एस.ई.ई. स्पिकर–२०८१ को उपाधि झापाका आबिष्कार राउतलाई

  • असार १६, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ -याडिकल लाईट नेपाल प्रा.लि. धरानद्वारा आयोजित कोशी प्रदेशस्तरीय एस.ई.ई. स्पिकर–२०८१, सिजन–५ को उपाधि झापाको होली बेल इङ्लिस सेकेन्डरी स्कुलका आबिष्कार राउतले जितेका छन्।

सोमबार सुनसरी उद्योग वाणिज्य सङ्घको सभाहलमा सम्पन्न भव्य ग्रान्ड फिनालेमा आबिष्कारले नगद ५५ हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्रसहित उपाधि प्राप्त गरे।

जितपश्चात उनले आफूसँग प्रतिस्पर्धा गर्ने सबै जना एकभन्दा एक प्रतिभाशाली रहेको बताउँदै उपाधि प्राप्त गर्न पाउँदा अत्यन्त हर्षित भएको प्रतिक्रिया दिए।

प्रतियोगितामा पब्लिक हाईस्कुल धरानकी जिज्ञासा भट्टराई फस्ट रनरअप बन्दै नगद २५ हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गरिन्।

ब्लुम नेपाल स्कुल इटहरीका शुभम पोख्रेलले सेकेन्ड रनरअपको स्थान हासिल गर्दै १० हजार नगद सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरे। यस्तै, जेम सेकेन्डरी स्कुलकी सन्जिना राईले थर्ड रनरअपको उपाधि हात पार्दै ५ हजार नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गरिन्।

यस वर्षको स्पिकर फिनाले विभिन्न उपशीर्षकहरूमा समेत बहुआयामिक प्रतिभा प्रदर्शन गर्ने प्रतियोगीहरूलाई सम्मानित गर्दै अझ सशक्त बनाइएको थियो।

इटहरीस्थित शिक्षादीप एकेडेमीकी समिक्षा पौडेलले सबैभन्दा बढी दर्शकको मन जित्दै पब्लिक चोइस अवार्ड प्राप्त गरिन् भने बेबिलोन इङ्लिस सेकेन्डरी स्कुलकी होमिता पोख्रेल प्रेरणादायी प्रभाव छोड्न सफल भई मस्ट इन्स्पिरेसनल स्पिकरको उपाधिमा सम्मानित भइन्।

प्रस्तुतिमा आत्मविश्वासपूर्ण शैली देखाएकी एभरेस्ट चिल्ड्रेन बोर्डिङ पानमाराका निशान बिश्वकर्मालाई मस्ट कन्फिडेन्ट स्पिकर, धाराप्रवाह प्रस्तुति र रचनात्मकतालाई उत्तिकै बलियो रूपमा प्रस्तुत गरेकी पब्लिक हाईस्कुलकी आयुषा पौडेललाई मस्ट ट्यालेन्टेड स्पिकरको उपाधि प्रदान गरियो।

यस्तै, उत्कृष्ट उच्चारण र स्पष्ट अभिव्यक्तिको आधारमा सुनाखरी एकेडेमी धरानकी नाबिया सरखानाले बेस्ट आर्टिक्युलेटर, डिपोट सेकेन्डरी स्कुलकी रोशनी नेपालले बेस्ट एमर्जिङ स्पिकर, र भानु स्मृति मा.बि. धरानकी प्रतीक्षा तामाङले मस्ट इन्फर्मेटिभ स्पिकरको उपाधि हात पारिन्।

लोटस इङ्लिस बोर्डिङ स्कुलकी सृष्टिका राई प्रस्तुतिमा नविनता र सिर्जनात्मकता देखाएर मस्ट क्रिएटिभ स्पिकर घोषित भइन्। तर्क शक्ति र प्रभावकारी शैली प्रदर्शन गरेकी के.के. इन्टरनेसनल स्कुलकी तपस्या भण्डारीलाई मस्ट पर्सुएसिभ स्पिकरको उपाधि दिइयो।

विषयवस्तुसँग गहिरो सम्बन्ध स्थापित गरेर बोल्न सफल हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलकी दिविका राई बेस्ट थिमेटिक स्पिकर घोषित भइन् भने पब्लिक हाईस्कुलकी साक्षी मिश्रले मस्ट कोअपरेटिभ स्पिकरको उपाधि प्राप्त गरिन्।

कार्यक्रममा विजेता तथा उपविजेताहरुलाई एन प्याब्सनका केन्द्रिय उपाध्यक्ष एवं होली गार्डेन स्कुलका प्रिन्सिपल राजेन्द्र गुरुङ, निर्णायकद्वय टंक भट्टराई र अशोक पोख्रेल, सुनाखरी एकेडेमीका प्रिन्सिपल मिलन कुमार राई, सरस्वती निकेतन बोर्डिङ स्कुलका प्रिन्सिपल बमबहादुर बिश्वकर्मा लगायतले पुरस्कार र प्रमाणपत्र वितरण गरे।

अन्तिम चरणमा पुगेका १५ जना प्रतियोगीहरूलाई “बढ्दो भ्रष्टाचार र देशको अवस्था”, “लागुऔषधको प्रयोग: चुनौती र समाधान”, “युवा पलायन: राष्ट्र निर्माणमा चुनौती”, “बढ्दो सवारी दुर्घटना” र “डिजिटल क्रान्तिले जीवनशैलीमा ल्याएको परिवर्तन” जस्ता पाँच महत्वपूर्ण शीर्षकमध्ये गोला प्रणालीद्वारा छानिएको विषयमा बोल्ने अवसर प्रदान गरिएको थियो।

निर्णायक मण्डलमा महेन्द्र बहुमुखी क्याम्पसका उप–प्राध्यापक राजेश विद्रोही, सहिद स्मृति मा.बि.का शिक्षक टंक भट्टराई र शिक्षा सदन मा.बि.का शिक्षक अशोक पोख्रेल रहे।

वाककला, सार्वजनिक प्रस्तुति र नेतृत्व क्षमताको अभिवृद्धिसँगै विद्यार्थीको खाली समयको सिर्जनात्मक सदुपयोग गर्ने उद्येस्यले कार्यक्रम आयोजना गरिएको -याडिकल लाईट नेपालका अध्यक्ष तिर्थ कार्कीले जानकारी दिए।

कार्यक्रममा मनोरञ्जनात्मक प्रस्तुति पनि उत्तिकै आकर्षक थियो। भानु स्मृति मा.बि.का शिक्षक ओम रिमालले प्रस्तुत गरेको गीतले माहोल रोचक बनायो भने सुनाखरी एकेडेमीका विद्यार्थीहरूले प्रस्तुत गरेको नृत्यले दर्शकको मन जित्यो।

कार्यक्रममा सुमेधा एजुकेसन नेटवर्क प्रा.लि.का अध्यक्ष सुरेन्द्र घिमिरे, पब्लिक हाईस्कुलका प्रधानाध्यापक डा. इन्द्रमोहन झा, नेपाल पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष सन्तोष काफ्ले, निवर्तमान सहसचिव भोला श्रेष्ठ,

रोटरी क्लब अफ धरान घोपाका अध्यक्ष गौरवमान श्रेष्ठ, र भानु स्मृति मा.बि.का प्रधानाध्यापक रबिन सुबेदीलगायतको उपस्थिति रहेको थियो।कार्यक्रम सञ्चालन नविना मग्रातीले गरेकी थिइन्।

Messenger_creation_A3EDAE72-7201-42D0-AD06-FEDCE3381070 Messenger_creation_3B427AA4-2F88-4E62-8F30-05B6806B80EE

यूएईमा रहेका नेपाली ...

 यूएई/नेपाली राजदूतावास अबूधाबी र नेपाल एसोसिएसन ( ...

गाँजा ओसारपसारको नया ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–१३ स्थित ...

धरानको तीनढ्वाङ्गे प ...

सुनसरी/  धरान उपमहानगरपालिका–८ स्थित हर ...

सापटी रकम लिएर घर फर ...

विराटनगर/ आफूलाई प्रहरीको पहिचान दिँदै अपहरण र लुटपाट ग ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved