भोजपुरमा ८ हजार गाँजाका बोट र बेर्ना नष्ट

  • भदौ १८, २०८२
  • कोशीपत्र/संवाददाता
alt

भोजपुर/ कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सुरक्षा सुनिश्चितता अभियान अन्तर्गत भोजपुरमा करिब ८ हजार गाँजाका बोट तथा बेर्ना नष्ट गरिएको छ।

प्रहरीले डाँडा–पाखामा अबैध रुपमा लगाइएका तथा प्राकृतिक रुपमा आफैं उम्रिएका गाँजाका बोट फडानी गर्ने क्रममा, यस साता मात्र हतुवागढी र आमचोक गाउँपालिकाका विभिन्न वडामा करिब ४३ रोपनी क्षेत्रफलमा फैलिएका ४ हजार २ सय बोट र ३ हजार ८ सय बेर्ना नष्ट गरेको हो।

यो अभियानमा इलाका प्रहरी कार्यालय घोडेटार, बोयाङ, प्रहरी चौकी हसनपुर तथा अस्थायी प्रहरी चौकी दुम्मानाबाट खटिएका प्रहरी टोली संलग्न थिए।

जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार, अवैध लागुऔषध नियन्त्रणका लागि डाँडा–पाखामा उम्रिने गाँजालाई निरन्तर फडानी गर्ने कार्य जारी राखिएको छ।

घरेलु विवादको भयावह ...

झापा/ झापाको दमकमा श्रीमान्–श्रीमतीबीच भएको ...

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved