धरानको धार्मिक क्षेत्रको सरसफाइमा स्थानीय सरकार उदासीन: संघसस्थाहरुद्वारा सरसफाइ अभियान सञ्चालन

  • कार्तिक २, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरान उपमहानगरपालिका वडा नं. १४ स्थित विजयपुर क्षेत्र धार्मिक पर्यटन गन्तव्यको रूपमा परिचित छ ।

पिण्डेश्वर, बुढासुब्बा, दन्तकाली, भीमसेन, शनि, पाथीभरा लगायतका मन्दिरहरू रहेको यो क्षेत्र वर्षभरि हजारौँ भक्तजनले दर्शन गर्ने केन्द्र बनेको छ ।

तर, धार्मिक सम्भावनाले भरिपूर्ण यस ठाउँलाई विकास गर्ने लक्ष्य सार्वजनिक गरे पनि स्थानीय सरकारले सरसफाइ र फोहोर व्यवस्थापनजस्ता आधारभूत कुरामा समेत आवश्यक ध्यान नदिएको आरोप स्थानीयवासीले लगाएका छन् ।

विजयपुरलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने भन्दै उपमहानगरपालिकाले नीति तथा कार्यक्रममा समेटे पनि व्यवहारमा भने पहल कमजोर देखिएको छ । स्थानीयको भनाइ अनुसार उपमहानगरपालिकाले फोहोर संकलनका लागि हप्तामा एकपटक आउने भनिए पनि कतिपय हप्ता त फोहोर उठाउने टोली नै नदेखिने गरेको छ ।

यसबीच, इटहरीस्थित पृतना कार्यालय अन्तर्गतको भगवती गणका नेपाली सेनाले वडा कार्यालयसँग समन्वय गर्दै विजयपुर क्षेत्र सरसफाइ अभियान सुरू गरेको छ । दुईधारे सडक आसपासको नाली सफाइ तथा झार उखेलेर सेनाले धार्मिक स्थल वरपरको क्षेत्र व्यवस्थित बनाएको धरान उपमहानगरपालिका वडा नं. १४ का वडा सदस्य राम तामाङले बताऐ ।

दन्तकाली मन्दिरका पुजारी कमल भट्टराईले सेनाको पहलको प्रशंसा गर्दै यसलाई निरन्तरता दिनुपर्ने बताउनुभयो । धार्मिक क्षेत्रको महत्व बुझेर सेनाले अग्रसरता लिएको बताए ।

नजिकको देउता हेला भन्ने उखानजस्तै, धरानको शिर मानिने विजयपुरका पवित्र स्थानमा बाह्य संघसंस्थाले देखाएको तत्परताभन्दा स्थानीय सरकार र समुदायको सरोकार कमजोर देखिनु चिन्ताजनक पक्ष हो । धार्मिक पर्यटन प्रवद्र्धनको आधार नै स्वच्छता र व्यवस्थापन हो भन्ने तथ्यलाई राज्य संरचनाले आत्मसात् गर्नुपर्ने आवश्यकता देखिन्छ ।

विजयपुरलाई वास्तविक धार्मिक पर्यटन केन्द्रमा रूपान्तरण गर्न चाहिँ स्थानीय सरकार, समुदाय, धार्मिक मठमन्दिर समिति र सुरक्षासंस्थाबीच दीर्घकालीन समन्वय अनिवार्य छ ।

सरसफाइलाई अभियान होइन, संस्कृतिको रूपमा विकास गर्न सकेमा मात्र विजयपुरको आध्यात्मिक महिमा र पर्यटन सम्भावना उजागर हुन सक्छ ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved