सुनसरीमा गाँजा बोकेको मोटरसाइकल दुर्घटना, दुई युवक पक्राउ

  • पुस २९, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/  सुनसरीको रामधुनी नगरपालिकामा गाँजा बोकेको मोटरसाइकल दुर्घटनामा परेपछि ठूलो परिमाणको लागूऔषध फेला परेको छ।

दुर्घटनासँगै प्रहरीले १८ किलो हाराहारी गाँजा बरामद गर्दै दुई युवालाई नियन्त्रणमा लिएको हो।

२०८२ साल पुस २८ गते राति करिब ९ बजेर १० मिनेटमा रामधुनी नगरपालिका वडा नं.१ मा प्र.१–०४–००२ प. २२४८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई लडेर दुर्घटना भएको थियो।

घटनाको सूचना पाउनासाथ इलाका प्रहरी कार्यालय रामधुनीबाट खटिएको टोली घटनास्थलमा पुगेको थियो।

दुर्घटनामा मोटरसाइकल चालक कोशी गाउँपालिका–६ का १९ वर्षीय उदय मुखिया र पछाडि सवार सोही ठाउँका १९ वर्षीय गणेश कुमार मुखिया सामान्य घाइते भएका थिए।

दुवैलाई उपचारका लागि रामधुनी मेडिकल हल, झुम्कामा पठाइएको प्रहरीले जनाएको छ।

प्रहरीले मोटरसाइकल जाँच गर्ने क्रममा त्यसमा राखिएका दुई वटा झोलाभित्र प्याक गरिएको अवस्थामा गाँजा  फेला पारेको थियो। तौल गर्दा जम्मा १७ किलो ९ सय ६ ग्राम गाँजा रहेको पुष्टि भएको छ।

लागूऔषधसहित मोटरसाइकल समेत बरामद गरी उपचारपछि दुवै युवकलाई इलाका प्रहरी कार्यालय पकलीमा ल्याई थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved