सुनसरीमा ६ केजी गाँजासहित दुई युवक पक्राउ

  • असार १७, २०८२
  • कोशीपत्र/संवाददाता
alt

सुनसरी/सुनसरीको देवानगंज गाउँपालिका–३ यादव टोलस्थित एक घरमा गाँजा कारोबार भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले छापा मारेर ६ किलोभन्दा बढी गाँजा बरामद गरेको छ।

मिति २०८२ साल असार १६ गते राति ११:४० बजे इलाका प्रहरी कार्यालय देवानगंज र प्रहरी चौकी कप्तानगंजबाट खटिएको संयुक्त प्रहरी टोलीले राज कुमार यादवको घरमा कानुन अनुसार खानतलासी गर्दा मकैको खोयाको थुप्रोभित्र लुकाई राखिएको अवस्थामा ६.२८ केजी (छ किलो दुई सय अस्सी ग्राम) लागू औषध गाँजा फेला पारेको हो।

प्रहरीले घटनास्थलबाट वर्ष १८ का राज कुमार यादव र निजकै घरमा बस्दै आएका वर्ष १८ कै राजु यादवलाई गाँजासहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याई थप अनुसन्धान अगाडि बढाइएको जनाएको छ।

प्रहरीका अनुसार लागू औषध कारोबार नियन्त्रण गर्न यस्ता विशेष सूचनाको आधारमा निगरानी र निगरानी-आधारित कारबाहीलाई अझ सशक्त बनाइनेछ।

 

नाराबाजी गर्ने ५ जना ...

काठमाडौं/ त्रिभुवन विश्वविद्यालय ९त्रिवि० का सहकुल ...

घरेलु विवादको भयावह ...

झापा/ झापाको दमकमा श्रीमान्–श्रीमतीबीच भएको ...

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved