहानुभूति प्रकट गरेका छन्। उनले देशमा शान्ति स्थापना र आतंकवाद विरुद्ध सुरक्षाकर्मीले दिएको बलिदान अभूतपूर्व रहेको उल्लेख गरेका छन्।

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved