वेवारिसे अवस्थामा पुरुष फेला, गम्भीर अवस्थामा उपचाररत

  • कार्तिक १०, २०८२
  • कोशीपत्र/संवाददाता
alt

झापा/मेचीनगर नगरपालिका–१० टिकापुरस्थित नागरडुब्बा खोलाको किनारमा एक पुरुष बेवारिसे अवस्थामा फेला परेका छन्।

आज मिति २०८२ कार्तिक १० गते बिहान करिब ७:३० बजे स्थानीय बासिन्दाले करिब ३५–३६ वर्ष उमेरका ती पुरुष खोलाको किनारमा लडिरहेको अवस्थामा देखेपछि इलाका प्रहरी कार्यालय धुलाबारीलाई जानकारी दिएका थिए।

सूचना पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेको थियो। गम्भीर अवस्थामा रहेका ती पुरुषलाई तत्काल उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको इलाका प्रहरी कार्यालय धुलाबारीले जनाएको छ।

हाल ती पुरुष बोल्न नसक्ने अवस्थामा छन् भने उनको नाम, थर र ठेगाना खुलेको छैन। प्रहरीका अनुसार उनको परिचय र आफन्तको खोजी कार्य जारी छ।

 

 

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved