वीपीमा ह्विल चेयर र स्टेचरको अभाव

  • कार्तिक १७, २०७८
  • "गोविन्द बस्नेत"
alt

धरान । दक्षिण एसियाकै उत्कृष्ट अस्पताल धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विरामीका लागि चाहिने अत्यावश्यक सामाग्री ह्विल चेयर, स्टेचर पर्याप्त नहुँदा विरामी तथा विरामीका आफन्तले हैरानी व्यहोर्नु परेको छ । प्रतिष्ठानमा उपचारका लागि ल्याइएका विरामीलाई बाहिर भित्र गराउन चाहिने ह्विल चियर र स्टेचरको अभावमा सहज उपचारमा समस्या बढ्दै गएको छ ।

वार्डमा राखेका हिड्न नसक्ने विरामीहरुलाई सिटिस्क्यान, भिडियो एक्स–रे लगायत चेकजाँच गर्न विभागहरु पुर्याउन आवश्यक पर्ने ह्विल चियर, स्टेचरनै नपाउँदा बिरामीले सास्ती भोग्नु परेको छ । पालो सिस्टममा विरामी लिएर सिटिस्क्यान, भिडियो एक्सरे गर्न जाँदा पालो मिलाएर जानुपर्ने अवस्था भएकोले १० मिनेटमा हुने काम घण्टौ लाइनमा बस्नुपर्ने बाध्यता छ ।

प्रतिष्ठानमा बढ्दै गएको आवश्यक सामग्रीको अभावका विषयमा केही दिन अघि धरान आएका संघीय सरकारका स्वास्थ्यमन्त्री विरोध खतिवडा, स्वास्थ्य राज्यमन्त्री भवानी खापुङलाई अत्यावश्यक सामग्री ह्विलचियर तथा स्टेचर समेत पर्याप्त उपलब्ध गराउन नसक्दा प्रतिष्ठानको उपचार पद्धतिमा ढिलाई हुने गरेको गुनासो गरेका थिए ।

जनसरोकार मञ्च धरानका अध्यक्ष हर्क साम्पाङले आकस्मिक कक्षमा बेड अभावका साथै विरामीलाई भुईमै राखेर उपचार गराउनुपर्ने बाध्यता, पर्याप्त ह्विलचियर र स्टेचर नभएको बताउँदै उनले प्रश्न गरे, ‘प्रतिष्ठान सुधार गर्ने कुरा गरिरहँदा सामान्य भन्दा पनि सामान्य कुरा स्टेचर र ह्विलचियर जस्तो अत्यावश्यक सामाग्री सरकारले किन उपलब्ध गराउन नसकेको हो ?’

मंगलबार ट्रपिकल वार्डमा स्टेचर र ह्विल चेयरको अभावका कारण सिटिस्क्यान र एक्स–रे गर्न जादा घण्टौ पर्खनुपर्ने समस्याबाट पिडित बनेको बिरामीका आफन्तहरुले बताए ।

`जनताको प्रश्न जस्त ...

विषय: धरान-१५ मा ८-१० वर्ष पुरानो सार्वजनिक बाटो मिचेर ...

मोडर्न प्रिपरेटरी स् ...

इटहरी/ इटहरी उपमहानगरपालिका वडा नं. ६ बाल सञ्जालको आयोज ...

गर्मी बढेसँगै भेडेट ...

धरान । सुनसरी र धनकुटाको संगम स्थल धनकुटाको साँगुरीगढीम ...

दुई दिन विदा दिएसँगै ...

धरान/  सरकारले सरकारी कार्यालयसँगै स्वास्थ्य ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved