प्लास्टिकको झोलाभित्र र बरन्डामा फालिएका दुई नवजात शिशु जीवितै उद्धार

  • कार्तिक २, २०८२
  • कोशीपत्र/संवाददाता
alt झापामा फेलापरेकि नवजात शिशु अस्पतालमा उपचार हुदै

धरान/सुनसरी र झापाका दुई ठाउँमा फालिएका नवजात शिशुहरू जीवितै फेला परेका छन् । समयमै उद्धार भएपछि दुवै शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

सुनसरीको कोशी गाउँपालिका–८, शर्मा टोलमा शनिबार राति करिब ९ बजे एक नवजात शिशु प्लास्टिकको झोलामा बेरेर फालिएको अवस्थामा स्थानीय विजय कुमार खत्वेले फेला पारेका थिए ।

खत्वेले बच्चा रोएको आवाज सुनेर नजिक पुगेका थिए । घटनास्थलमा पुग्नेबित्तिकै उनले तत्काल इलाका प्रहरी कार्यालय भन्टावारीलाई जानकारी गराए ।

समाचार पाउँदासाथ प्रहरी वरिष्ठ नायब निरीक्षक पुण्यप्रसाद अधिकारीको नेतृत्वमा खटिएको टोली स्थानीयको सहयोगमा पुगेको थियो । टोलीले शिशुलाई उद्धार गरी तुरुन्तै कोशी हेल्थ केयर भन्टावारीमा प्राथमिक उपचारका लागि पुर्‍यायो ।

अस्पतालका चिकित्सकका अनुसार शिशु भर्खरै जन्मिएको देखिन्छ र उद्धारको समयमा अवस्था सामान्य थियो ।

त्यसैगरी, झापाको बुद्धशान्ति गाउँपालिका–७, सुनमाईस्थित एक घरको बरन्डामा पनि अन्दाजी ४–५ दिनकी नवजात छोरी फेला परेकी छिन् ।

ताप्लेजुङ श्रिजंगा गाउँपालिका–७ का भाडावासी ओमप्रकाश तुमीहाङ लिम्बुले घरको बरन्डामा शिशु देखेपछि तत्काल इलाका प्रहरी कार्यालय बुधबारेलाई खबर गरेका थिए ।

प्रहरी टोली र स्थानीयवासीको उपस्थितिमा शिशुलाई उद्धार गरी प्रदेशीय अस्पताल भद्रपुर पुर्‍याइएको हो ।

अस्पतालका चिकित्सकले शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको जनाएका छन् ।

प्रहरीले दुवै घटनामा शिशुहरूलाई फाल्ने व्यक्तिको खोजी र अनुसन्धान सुरु गरेको जनाएको छ ।

यी घटनाले समाजमा अझै पनि नवजात शिशु परित्यागजस्ता अमानवीय गतिविधि रोक्न चेतनाको आवश्यकता रहेको तथ्य उजागर गरेको छ ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved