स्वास्थ्य

    Showing 301-310 of 2,527 items.
  • धरानमा एकै दिन तीन स्थानबाट ठूलो परिमाणमा लागूऔषध बरामद, दुई फरार–दुई पक्राउ

    धरान/ विशेष सूचनाका आधारमा खटिएको प्रहरीले धरानका विभिन्न क्षेत्रमा एकै दिन तीन छुट्टाछुट्टै अप्रेसन चलाउँदै ठूलो परिमाणमा लागूऔषध बरामद गरेको छ। दुई जना नियन्त्रणमा परेका छन् भने दुई जना मोटरसाइकल छाडेर फरार छन्। १.बौद्धविहार–कोशी राजमार्गबाट ४९ किलो गाँजा बरामद, दुई चालक फरार शुक्रबार  राति २२:२० बजे धरान–४ बौद्धविहार नजिकै कोशी राजमार्गमा PIT, प्रदेश प्रहरी कार्यालय विराटनगर, इलाका प्रहरी कार्यालय धरान र भेडेटारको संयुक्त टोलीले भेडेटारबाट धरानतर्फ आउँदै गरेका को ३० प ४५४४ र बा ५१ प ५४१३ नम्बरका दुई मोटरसाइकल रोक्ने प्रयास गरेको थियो। तर दुवै चालकले मोटरसाइकल नरोकी भाग्

    • प्रकाशित मितिः कार्तिक २९, २०८२
    • 1,028 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • घाँस काट्न निस्केकी महिलामाथि बला*त्कार, ४२ वर्षीय पुरुष पक्राउ

    झापा/ घाँस काट्न निस्केकी एक २७ वर्षीया महिलामाथि जबरजस्ती करणी भएको घटनाले झापा अहिले तातेको छ। बालुवा झैँ शान्त साँझमा घाँस काट्न घरअघि निस्केकी ती महिलालाई ४२ वर्षीय पुरुषले जबरजस्ती तानेर पसलभित्रै लगेर बलात्कार गरेको आरोप लागेको हो। कात्तिक २७ गते साँझ करिब ६ बजे भएको भनिएको यो घटनाबारे महिला पक्षले दिएको लिखित जाहेरीका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको छ। करिब एक वर्षदेखि माइतीघरमा बस्दै आएकी ती महिलामाथि जबरजस्ती हात समातेर तान्दै लगिएको जाहेरीमा उल्लेख छ। घटनापछि कात्तिक २८ गते दिउँसो १ बजेतिर पीडित पक्षले जिल्ला प्रहरी कार्यालय झापामा औपचारिक उजुरी दर्ता गरेका थिए। उजुरी

    • प्रकाशित मितिः कार्तिक २९, २०८२
    • 426 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ९८ किलो गाँजा सिटी सफारीमा लोड गर्दागर्दै दुई पक्राउ

    सुनसरी/इटहरी उप–महानगरपालिका–३ डाँडागाउँ टोलमा ठूलो परिमाणको लागूऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा गएको अस्थायी प्रहरी चौकी तालतलैयाको टोलीले बिहीबार  दिउँसो १२:३० बजे कल्पना राईको घरमा छापा मार्दा घरमै सिटी सफारीमा गाँजा लोड भइरहेकाे अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो। प्रहरीका अनुसार घर अनुसन्धान गर्ने क्रममा सिटी सफारी (प्र. १–०२–००३ ह ९०५५) मा राखिएको अवस्थामा ९८ किलो (अन्ठानब्बे किलो) गाँजा फेला परेको थियो। घटनास्थलबाट घरधनी ३५ वर्षीया कल्पना राई र त्यही घरमा बस्दै आएका २० वर्षीय मनोज राईलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको

    • प्रकाशित मितिः कार्तिक २८, २०८२
    • 687 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानबाट लागूऔषधसहित दुई युवक पक्राउ

    विराटनगर/ सुनसरीको धरान–६ बाट लागूऔषधसहित दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ। लागूऔषध नियन्त्रण अभियानअन्तर्गत धरानसहित झापा र बर्जुमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको हो। धरान–६ मा रहेको प्रहरी चौकी पानबारीले सोही स्थानका रोशन राई र अभिषेक बिश्वकर्मालाई निषेधित औषधि ट्रामाडोलका २६१ क्याप्सुल र २८४ ट्याब्लेट सहित पक्राउ गरेको जनाएको छ। यसैबीच, झापाको मेचीनगर नगरपालिका–६ मा इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको टोलीले कमल गाउँपालिका–३ का प्रज्वल बाँनियालाई ३ ग्राम १३० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ। त

    • प्रकाशित मितिः कार्तिक २७, २०८२
    • 542 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानका ६५ वर्षीय पुरुषको गौरादहको मानव उद्धार केन्द्रमा मृ*त्यु

    झापा/धरानका एक ६५ वर्षीय पुरुषको झापाको गौरादहस्थित मानव उद्धार सेवा केन्द्रमा मृत्यु भएको छ। मिति २०८२ साल असोज २९ गते दमक नगरपालिका–५ गोर्खा डिपार्टमेन्ट नजिकै वेवारिसे अवस्थामा फेला परेका सुनसरी, धरान घर भएका आनन्द राईलाई उद्धार गरी गौरादह नगरपालिका–५ महारानिझोडास्थित मानव उद्धार सेवा केन्द्रमा राखिएको थियो। तर मिति २०८२ साल कार्तिक २६ गते साँझ करिब ४ बजेर ३० मिनेटको समयमा राई सुतेको अवस्थामा मृत फेला परेका हुन्। प्रहरीका अनुसार मृतकलाई मुटु, लिभर, जण्डिसका समस्या थिए र केही समयअघि हर्नियाको अपरेशन समेत गरिएको बुझिएको छ। घटनाबारे थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय दमक

    • प्रकाशित मितिः कार्तिक २७, २०८२
    • 594 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • लागूऔषध कारोबारमा संलग्न दुई महिला सहित ९ जना पक्राउ

    विराटनगर/ मोरङ, सुनसरी र ताप्लेजुङका विभिन्न स्थानमा प्रहरीको संयुक्त अभियानबाट लागूऔषध कारोबारमा संलग्न नौ जना पक्राउ परेका छन् । पक्राउ परेकामध्ये दुई महिला पनि रहेका छन् । कार्तिक २५ गते मोरङको इलाका प्रहरी कार्यालय मधुमल्ला र उर्लाबारीबाट खटिएको टोलीले उर्लाबारी नगरपालिका–१ की दुर्गा देवी भण्डारीलाई उनकै घरबाट १९ ग्राम २०० मिलिग्राम ब्राउन सुगर र डिजिटल तराजु सहित पक्राउ गरेको हो । सोही क्रममा संकास्पद अवस्थामा रहेका गिरिजा तामाङ र चन्द्र बहादुर दनुवारलाई पनि १ ग्राम ५२० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । त्यसैगरी, इलाका प्रहर

    • प्रकाशित मितिः कार्तिक २६, २०८२
    • 601 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानबाट ब्राउन सुगर र ट्याब्लेटसहित दुई युवक पक्राउ

    सुनसरी/  धरानमा रातिको समयमा प्रहरीले गरेको विशेष अपरेसनबाट दुई युवक लागूऔषधसहित पक्राउ परेका छन्। मिति २०८२ कार्तिक २५ गते राति करिब १० बजे धरान उपमहानगरपालिका–१९ प्रगति चोकमा लागूऔषध कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा अस्थायी प्रहरी चौकी बरगाछीबाट खटिएको प्रहरी टोलीले धरानमै बसोबास गर्दै आएका २५ वर्षीय समिर बिक र २५ वर्षीय अर्जुन बिकलाई नियन्त्रणमा लिएको हो। प्रहरीले चेकजाँच र खानतलासी गर्ने क्रममा उनीहरूको साथबाट ब्राउन सुगर  २.३८ ग्राम (दुई ग्राम तीन सय असी मिलिग्राम), ट्रामाडोल ५२ क्याप्सुल र डिकोलिक ५२ ट्याब्लेट बरामद

    • प्रकाशित मितिः कार्तिक २६, २०८२
    • 655 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा ११ किलो गाँजासहित युवक पक्राउ

    धरान/ सुनसरीको धरान उपमहानगरपालिका–२० को कोकाहा खोलामा प्रहरीले ठूलो परिमाणको गाँजासहित एक युवकलाई नियन्त्रणमा लिएको छ। मंगलबार साँझ करिब ७:४० बजे लागूऔषध ओसारपसार भइरहेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको टोलीले धनकुटाबाट धरानतर्फ आउँदै गरेको प्रदेश १–०२–०५३ प ९९८२ नम्बरको मोटरसाइकल रोकेर जाँच गर्दा झोलाभित्र गाँजा ११ किलो पदार्थ फेला पारेको हो। मोटरसाइकल चालक धनकुटा सहिदभूमि गाउँपालिका–१ का २३ वर्षीय सिद्धार्थ राईलाई उक्त गाँजा र मोटरसाइकलसहित नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय धरानमा ल्याइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अन

    • प्रकाशित मितिः कार्तिक २६, २०८२
    • 613 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • झापामा ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

    झापा/ झापाको झापा गाउँपालिका–६ शरणामतीमा ट्याक्टर दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ। मंगलबार बिहान करिब १० बजे शरणामतीका ४५ वर्षीय सुनिल सोरेन आफैंले चलाइरहेको मे १ त ३३१६ नम्बरको ट्याक्टर निकाल्ने क्रममा दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परि उनको दुवै खुट्टा र टाउकोमा गम्भीर चोट लागेको थियो। घाइते अवस्थामै उपचारका लागि बिर्तामोडस्थित बिर्तासिटी अस्पताल लगिएकोमा उपचारको क्रममा सोही दिन दिउँसो ३:३० बजे उनको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालयले जनाएको छ।  

    • प्रकाशित मितिः कार्तिक २६, २०८२
    • 295 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनसरीमा ट्रक र मोटरसाइकल ठोक्किँदा एक महिलाको मृत्यु, चालक घाइते

    सुनसरी/ सुनसरीको भोक्राहा नर्सिङ गाउँपालिका–७ स्थित हुलाकी राजमार्गमा ट्रक र मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मिति २०८२ कार्तिक २५ गते बिहान ११:४५ बजे सप्तरीबाट हरिनगरा तर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ख ९२०७ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १–०२–०४१ प ४४३० नम्बरको मोटरसाइकल भुटाहा पुल नजिक ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकल चालक  ३५ वर्षीय लक्ष्मण मेहता र पछाडि सवार  करिब ४०–४५ वर्षीया रसिदा खातुन घाइते भएका थिए । उपचारका लागि बिराटनगरस्थित गोल्डेन अस्पताल पुर्‍याइएकोमा रसिदा खातुनलाई

    • प्रकाशित मितिः कार्तिक २६, २०८२
    • 454 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved