स्वास्थ्य

    Showing ५०१-५१० of २,६११ items.
  • धरानमा दुई युवक लागूऔषधसहित पक्राउ

    धरान/ सुनसरीको धरान उपमहानगरपालिका–६ सेहरा खोलामा प्रहरीले लागूऔषधसहित दुई युवकलाई पक्राउ गरेको छ। मंगलबार सांझ विशेष सूचनाका आधारमा प्रहरी चौकी पानबारीबाट खटिएको टोलीले को २७ प १६२ नम्बरको मोटरसाइकललाई शीतलचोकतर्फ आउँदै गर्दा रोकी जाँच गर्दा लागूऔषधस ट्याब्लेट फेला परेको प्रहरीले जनाएको छ। मोटरसाइकल चालक धरान ०६ का ३२ वर्षीय शीर्षक राई र पछाडि सवार २९ वर्षीय ओमबहादुर भुजेललाई खानतलासी गर्दा भुजेलको आर्मी कलरको झोलाभित्र लुकाइ ल्याइएका ४४० क्याप्सुल ट्रामाडोल र ४४० ट्याब्लेट डिकोलिक बरामद गरिएको प्रहरीले जनाएको छ। बरामद लागूऔषधसहित उनीहरूलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार

    • प्रकाशित मितिः भदौ १८, २०८२
    • ९३७ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • भोजपुरमा ८ हजार गाँजाका बोट र बेर्ना नष्ट

    भोजपुर/ कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सुरक्षा सुनिश्चितता अभियान अन्तर्गत भोजपुरमा करिब ८ हजार गाँजाका बोट तथा बेर्ना नष्ट गरिएको छ। प्रहरीले डाँडा–पाखामा अबैध रुपमा लगाइएका तथा प्राकृतिक रुपमा आफैं उम्रिएका गाँजाका बोट फडानी गर्ने क्रममा, यस साता मात्र हतुवागढी र आमचोक गाउँपालिकाका विभिन्न वडामा करिब ४३ रोपनी क्षेत्रफलमा फैलिएका ४ हजार २ सय बोट र ३ हजार ८ सय बेर्ना नष्ट गरेको हो। यो अभियानमा इलाका प्रहरी कार्यालय घोडेटार, बोयाङ, प्रहरी चौकी हसनपुर तथा अस्थायी प्रहरी चौकी दुम्मानाबाट खटिएका प्रहरी टोली संलग्न थिए। जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसा

    • प्रकाशित मितिः भदौ १८, २०८२
    • ५९१ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बीपी क्याम्प लथालिंग: विरामीले पाउँदैनन् स्टेचर र ह्विलचेयर

    धरान/ धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान दक्षिण एसियाकै उत्कृष्ट अस्पतालको रुपमा लिइन्छ । यो अस्पताल उपचारका लागि मात्र हैन चिकित्कसम्बन्धी पठनपाठनसँगै  रोगको खोज अनुन्धान गर्ने स्थलको रुपमा लिइन्छ । तर यही अस्पतालको उपचार विधि भने लथालिंग छ, उपचारका लागि चाहिने अत्यावश्यक सामाग्री समेत सहज रुपमा नपाइदा विरामीले सास्ती भोग्नु परेको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शैक्षिक गतिविधिका लागि नेपालका मात्र हैन भारत तथा वंगलादेशका विद्यार्थी आउने गर्छन् । यस्तै उपचारका लागि पनि कोशी प्रदेश तथा अन्य प्रदेशसँगै भारतबाट समेत आउने गर्छन् तर यही अस्पता

    • प्रकाशित मितिः भदौ १८, २०८२
    • ७७१ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • आमा छोरा मृत,७ महिने शिशु गंभीर 

    सिरहा/ मधेस प्रदेशको सिरहामा आमा छोरा मृत अवस्थामा फेला परेका छन ।   लहान नगरपालिका–१, मटिअर्वास्थित डेरामा बस्दै आएकी एक महिला र उनको छोरा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।  सोही कोठाबाट सात महिने शिशुलाई भने गम्भीर अवस्थामा जीवितै उद्धार गरिएको छ।   प्रहरीका अनुसार २३ वर्षीया रन्जिता चौधरी र उनका ५ वर्षीय छोरा एरोन चौधरी मंगलबार बिहान आफ्नै कोठामा मृत भेटिएका हुन्।   कोठाबाट दुर्गन्ध फैलिएपछि छिमेकीहरूले प्रहरीलाई खबर गरेका थिए। घटनास्थल पुगेको प्रहरी टोलीले रन्जितालाई अस्वाभाविक अवस्थामा र बालक एरोनलाई ओछ्यानमा मृत फेला पारेको थियो।   इल

    • प्रकाशित मितिः भदौ १७, २०८२
    • ५६६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानका सागर सहित दुई कैदीबन्दीको मृत्यु

    सुनसरी/सुनसरीको झुम्का कारागारमा धरानका सागर राई सहित दुई जना कैदी बन्दीको मृत्यु भएको छ । धरान निवासी वर्ष २४ को सागर राई र सुनसरी गढी गाउँपालिका ६ बस्ने वर्ष ४८ को रामदेव उराँवको मृत्यु भएको हो । उराव कर्तव्य ज्यान मुद्धामा कैद भुक्तान गरिरहेका थिए । राई लागु औषध मुद्दामा पुर्पक्षको लागी कारागारमा कैद भुत्तान गरिरहेका थिए । शनिवार राती श्वासप्रश्वासमा समस्या देखिएपछि उराँवलाई उपचारको लागी धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो । उरावको उपचारको क्रममा सोमबार बिहान सवा १२ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । लागु औषध मुद्धामा पुर्पक्षको लागी कारागारमा रहेको अर्

    • प्रकाशित मितिः भदौ १७, २०८२
    • ३,७९६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सप्तकोसी ब्यारेजका ३८ ढोका खोलियो,पानीको बहाब उच्च

    धरान/ सप्तकोसी नदीमा पानीको सतह लगातार बढ्दै गएपछि बाढीको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले ३८ ढोका खोलिएको छ। पहाडी भेगमा भएको लगातारको वर्षाका कारण नदीमा पानीको बहाव उच्च हुँदै गएपछि कोसी ब्यारेजका ५६ मध्ये ३८ ढोका खोलिएको हो। गएराति १० बजे गरिएको जल सतह मापनअनुसार कोसी ब्यारेजमा पानीको प्रवाह प्रतिसेकेन्ड दुई लाख ७३ हजार ९२५ क्युसेक पुगेको छ। सोमबार दिउँसो ४ बजेको मापनमा पानीको प्रवाह दुई लाख ५६ हजार १० क्युसेक पुग्दा ३४ ढोका खोलिएको थियो । बहाव तीव्र गतिमा बढिरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक योगराज खतिवडाले जानकारी दिए। ‘ब्यारेजमा हाल रातो बत्ती बाल

    • प्रकाशित मितिः भदौ १७, २०८२
    • ३९३ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान भित्रिने जारको पानी नै स्वस्थ्यकर पाइएन, १ सय ५६ वटा जार नष्ट गरियो

    धरान/  धरानको मुख्य नाका तीनकुनेमा सोमबार(आज) खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगर, भिडिजन कार्यालय इनरुवा र धरान उपमहानगरपालिकाको संयुक्त टोलीले दुधजन्य पदार्थ र पिउने पानीको अनुगमन गरेको छ। मोबाइल ल्याबमार्फत तत्काल गरिएको परीक्षणमा दुधमा कुनै मिसावट नपाइए पनि पिउने पानीका जारहरू भने ठुलो संख्यामा फोहोर, कुचिएका र पुराना भेटिएपछि नष्ट गरिएको हो। खाद्य अनुसन्धान अधिकृत प्रकृति वस्तीका अनुसार ८ वटा उद्योगका १५६ वटा पानीको जार तत्काल नष्ट गरिएका छन्। उनका अनुसार पुराना, लेबलविहीन र फोहोर जार बिक्रीमा पठाइएको पाइएपछि उद्योगमै फिर्ता पठाइएको हो। अनुगमनमा&n

    • प्रकाशित मितिः भदौ १६, २०८२
    • ७०६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बिरामीको हौसला बढाउँदै नगरप्रमुख गुरागाई, दैनिक अस्पतालमै उपस्थिति

    सुन्दरहरैंचा/ सुन्दरहरैंचा नगर प्रमुख केदार प्रसाद गुरागाईले नगर अस्पताललाई आफैंको प्राथमिकता बनाएका छन्। प्रायः हरेक दिन अस्पताल पुगेका उनी बिरामीहरुको स्वास्थ्य अवस्था बुझ्दै हौसला दिने गरेका छन्। सुन्दरहरैंचा–१ मा रहेको नगर अस्पताल पुगेपछि नगरप्रमुख गुरागाईले बिरामीसँग स्वास्थ्य स्थितिबारे सोधपुछ गर्ने, सेवा सुविधा कस्तो छ भन्ने जानकारी लिने र चिकित्सकहरुसँग उपचारमा कुनै कमी कमजोरी नहोस् भनेर निर्देशन दिने गरेका छन्। उपचाररत एक वृद्ध आमाले भनिन्, “म पहिलो पटक नगर अस्पताल आएको हुँ, सेवा सुविधा राम्रो छ, अलिक लाइन बस्नुपर्‍यो तर बाँकी सबै ठीक छ। अझै आश्चर्य के लाग्यो भने प

    • प्रकाशित मितिः भदौ १६, २०८२
    • ४८९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनसरीबाट ब्राउन सुगर सहित युवक पक्राउ

    रामधुनि/ विशेष सूचनाका आधारमा खटिएको संयुक्त प्रहरी टोलीले सुनसरी रामधुनि नगरपालिका–५ झुम्का बजारमा लागुऔषधसहित एक युवकलाई नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार ३० वर्षीय सागर राईलाई उनकी दिदी रीना राईको घरमा बसिरहेको अवस्थामा पक्राउ गरिएको हो। खानतलासी गर्दा उनको साथबाट ब्राउन सुगर १०५.५६ ग्राम बरामद भएको प्रहरीले जनाएको छ। उक्त कारबाही इलाका प्रहरी कार्यालय रामधुनि, इलाका प्रहरी कार्यालय पकलि र लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको संयुक्त टोलीले गरेको हो। पक्राउ परेका राईलाई आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।  

    • प्रकाशित मितिः भदौ १६, २०८२
    • ५९४ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • चार स्थानमा निशुल्कः ‘वाटर एटीएम’ सेवा

    सुन्दरहरैंचा/ गर्मीको समयलाई मध्यनजर गर्दै मोरङको सुन्दरहरैंचा –३, गछियामा आश्रय सुधार तथा उपचार केन्द्रका कार्यक्रम संयोजक तथा सामाजिक अभियन्ता सेवक खत्रीले इटहरीको तरहरा,सुन्दरहरैंचाको मुख्य केन्द्र बिराटचोक,गोठगाउँ चोक र गछिया चोकमा गरी ४ ठाउँमा निःशुल्क पिउने पानी तथा ‘वाटर एटीएम’ सेवा सुरु गरेका छन्। गर्मीको समयमा सर्वसाधारणलाई हिडडुल गर्दा पिउने पानीको समस्या नहोस भनेर सेवा सुरु गरिएको आश्रय सुधार तथा उपचार केन्द्रका कार्यक्रम संयोजक तथा सामाजिक अभियन्ता खत्रीले जानकारी दिए। उनले इटहरीको तरहरा र बिषेश गरी सुन्दरहरैंचालाई प्रथामिकता दिएर बढ्दो गर्मी सर्वसाधारणलाई च

    • प्रकाशित मितिः भदौ १६, २०८२
    • ५१३ पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved