लेटाङमा बेपत्ता १३ वर्षीया अंशु गौतम मृत फेला, गाउँ शोकमा!

  • कार्तिक ७, २०८२
  • कोशीपत्र/संवाददाता
alt

मोरङ/१८ दिनदेखि बेपत्ता रहेकी लेटाङ नगरपालिका–२ स्कुलचोककी १३ वर्षीया अंशु गौतम विभत्स अवस्थामा मृत फेला परेकी छिन्।

अंशुको शव आज बिहान लेटाङ–बेलबारी सिमानासँगैको जंगल क्षेत्रमा हत्या गरिएको अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय लेटाङले पुष्टि गरेको छ।

गत असोज २१ गते दिउँसो ‘साथी भेट्न जाँदै छु’ भन्दै घरबाट निस्केकी अंशु त्यसयता बेपत्ता थिइन्। परिवारले सर्वत्र खोजी गरे पनि उनीबारे कुनै पत्ता नलागेको अवस्थामा आज बिहान उनको शव फेला परेको हो।

इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक राकेश रेग्मीका अनुसार बालिकाको हत्या कसले र किन गर्‍यो भन्ने विषयमा गम्भीर रूपमा अनुसन्धान सुरु गरिएको छ।

उनले भने, “अपराधी पहिचान र नियन्त्रणमा लिन प्रहरी टोलीले सबै कोणबाट खोजी कार्य तीव्र गतिमा अघि बढाएको छ।”

घटनापछि गाउँभर शोक र आक्रोश फैलिएको छ। स्थानीय बासिन्दाले अपराधीलाई तत्काल पक्राउ गरी कडा कानुनी कारबाही गर्न माग गरेका छन्।

शवलाई पोष्टमार्टमका लागि पठाइएको छ भने विस्तृत विवरण अनुसन्धानपछि मात्र सार्वजनिक गरिने प्रहरीले जनाएको छ।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved