धरानमा चाडपर्व लक्षित विशेष सुरक्षा सतर्कता : कुकुरसहित संयुक्त चेकिङ अभियान

  • कार्तिक २, २०८२
  • कोशीपत्र/संवाददाता
alt

सुनसरी/  चाडपर्वलाई लक्षित गर्दै प्रहरीले धरानमा विशेष सुरक्षा सतर्कता अपनाएको छ।

यात्रुहरूको सुरक्षालाई प्राथमिकता दिँदै कोशी प्रदेश प्रहरी कार्यालय केनाइन शाखा, धरानले शनिबार विशेष ‘डग स्निफिङ’ (कुकुरद्वारा स्क्यानिङ) सहितको संयुक्त चेकिङ अभियान सञ्चालन गरेको हो।

धरान उपमहानगरपालिका–८ तिनकुनेस्थित कोशी लोकमार्ग क्षेत्रमा सञ्चालन गरिएको उक्त चेकिङमा दुईवटा तालिमप्राप्त कुकुर (डग) सहित २० जनाको संयुक्त टोली परिचालन गरिएको थियो।

उक्त टोलीमा इलाका प्रहरी कार्यालय धरान, ट्राफिक प्रहरी र केनाइन शाखा धरानका सुरक्षाकर्मीहरू सहभागी थिए।

प्रहरीका अनुसार चाडपर्वको समयमा यात्रु आवागमन र भीडभाड बढ्ने भएकाले सम्भावित आपराधिक गतिविधि, लागूऔषध ओसारपसार, विस्फोटक पदार्थ तथा अन्य अवैध सामान नियन्त्रणका लागि यो अभियान सञ्चालन गरिएको हो।

केनाइन शाखाका डगहरूद्वारा गरिएको विशेष स्क्यानिङ चेकिङले सुरक्षालाई थप सुदृढ बनाउने र यात्रुहरूमा प्रहरीप्रति विश्वास बढाउने उद्देश्य रहेको प्रहरीको भनाई छ।

घरेलु विवादको भयावह ...

झापा/ झापाको दमकमा श्रीमान्–श्रीमतीबीच भएको ...

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved