आमा छोरा मृत,७ महिने शिशु गंभीर 

  • भदौ १७, २०८२
  • कोशीपत्र/संवाददाता
alt -साङ्केतिक तस्बिर

सिरहा/ मधेस प्रदेशको सिरहामा आमा छोरा मृत अवस्थामा फेला परेका छन ।
 
लहान नगरपालिका–१, मटिअर्वास्थित डेरामा बस्दै आएकी एक महिला र उनको छोरा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।  सोही कोठाबाट सात महिने शिशुलाई भने गम्भीर अवस्थामा जीवितै उद्धार गरिएको छ।
 
प्रहरीका अनुसार २३ वर्षीया रन्जिता चौधरी र उनका ५ वर्षीय छोरा एरोन चौधरी मंगलबार बिहान आफ्नै कोठामा मृत भेटिएका हुन्।
 
कोठाबाट दुर्गन्ध फैलिएपछि छिमेकीहरूले प्रहरीलाई खबर गरेका थिए। घटनास्थल पुगेको प्रहरी टोलीले रन्जितालाई अस्वाभाविक अवस्थामा र बालक एरोनलाई ओछ्यानमा मृत फेला पारेको थियो।
 
इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक (डिएसपी) कैलाश राईले गम्भीर अवस्थामा उद्धार गरिएका सात महिने शिशुको लहानस्थित सप्तऋषि अस्पतालमा उपचार भइरहेको जानकारी दिए।
 
उनका अनुसार, घटनास्थलको प्रारम्भिक अनुसन्धानमा कडा किसिमको विषादी प्रयोग भएको हुन सक्ने देखिएको छ। घटनाको कारण अझै स्पष्ट भइसकेको छैन। मृतक रन्जिताका श्रीमान् प्रविन चौधरी मजदुरीको सिलसिलामा बाहिर रहेको र हालसम्म सम्पर्कमा नआएको प्रहरीले जनाएको छ।
 
प्रहरीले घटनाको अनुसन्धानलाई सूक्ष्म रूपमा अगाडि बढाएको छ। पोस्टमार्टम रिपोर्टपछि मृत्युको कारणबारे थप तथ्य खुल्ने डिएसपी राईले बताए।

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved