धरान भित्रिने जारको पानी नै स्वस्थ्यकर पाइएन, १ सय ५६ वटा जार नष्ट गरियो

  • भदौ १६, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/  धरानको मुख्य नाका तीनकुनेमा सोमबार(आज) खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगर, भिडिजन कार्यालय इनरुवा र धरान उपमहानगरपालिकाको संयुक्त टोलीले दुधजन्य पदार्थ र पिउने पानीको अनुगमन गरेको छ।

मोबाइल ल्याबमार्फत तत्काल गरिएको परीक्षणमा दुधमा कुनै मिसावट नपाइए पनि पिउने पानीका जारहरू भने ठुलो संख्यामा फोहोर, कुचिएका र पुराना भेटिएपछि नष्ट गरिएको हो।

खाद्य अनुसन्धान अधिकृत प्रकृति वस्तीका अनुसार ८ वटा उद्योगका १५६ वटा पानीको जार तत्काल नष्ट गरिएका छन्। उनका अनुसार पुराना, लेबलविहीन र फोहोर जार बिक्रीमा पठाइएको पाइएपछि उद्योगमै फिर्ता पठाइएको हो।

अनुगमनमा गौमुखी गंगाजल प्रालि, जयनेपाल जल उद्योग, दिव्येश्वरी जल उद्योग, पारीजात जल उद्योग र हलेसी एक्वाका जार नष्ट गरिएका थिए। गौमुखी गंगाजल प्रालिको मात्रै ५६ वटा जार नष्ट गरिएको र सुधार गरी ७ दिनभित्र कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको वस्तीले बताइन्।

यस्तै, उपभोक्ताले गंगाजलको सिलप्याक बोतलभित्र किरा भेटिएको गुनासो गरेपछि सो उद्योगको नमुना समेत संकलन गरिएको छ।

धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्रविक्रम बेघाले अनुगमन कसैलाई दुःख दिन नभई उपभोक्ताको स्वास्थ्य र बजारलाई अनुशासित बनाउन गरिएको बताए।
उनले भने, “हामी कसैलाई आतंकित बनाउन होइन, उपभोक्तामैत्री बजार बनाउन र सरकारले तोकेको मापदण्डअनुसार गुणस्तरीय सामान बिक्री गर्न प्रेरित गर्न अनुगमन गर्दैछौं।”

घरेलु विवादको भयावह ...

झापा/ झापाको दमकमा श्रीमान्–श्रीमतीबीच भएको ...

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved