स्वास्थ्य

    Showing 421-430 of 2,408 items.
  • धरानमा यौन दुव्र्यवहार, खुकुरी आतंक र चोरीका आरोपी प्रहरीकाे फन्दामा

    धरान/ पछिल्लो समय धरानमा भएका तीन छुट्टाछुट्टै गम्भीर अपराध घटनामा संलग्न मुख्य आरोपीहरूलाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरी सार्वजनिक गरेको छ। आज शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रकाश जवेगुले घटनाका विवरण सार्वजनिक गर्दै समाजमा शान्ति–सुरक्षा कायम राख्न प्रहरी निरन्तर सक्रिय रहेको बताए। १. १३ वर्षीया बालिकामाथिको यौन दुव्र्यवहार  धरान–१६ स्थित नौलो बस्तीमा श्रमदानका क्रममा सर्दु खोलामा गएकी १३ वर्षीया बालिकामाथि गएको बैशाख १७ गते यौन दुव्र्यवहार भएको थियो। ५०–५५ वर्ष उमेरका एक व्यक्तिले बालिकामाथि दुव्र्यवहार गरेको विवरण आ

    • प्रकाशित मितिः असार २०, २०८२
    • 2,014 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान-१५ बाट ब्राउन सुगरसहित दुई युवा पक्राउ

    धरान/धरान उपमहानगरपालिका–१५ स्थित विशाल चोकमा लागू औषध ब्राउन सुगरसहित दुई युवालाई प्रहरीले पक्राउ गरेको छ। मिति २०८२ साल असार १९ गते साँझ ५:५५ बजे, अस्थायी प्रहरी पोष्ट बरगाछीबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा चेकजाँच गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा खोटाङ जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ घर भई हाल धरान–१५, विशाल चोकमा बसोबास गर्दै आएका २६ वर्षीय कोवश राई र सोही स्थानका मनोहर श्रेष्ठका छोरा २१ वर्षीय बिशन श्रेष्ठ रहेका छन्। चेकजाँचको क्रममा उनीहरूबाट लागू औषध ब्राउन सुगर जस्तो देखिने ०.४६० ग्राम (चार सय साठी मिलिग्राम) पदार्थ

    • प्रकाशित मितिः असार २०, २०८२
    • 984 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान १३ बाट लागू औषध गाँजासहित दुई पक्राउ

    धरान/सुनसरीको धरान उपमहानगरपालिका वडा नं. १३ स्थित निशानेको कोशी राजमार्गमा सवारी चेकजाँचको क्रममा ठूलो परिमाणमा लागुऔषध गाँजा फेला परेको छ। मंगलबार साँझ ५:४५ बजे अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको टोलीले विशेष सूचनाका आधारमा धनकुटाबाट धरानतर्फ आउँदै गरेको बा.प्र.०१-००६ ख ६२६८ नम्बरको यात्रुबाहक बस जाँच गर्ने क्रममा बसको डिक्कीमा लुकाईछिपाई राखिएको ४९.७२५ किलोग्राम गाँजा फेला पारेको हो। गाँजा दुईवटा सुटकेसभित्र लुकाएर राखिएको अवस्थामा भेटिएको र सोधपुछका क्रममा ती सुटकेस भोजपुर जिल्ला, पौवादुम्मा गाउँपालिका–६ निवासी ३६ वर्षीय जीवनराज राई र ३१ वर्षीय आरएन राईको भएको खुलेको प्रहरीको भना

    • प्रकाशित मितिः असार २०, २०८२
    • 3,205 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • तस्कर र सशस्त्र प्रहरीबीच भीडन्त: ६ जना प्रहरी घाइते, स्थिति नियन्त्रणमा

    जनकपुरधाम/धनुषाको नेपाल–भारत सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरी र तस्करबीच भीडन्त भएको छ । उक्त घटनामा ६ जना सशस्त्र प्रहरी घाइते भएका छन् । घाइतेहरुको जनकपुरस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । धनुषाको विदेह नगरपालिका–२ अन्तर्गत वैदेही दुहबी क्षेत्रको नेपाल–भारत सीमास्थलमा बिहीबार साँझ ७ बजेतिर घटनाको सुरुवात भएको हो । सशस्त्र प्रहरी उपरीक्षक (एसपी) निर्मल खड्काका अनुसार तस्करीको सामान नेपाल भित्र्याएर आँपको बगैंचामा राखिएको भन्ने गोप्य सूचनाका आधारमा ३० जना सशस्त्र प्रहरीको टोली त्यस क्षेत्रमा पुगेको थियो । सशस्त्र प्रहरी पुगेलगत्तै तस्करको समूहले भाटा, घरेलु हति

    • प्रकाशित मितिः असार २०, २०८२
    • 576 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वराहक्षेत्रमा डेङगु रोग महामारी न्युनिकरणकालागि सरोकारवालालाई सचेतना गरिदै

    वराहक्षेत्र /वराहक्षेत्र नगरपालिकाले डेङ्गु सार्ने लामखुट्टेको बासस्थान खोजी गर्ने र लार्भा नष्ट सम्बन्धी सरोकारवालाहरुको सहभागितामा अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको छ । संभावित डेङगु रोग संक्रामलाई न्युनिकरणकालागि बिहिवार नगरपालिकाले डेङ्गु सार्ने लामखुट्टेको बासस्थान खोजी गर्ने र लार्भा नष्ट सम्बन्धी सरोकारवालाहरुको सहभागितामा अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको हो । गएको वर्षहरुको तथ्याङ्का आधारमा डेङगु रोगको उच्च जोखिममा रहेको वराहक्षेत्र नगरपालिकाले सरोकारवालाहरुलाई सहभागिता गराएर डेङ्गु सार्ने लामखुट्टेको बास स्थान खोजी गर्ने र लार्भा नष्ट गर्ने सम्बन्धी सरोकारवालाहरुलाई अभिमुखीकरण का

    • प्रकाशित मितिः असार १९, २०८२
    • 533 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मलद्वारमा ब्राउन सुगर च्यापी ल्याउँदै गरेका युवा पक्राउ

    इनरुवा/सुनसरीको इनरुवा नगरपालिका–४ बसचोकस्थित क्षेत्रमा विशेष सूचनाका आधारमा गरिएको चेकजाँचका क्रममा लागू औषधसहित एक युवक पक्राउ परेका छन्। मिति २०८२ साल असार १९ गते दिउँसो १२:३० बजेको समयमा जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको संयुक्त प्रहरी टोलीले पश्चिमबाट पूर्वतर्फ पैदल आउँदै गरेका एक व्यक्तिलाई रोकी जाँच गर्दा लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ फेला परेको हो। पक्राउ परेका व्यक्ति सुनसरीको इटहरी उपमहानगरपालिका–२ निवासी २३ वर्षीय सिशिर भट्टराई रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। प्रहरीले उनको मलद्वारमा च्यापी ल्याएको अवस्थाम

    • प्रकाशित मितिः असार १९, २०८२
    • 970 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ताप्लेजुङमा पहिरोले घर पुरिँदा चार जना घाइते, तीनको अवस्था गम्भीर

    ताप्लेजुङ/  ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–३ मा गए राति आएको पहिरोले एक परिवारको घर पुरिँदा चार जना घाइते भएका छन्। स्थानीय हस्तबहादुर कटुवालको घर माथिबाट आएको पहिरोले पुरिँदा उनीसहित उनकी श्रीमती ठगमाया कटुवाल, छोरा जगत् कटुवाल र छोरी सम्झना कटुवाल घाइते भएका हुन्।स्थानीय मौसम सेलिङका अनुसार घरमाथिको कुलो थुनिएर पहिरो खसेको थियो। घटना लगत्तै कटुवाल परिवारलाई छिमेकीहरूले उद्धार गरेका थिए।प्रहरीका अनुसार घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ। उनीहरूलाई थप उपचारका लागि पाँचथर लैजाने तयारी भइरहेको जनाइएको छ।

    • प्रकाशित मितिः असार १८, २०८२
    • 594 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वराहक्षेत्र मन्दिर परिसरमा अज्ञात पुरुषको शव फेला, प्रहरीद्वारा अनुसन्धान सुरु

    वराहक्षेत्र/  सुनसरीको वराहक्षेत्र नगरपालिका–१ स्थित बराहक्षेत्र मन्दिर परिसरमा एक अज्ञात पुरुषको शव फेला परेको छ। मन्दिरको सिँढीको प्यासेज छेउमा सोमबार राति करिब ९ः३० बजे मृत अवस्थामा ती पुरुष भेटिएको इलाका प्रहरी चौकी बराहक्षेत्रले जनाएको छ। प्रहरीका अनुसार मृतक अन्दाजी ६० देखि ६५ वर्ष उमेरका, तराई मूलका देखिने व्यक्ति हुन्। स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। त्यसपछि प्रहरी निरीक्षक चित्रबहादुर बोगटीको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीको प्रारम्भिक जानकारी अनुसार ती व्यक्ति केही दिनदेखि मन्दिर परिसरमै माग्दै बस्दै आएका थिए। घटनापछि इलाका प्र

    • प्रकाशित मितिः असार १७, २०८२
    • 767 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • झापाको मेचीनगरमा चिया बगान श्रमिकका लागि स्वास्थ्य बीमा कार्यक्रम, २५ लाख बजेट विनियोजन

    झापा/  झापाको मेचीनगर नगरपालिकाले चिया बगानसहित विभिन्न क्षेत्रमा श्रम गर्ने श्रमिकका लागि स्वास्थ्य बीमा कार्यक्रम ल्याएको छ। यही असार १२ गते सम्पन्न नगरसभाबाट पारित नीति तथा कार्यक्रमसहितको आगामी आर्थिक वर्ष २०८२र८३ को बजेटमा श्रमिक लक्षित बीमा कार्यक्रम समावेश गरिएको हो। नगरपालिकाले चिया बगान तथा अन्य क्षेत्रमा काम गर्ने श्रमिकका लागि २५ लाख रुपैयाँ विशेष बजेट छुट्याएको छ। नगरप्रमुख गोपालचन्द्र बुढाथोकीका अनुसार दैनिक ज्यालादारीमा काम गर्दै परिवार चलाउने श्रमिक वर्गको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै यो कार्यक्रम ल्याइएको हो। उनले भने, “बगान र अन्य क्षेत्रमा मेहनत गरेर

    • प्रकाशित मितिः असार १७, २०८२
    • 610 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनसरीमा ६ केजी गाँजासहित दुई युवक पक्राउ

    सुनसरी/सुनसरीको देवानगंज गाउँपालिका–३ यादव टोलस्थित एक घरमा गाँजा कारोबार भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले छापा मारेर ६ किलोभन्दा बढी गाँजा बरामद गरेको छ। मिति २०८२ साल असार १६ गते राति ११:४० बजे इलाका प्रहरी कार्यालय देवानगंज र प्रहरी चौकी कप्तानगंजबाट खटिएको संयुक्त प्रहरी टोलीले राज कुमार यादवको घरमा कानुन अनुसार खानतलासी गर्दा मकैको खोयाको थुप्रोभित्र लुकाई राखिएको अवस्थामा ६.२८ केजी (छ किलो दुई सय अस्सी ग्राम) लागू औषध गाँजा फेला पारेको हो। प्रहरीले घटनास्थलबाट वर्ष १८ का राज कुमार यादव र निजकै घरमा बस्दै आएका वर्ष १८ कै राजु यादवलाई गाँजासहित नियन्त्रणमा लिई जिल्ला प्रहरी का

    • प्रकाशित मितिः असार १७, २०८२
    • 808 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved