धरानमा कार र मोटरसाइकल ठोक्किँदा दुई घाइते, कार चालक फरार

  • कार्तिक १०, २०८२
  • कोशीपत्र/संवाददाता
alt फाईल तस्बिर

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–१६ स्वस्तिका चौक नजिकको भीत्री सडकखण्डमा आईतबार राति कार र मोटरसाइकल एक–आपसमा ठोक्किँदा दुई जना घाइते भएका छन्।

मिती २०८२ कात्तिक ९ गते राति ९:५० बजे पूर्वबाट उत्तरतर्फ आउँदै गरेको बा २० च ५५४३ नम्बरको कार र विपरीत दिशाबाट आइरहेको प्रदेश १–०२–०५२ प ७९९७ नम्बरको NS मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनामा मोटरसाइकल चालक धरान–८ का २७ वर्षीय अनिश राईको दायाँ हातमा चोट लागेको छ भने पछाडि सवार उनकी श्रीमती २७ वर्षीया सुवास्ना तामाङको दायाँ खुट्टा भाँचिएको प्रहरीले जनाएको छ।

दुवै जनालाई उपचारका लागि घोपा अस्पताल धरान लगिएको र उनीहरूको अवस्था अहिले सामान्य रहेको छ।

यस घटनापछि बा २० च ५५४३ नम्बरको कार चालक धरान–१६ का ५५ वर्षीय दयाराम राई घटनास्थलबाट फरार भएका छन्।

फरार चालकको खोजीकार्य भइरहेको इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब निरीक्षक बविन राईले जानकारी दिनुभयो।

दुर्घटनामा संलग्न दुवै सवारीसाधन प्रहरी नियन्त्रणमा रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

 

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved