धरानबाट ब्राउन सुगरसहित चार जना पक्राउ

  • माघ ४, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरान उप–महानगरपालिकामा लागूऔषध कारोबारविरुद्ध प्रहरीले चलाएको विशेष अभियानका क्रममा दुई फरक स्थानबाट चार जनालाई नियन्त्रणमा लिइएको छ।

प्रहरीलाई प्राप्त सूचनाको आधारमा वडा प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी चौकी विजयपुरबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले मिति २०८२ साल माघ ३ गते साँझ ६ः२० बजे धरान–१३ फुस्रेमा डेरा गरी बस्दै आएका २८ वर्षीय रोमन भुजेलको कोठामा खानतलासी गरेको थियो।

खानतलासीका क्रममा भुजेलको कोठाबाट ब्राउन सुगर १.३९ ग्राम बरामद भएको प्रहरीले जनाएको छ।

धनकुटाको साँगुरीगढी गाउँपालिका–६ घर भएका भुजेललाई लागूऔषधसहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धरानमा थप अनुसन्धान भइरहेको छ।

 सोही दिन राति ८ः२० बजे धरान–९ बगैचालाइन क्षेत्रमा लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा अस्थायी प्रहरी चौकी श्यामचोक धरानबाट खटिएको प्रहरी टोलीले २८ वर्षीय राजकुमार राईको कोठामा खानतलासी गरेको थियो।

खानतलासीका क्रममा राईको कोठाबाट प्रतिबन्धित लागूऔषध ट्रामाडोल २६० क्याप्सुल र स्पास्पेन २६० ट्याब्लेट फेला परेको प्रहरीले जनाएको छ।

उक्त घटनामा संलग्न रहेको आरोपमा धरान–११ का २५ वर्षीय अभय थापा मगर र धरान–१० का १७ वर्षीय सौरभ राजधामीलाई समेत नियन्त्रणमा लिइएको छ। पक्राउ परेका सबैलाई लागूऔषधसहित इलाका प्रहरी कार्यालय धरानमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रहरीले लागूऔषध कारोबार र प्रयोगविरुद्ध अभियानलाई अझ कडाइका साथ अघि बढाइने जनाएको छ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved