माई खोलामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

  • कार्तिक १०, २०८२
  • कोशीपत्र/संवाददाता
alt

झापा/ शिवसताक्षि नगरपालिका–९ बैसबारीस्थित माई खोलाको बीच भागमा एक पुरुषको शव फेला परेको छ ।

मिति २०८२ कार्तिक १० गते साँझ करिब ४ बजेर ५० मिनेट जाँदा खोलामा डुबेको अवस्थामा शव देखेपछि स्थानीयले इलाका प्रहरी कार्यालय झिलझिलेलाई खबर गरेका थिए ।

प्रहरीका अनुसार मृतकको पहिचान हालसम्म खुल्न सकेको छैन । उनको उमेर करिब ५५–५६ वर्षको रही, पहाडे मूलका मंगोलियन अनुहारका थिए ।

उनले कम्मरभन्दा मुनि मात्र कालो रङको ट्र्याकसुट लगाएका थिए ।

खबर पाएलगत्तै प्रहरी निरीक्षकको कमाण्डमा टोली घटनास्थल पुगेर शव उठाई कानुनी प्रक्रिया अघि बढाएको छ ।

स्थानीयका अनुसार शव पानीको बीच भागमा तैरिरहेको अवस्थामा देखिएको थियो । घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान थालेको जनाएको छ ।

 

ग्यारेजको क्यान्टिनम ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–२ रामच ...

९१५ किलो गाँजासहित च ...

धरान/ सुनसरीको इनरुवामा ९१५ किलोभन्दा बढी गाँजा सह ...

देव कुमारी-शिव प्रसा ...

विराटनगर/ ७१ औं प्रहरी दिवसको अवसरमा देव कुमारी-शिव प्र ...

धरानको भोटेपुलमा ट्र ...

धरान/ सुनसरीको धरान–८ भोटेपुलस्थित कोशी लोकम ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved