बीपी प्रतिष्ठानमा ‘साइन्याप्स २०२६’ भव्य रूपमा सुरु, १९ मेडिकल कलेजको सहभागिता

  • माघ १६, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरानस्थित बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अन्तर–मेडिकल कलेज स्तरीय प्रतिष्ठित कार्यक्रम ‘साइन्याप्स २०२६’ शुक्रबारबाट भव्य रूपमा सुरु भएको छ।

विद्यार्थी कल्याण समाजको आयोजनामा सुरु भएको यो सातदिने महोत्सवले भावी स्वास्थ्यकर्मीहरूलाई शैक्षिक गतिविधिभन्दा बाहिरका प्रतिभा प्रस्तुत गर्ने अवसर प्रदान गर्ने उद्देश्य राखेको छ।
प्रतिष्ठानको परिसरमा आयोजित उद्घाटन समारोहको उद्घाटन प्रतिष्ठानका उपकुलपति प्रा.डा. विक्रम प्रसाद श्रेष्ठले गरेका हुन्।

अन्तर–मेडिकल कलेजस्तरीय यो प्रतिष्ठित कार्यक्रम सन् २०१८ देखि हरेक दुई वर्षमा आयोजना हुँदै आएको भए पनि कोभिड–१९ महामारीका कारण बीचमा स्थगित भएको थियो।

विद्यार्थी कल्याण समाजका वरिष्ठ उपाध्यक्ष मोहम्मद मोहम्मदलरीका अनुसार आठ वर्षपछि पुनः आयोजना गरिएको साइन्याप्स २०२६ मा देशभरका १९ वटा मेडिकल कलेजको सहभागिता रहेको छ।
उनका अनुसार साइन्याप्स २०२६ अन्तर्गत खेलकुद, कला, साहित्य तथा सांस्कृतिक कार्यक्रमहरू समावेश छन्।

खेलकुदतर्फ क्रिकेट, फुटबल, फुटसल, बास्केटबल, भलिबल, ब्याडमिन्टन, टेबल टेनिस, एथलेटिक्स, चेस, क्यारम, ई–स्पोर्ट्स, जिम स्पोर्ट्स तथा स्विमिङ प्रतियोगिता हुनेछन्। त्यसैगरी कला र साहित्यतर्फ क्विज प्रतियोगिता, चित्रकला, कविता वाचन, कथा लेखन र वादविवाद कार्यक्रमहरू आयोजना गरिनेछन्।

उद्घाटन समारोहअघि सहभागी विद्यार्थीहरूको सहभागितामा पैदल यात्रा कार्यक्रमसमेत गरिएको विद्यार्थी कल्याण समाजकी सदस्य कान्तिपुर बास्तोलाले जानकारी दिइन्। महोत्सवभर विविध सांस्कृतिक कार्यक्रमहरू रहने र अन्तिम दिन चर्चित रक ब्याण्डको कन्सर्टमार्फत समापन गरिने उनले बताइन्।

उद्घाटन समारोहमा प्रतिष्ठानका रेक्टर प्रा।डा। संजीव कुमार शर्मा, रजिष्ट्रार प्रा।डा। सूर्यप्रसाद संग्रौला, निर्देशक डा। जगत नारायण प्रसादलगायत उच्च पदस्थ व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

भारतको प्याजमा निर्भ ...

धरान/ भारतमा प्याजको मूल्य बढ्नु र नेपालमा प्याज उ ...

बाढीपीडितको पीडामा प ...

काठमाडौं/  पश्चिम नेपाल बस व्यवसायी प्रालिले प्रधा ...

धरानमा १ हजार जनाको ...

धरान/ ज्येष्ठ नागरिकमा बढ्दो हड्डी कमजोर हुने समस् ...

बाढी प्रभावितको सहयो ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved