धरान–११ मा ठूलो परिमाणमा लागू औषधसहित तीन जना पक्राउ

  • कार्तिक ३, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरानमा लागू औषध कारोबार भइरहेको विशेष सूचनाको आधारमा प्रहरीले ठूलो परिमाणमा ट्याब्लेटसहित तीन जनालाई नियन्त्रणमा लिएको छ।

इलाका प्रहरी कार्यालय धरानबाट खटिएको टोलीले धरान उप–महानगरपालिका–११ स्थित बिकाश परियारको घरमा सोमबार दिउँसो १ः२५ बजेतिर खानतलासी गर्दा Decolic ५०० ट्याब्लेट र Tramol ५०० ट्याब्लेट फेला पारेको हो।

उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले
१. धरान–११ का ३१ वर्षीय बिकाश परियार,
२. सोही स्थानका २२ वर्षीय विजय परियार, र
३. धरान–१७ का ३६ वर्षीय इन्द्र राई
लाई पक्राउ गरी थप अनुसन्धान अघि बढाएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ।

पक्राउ परेका तीनै जनामाथि लागू औषध नियन्त्रण ऐन अन्तर्गत मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved