एक महिना पछि संक्रमण मुक्त माया घर

  • भदौ १६, २०७८
  • कोशीपत्र/संवाददाता
alt

इटहरी/ सडकमा बेवारिसे, अनाथ र अशक्त ज्येष्ठ नागरिकहरूको संरक्षण गर्दै आएको इटहरी स्थित माया घर नेपाल अन्ततः एक महिना पछि कोरोना संक्रमणबाट मुक्त बनेको छ ।
दोस्रो लहरको नयाँ भेरियन्ट सहित माया घरका ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

गत असार २९ मा ५० जनाको स्वाब परिक्षण गर्दा ४५ जनामा कोरोना पोजेटिभ देखिएको हो । कुल ८२ जनालाइ संरक्षण गर्दै आएको माया घर देशनै कोरोनाबाट ग्रस्त बनेपछि शुरूवाती समयमा दैनिकि गुजार्न निकै कठिन परेको संस्थाकी प्रतिनिधि पार्वति भट्टराईले बताइन ।

इटहरीमा रहेका सामाजिक संस्था तथा अभिभावक उपमहानगर तथा स्वास्थ्यकर्मीहरूको निरन्तर साथ, सहयोग र हौसलाले एक महिना पछि माया घर कोरोनाबाट मुक्त बनेको भट्टराइले बताइन । सामान्य रूघा खोकि र ज्वोरोको समस्या देखिएपछि आश्रितलाई इटहरीकी उपमेयर लक्ष्मी गौतमको पहलमा कोरोना टेस्ट गरिएको थियो ।

स्वाव परिक्षणबाट ३२ जना र बिना लक्षणका १३ जनामा कोरोना पोजेटिभ देखिएको थियो । अब माया घर नेपाल खतरामुक्त रहेको छ । विभिन्न संघसंस्थाको सहयोगबाट सञ्चालन हुदै आएको माया घरमा अहिले पनि भने जस्तो औषधि उपचार हुन नसकिरहेका बुझिएको छ ।

माया घरमा आश्रित अधिकांस मानसिक रोगि रहेकोले उनिहरूको लालन पालन र संरक्षण गर्न पनि समस्या भइरहेको यता कोरोना पोजेटिभ देखिएकै समय देखि इटहरी अस्पतालले बिरामिहरूको दैनिक अवस्थाबारे मोनिटरिङ गर्दै आवश्यकिय औषधि उपचार उपलब्ध गराउदै आएको र अहिले पनि नियमित स्वास्थ्य चेकजाँच अनुसार औषधिहरू उपलब्ध गराउदै आएको नगर अस्पताल अन्तरगत इमरजेन्सी शाखाका प्रमुख रामकुमार धमलाले बताए ।

कुम्भ मेलामा सर्वसाध ...

धरान/ प्राचीन हरिद्वार सुनसरीको चतरामा महाकुम्भको ...

सुनसरीमा फर्सीखेतीबा ...

सुनसरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम ...

मतदान केन्द्रमा पठाइ ...

इलाम/ इलाम–२ को उपनिर्वाचन आउन तिन दिन ...

वराहक्षेत्र वडा नं. ...

बराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा ९ मा चालु आ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved