धरान/ सुनसरीको धरान उपमहानगरपालिका–१७ स्थित सप्तरङ्गी पार्क क्षेत्रमा लागूऔषध कारोबार भइरहेको सूचनाका आधारमा प्रहरीले एक व्यक्तिलाई ब्राउन सुगरसहित पक्राउ गरेको छ।
मिति २०८२ साल पुस २९ गते साँझ करिब ६ः३० बजे अस्थायी प्रहरी चौकी रेल्बेबाट खटिएको प्रहरी टोलीले धरान–१७ निवासी करिब ४० वर्षीय अमित थापा मगरलाई शंका लागी चेकजाँच तथा खानतलासी गर्दा उनको साथबाट लागूऔषध ब्राउन सुगर १.०२ ग्राम (एक ग्राम २) मिलिग्राम फेला पारेको हो।
फेला परेको लागूऔषधसहित थापा मगरलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धरानमा ल्याई थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। प्रहरीले लागूऔषध ओसारपसार र कारोबार विरुद्ध कडाइका साथ निगरानी बढाइएको पनि जनाएको छ।
धरानमा पछिल्लो समय लागूऔषध कारोबार बढ्दै गएको भन्दै सुरक्षानिकायले समुदायसँग सहकार्य गरेर यस्ता गतिविधि नियन्त्रणमा जोड दिँदै आएको छ।