धरानमा बस दुर्घटना : १८ महिनाको शिशुसहित ५ जनाको घटनास्थलमै मृत्यु, १२ घाइते

  • माघ ४, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–१३ स्थित जिरोप्वाइन्टमा भएको बस दुर्घटनाले शोकमा डुबाएको छ।

भेडेटारबाट धरानतर्फ आउँदै गरेको शैक्षिक भ्रमणको बस अनियन्त्रित भई सडक छेउमा रहेको न्यू सभा मेडिकल मा ठोक्किँदा १८ महिनाको शिशुसहित ५ जनाको घटनास्थलमै मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्।

प्रहरीका अनुसार मिति २०८२।१०।०४ गते दिउँसो ४ः१० बजे कोशी राजमार्ग अन्तर्गत जिरोप्वाइन्ट क्षेत्रमा को.१ ख ७११९ नम्बरको बस दुर्घटनामा परेको हो। उक्त बस टाइम्स इन्टरनेशनल एकेडेमी स्कुल, जनकपुर को शैक्षिक भ्रमणमा प्रयोग भएको खुलेको छ।

दुर्घटनामा बसमा सवार १३ जनामध्ये २ जना र मेडिकलमा रहेका ३ जना गरी जम्मा ५ जनाको ज्यान गएको प्रहरीले जनाएको छ।

मृतकको विवरण

महोत्तरी गैडादेवपुर–८ का रोहित कुमार मण्डलका १८ महिनाका छोरा रिसब कुमार मण्डल (बसमा सवार)

महोत्तरी गैडादेवपुर–८ का ३१ वर्षीय धैरिया कुमार यादव (बसमा सवार)

सुनसरी बराहक्षेत्र नगरपालिका–३ का २० वर्षीय ओमेश राई (मेडिकलमा रहेका)

झापा मेचीनगर नगरपालिका निवासी १९ वर्षीय नयन थापा मगर (मेडिकलमा रहेका)

धरान–१३ की २४ वर्षीया सुवेक्षा सुब्बा (न्यू सभा मेडिकल सञ्चालिका)

दुर्घटनामा घाइते भएका १२ जनालाई तत्काल उद्धार गरी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान (घोपा) मा उपचारका लागि पठाइएको छ।

प्रहरीका अनुसार बसमा सवार रिना मण्डल, जितेन्द्र मण्डल, चालक महमत मुलाल, सुनेना देवी मण्डल र कृष्ण मण्डल को अवस्था गम्भीर रहेको छ। अन्य घाइतेहरूको अवस्था मध्यमदेखि सामान्य रहेको बताइएको छ।

घटनाको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय धरान र प्रदेश प्रहरी कार्यालय सुनसरी बाट खटिएको टोलीले उद्धार, अनुसन्धान र घटनास्थल नियन्त्रणको काम गरेको थियो।

दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

थप विवरण आउन बाँकी छ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved