इटहरी । इटहरी उपमहानगरपालीका कार्यालयमा कार्यरत एक सवारी चालक सहित ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कार्यालयमा कार्यरत इञ्जिनयर सहित वार्ड नं ६ का एक पुरूष र कार्यालयकै एक सवारी चालकलाइ कोरोना पुष्टि भएको हो । विपि प्रतिष्ठानमा धरान पठाईएको ६६ जनाको स्वाब पिसिआर परिक्षण गर्दा ३ जनामा कोरोना पोजेटिभ देखिएको इटहरी उपमहानगर स्वास्थ्य शाखा प्रमुख रामचरण चौधरीले बताउनुभयो । त्यस्तै इटहरी उपमहानगर अन्तरगत इटहरी अस्पतालका इमरजेन्सी शाखा प्रमुख रामकुमार धमलाले पनि एक जनामा कोरोना पुस्टी भएसंगै अब इटहरीमा खतरा बढेको बताउनुभएको छ । हाल सम्म ३ जनामा कोरोना पुस्टी भएपछि समुदाय स्तरमा कोरोना फैलिएक
धरान । धरानमा कोरोना संक्रमण फैलिन शुरु भएको औद्योगिक क्षेत्रमा रहेको पृती भल्व एन्ड फिटिङ्स उद्योगमा कार्यरत थप १ जनाको कोरोना संक्रमण पुष्टि भएको छ । केही दिन अघि देखिएका धरान १३ का कोरोना संक्रमित युवाको कनट्र्याक्ट ट्रेसिङको क्रममा उद्योग मै कार्यरत धरान १५ बस्ने एक जना ५० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताले जानकारी दिएका छन् । धरानमा भेटिएका सङ्क्रमितहरू औद्योगिक क्षेत्र भित्र रहेकाहरूमा मात्रै देखिएको थियो तर पहिलो पटक सोही औद्योगिक क्षेत्र भित्र काम गरेर दैनिक आउजाउ गर्नेमा कोरोना पुष्टि भएको हो ।
इलाम / इलाम स्थित सशस्त्र प्रहरी बल हेड क्वार्टर एक नम्बर गणमा कोरोनाको संक्रमण फैलिएपछि त्यसकै आसपासमा रहेको मालपोत कार्यालय र शिक्षा विकास तथा समन्वय इकाइको सेवा केही दिनलाई बन्द हुने भएको छ । कोभिड १९ जिल्ला संकट व्यवस्थापन केन्द्र (डिएमसिसिले) को बैठकले दुई कार्यालयले सेवाग्राहीलाई दिदै आएको सेवा केहि दिनलाई बन्द गर्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी नविन कुमार न्यौपानेले जानकारी दिए । ‘इलाममा अहिले समुदायस्तरसम्म कोरोनाको संक्रमण फैलिसकेको छैन भन्ने समितिको निष्कर्ष छ, त्यसैले लकडाउन गर्नुपर्ने आवश्यकता देखिएन’, न्यौपानेले भने,‘लकडाउन गर्नुपर्ने अवस्था आयो भने स
धरान । समुदाय स्तरमै कोरोना संक्रमण देखिन थाले पछि धरान उपमहानगरपालिकाले ५ सय जनाको पिसिआर टेस्ट गर्ने भएको छ । आइतबार धरान उपमहानगरपालिका मा भएको छलफलमा मंगलबार देखि संक्रमण को जोखिम मा रहेका क्षेत्रहरुमा पिसिआर टेस्ट गर्न शुरु गरिने निर्णय भएको हो । नगर प्रमुख श्री तिलक राइको अध्यक्षतामा भएको छलफलमा पिसिआर टेस्टको रिपोर्ट आए पछि लकडाउनको बिषयमा निर्णय लिइने नगरपालिकाले जनाएको छ । त्यसै गरि बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानको ओपिडी सेवालाइ पनि ब्यबस्थित गर्न पनि आग्रह गर्ने निर्णय भएको छ । छलफलमा कार्यपालिका सदस्यहरु, निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रज्ञादेवी निरौला, इलाका प्रहरी
विराटनगर, १८ साउन । प्रदेश १ मा आज २७ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा १६ र सुनसरीमा ११ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरंगको विराटनगरमा ८ पुरुष, ४ महिला, कटहरीमा २ , ग्रामथान र बुढीगंगामा १–१ पुरुष, सुनसरीको धरानमा ८ पुरुष , १ महिला, बराहक्षेत्र र इटहरीमा १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा.सुरेश मेहताले बताउनुभयो । प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजार ७१ पुगेको छ । प्रदेश १ बाट आज ७ जना डिस्चार्ज भएका छन् । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत ५ महिला र २ पुरुष डिस्चार्ज भएका हुन । प्रदेश १
काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाका (बग्गीखाना) का दुई जनामा कोरोना संक्रमण पुष्टि भए पछि अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको छ । महाशाखा प्रमुख भीमप्रसाद ढकाल सहित अहिले ३ सय ७५ जना नै क्वारेन्टिनमा रहेका छन् । क्वारेन्टाइनमा रहेका प्रहरीको ट्रेसिङ गरेर पीसीआर परीक्षणको तयारी भइरहेको छ । उपत्यका भित्र एक हजार पाँच सय ४५ ट्राफिक प्रहरी कार्यरत रहेका छन् । करिब ४ सय प्रहरी क्वारेन्टाइनमा भएपछि ट्राफिक व्यवस्थापनमा केही अहसज हुने देखिएको छ । प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत ७२ जना प्रहरीमा पनि कोरोना पुष्टि भइसकेको छ । त्यस्तै प्रतिनिधिसभा सभामुख अग्नि सापकोटाको स्कटिङ्मा
काठमाडौ / आज थप २ सय ४६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सगै नेपालमा संक्रमितको संख्या २० हजार ३ सय ३२ जना पुगेको छ । नेपालमा हालसम्म ५७ जना संक्रमितको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा थप १ सय ११ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुलडिस्चार्ज हुनेको संख्या १४ हजार ६ सय ३ जना रहेका छन् । भोजपुर, पाँचथर, संखुवासभा, रसुवा, मनाङ, मुस्ताङ सहित ६ जिल्ला कोरोनामुक्त भएका छन्।
विराटनगर । विराटनगरमा आईतबार १३ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । सामाजक विकास मन्त्रालयका अनुसार ७ महिला र ६ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । आइतबार कोरोना पुष्टि हुनेमा नापी कार्यालय विराटनगरका कर्मचारी र विराटनगरस्थित मोरङ कारागारका दुई जनामा संक्रमण देखिएको छ । मोरङ जिल्लामा आईतबार १७ जनाको पोजेटिभ रिर्पोट आएको छ । नापी कार्यालयका खरिदार र एक सुरक्षागार्डलाई संक्रमण देखिएको हो । कारागारका सुरक्षाकर्मी हुन वा कैदी भन्ने खुल्न बाँकी छ । मन्त्रालयका अनुसार मोरङको कटहरी गाउँपालिकाका दुई जना, बुढीगंगा गाउँपालिकाका एक जना र ग्रामथान गाउँपालिकाको एक जनामा कोरोना देखिएको हो । सुनसरीक
धरान / धरानमा साउन १५ गते लिइएको ५० जनाको स्वाब परीक्षण गर्दा थप ९ जनामा संक्रमण पुष्टि भएको छ । ५ जना धरान १३ मा संक्रमण पुष्टि भएका युवाको सम्पर्कमा आएका परिवारका सदस्य हुन् । अन्य ४ जना भारतीय आर्मीहरु हुन् । भारतीय आर्मी मणीपुरबाट आएर धरान १७ क्वारेन्टाइनमा बस्दै आएका थिए । संक्रमित सबैलाई आइसोलेसनमा पठाइएको पनि महाशाखा प्रमुख मेहताले बताए । धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुखका अनुसार प्रितिभल्वमा काम गर्ने २ जना कर्मचारीमा संक्रमण पुष्टि भएको छ ।
काठमाडौ / आज थप ३ सय १५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सगै नेपालमा संक्रमितको संख्या २० हजार ८६ जना पुगेको छ । नेपालमा हालसम्म ५६ जना संक्रमितको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा थप ९३ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुलडिस्चार्ज हुनेको संख्या १४ हजार ४ सय ९२ जना रहेका छन् । भोजपुर, पाँचथर, संखुवासभा, रसुवा, मनाङ, मुस्ताङ सहित ६ जिल्ला कोरोनामुक्त भएका छन्। &n