चार स्थानमा निशुल्कः ‘वाटर एटीएम’ सेवा

  • भदौ १६, २०८२
  • कोशीपत्र/संवाददाता
alt -योगेन्द्र योगी

सुन्दरहरैंचा/ गर्मीको समयलाई मध्यनजर गर्दै मोरङको सुन्दरहरैंचा –३, गछियामा आश्रय सुधार तथा उपचार केन्द्रका कार्यक्रम संयोजक तथा सामाजिक अभियन्ता सेवक खत्रीले इटहरीको तरहरा,सुन्दरहरैंचाको मुख्य केन्द्र बिराटचोक,गोठगाउँ चोक र गछिया चोकमा गरी ४ ठाउँमा निःशुल्क पिउने पानी तथा ‘वाटर एटीएम’ सेवा सुरु गरेका छन्।

गर्मीको समयमा सर्वसाधारणलाई हिडडुल गर्दा पिउने पानीको समस्या नहोस भनेर सेवा सुरु गरिएको आश्रय सुधार तथा उपचार केन्द्रका कार्यक्रम संयोजक तथा सामाजिक अभियन्ता खत्रीले जानकारी दिए। उनले इटहरीको तरहरा र बिषेश गरी सुन्दरहरैंचालाई प्रथामिकता दिएर बढ्दो गर्मी सर्वसाधारणलाई चिसो पानीको पहुँचको पुग्ने उदेस्यले निःशुल्क पिउने पानी तथा ‘वाटर एटीएम’ सेवा संचालन गरेको बताए।

“आम जनमानसबाट पनि हामी गरेको कार्यबाट राम्रो फिडव्याक आईरहेको छ,उनले भने,’ यो सेवा निरन्तर १५ दिनसम्म रहनेछ।“ सार्वजनिक स्थलहरुममा सहजै पिउने पानी उपलब्ध नहुने भएकाले यो सेवा सुरु भएसँगै यात्रुहरूलाई पनि पानी किन्नुपर्ने बाध्यता तत्कालका लागि अन्त्य भएको छ।

सर्वसाधारण पैदल तथा बसको प्रतिक्षामा रहेका यात्रुहरूको सहजतालाई ध्यानमा राखी सुरु गरेको यो पहललाई उदाहरणीय सामाजिक योगदानका रूपमा लिइएको छ । शालीन स्वभाव र सामाजिक भावना बोकेका खत्री अझै पनि विभिन्न सामाजिक कार्यमा सक्रिय रहँदै आएका छन् ।

खत्री कार्यक्रम संयोजक रहेको आश्रय सुधार तथा उपचार केन्द्रले दुव्र्यसनमा फसेका समूहलाई उपचारात्मक तथा सुधारात्मक उपायबाट असल तथा सभ्य नागरिक बनाउने उद्येश्य सहित स्थापना भएको उक्त सुधार केन्द्रले आश्रय लिएकाहरूलाई बिभिन्न पद्धतीबाट उपचार गर्दै आएको छ ।

केन्द्र भित्र दैनिक लागुऔषध दुव्र्यवसन बिरूद्ध सचेतना तथा परामर्स प्रदान गर्नुका साथै सातामा दुइ पटक अनिवार्य स्वास्थ्य चेकजाच गर्ने गरिएको छ।

साथै, उनले आगामी पुषमा हुने ‘तरहरा उत्सव २०२५’ मा ‘युथ आइकन’ बाट सम्मान गर्न लागिएको छ। तरहरा उत्सव आयोजक टिमले पनि उनको हरेक सामाजिक तथा परोपकारी क्षेत्रमा पुर्याएको योगदानको उच्च मुल्यांकन गर्दै सम्मान प्रधान गर्न लागेको जनाएको छ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved